लम्कीचुहा,११ वैशाख । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेश सरकारको पहलमा स्थापना गरिएको उक्त कार्यालयको शुक्रबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले औपचारिक रूपमा उद्घाटन गरेका हुन्।

लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तारा प्रसाद अधिकारीको सभाध्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले पूर्वी कैलालीका नागरिकलाई लक्षित गर्दै बलियामा सेवा कार्यालय स्थापना गरिएको बताए । उनले सेवा विकेन्द्रीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यहाँका नागरिकलाई आफ्नै क्षेत्रमा सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले सेवा कार्यालय विस्तार गरिएको बताए।
सेवा कार्यालय संचालनमा आयसंगै अब नागरिकले स्थानीय स्तरमै सेवा प्राउने छ्न । यसले समय, खर्च र श्रमको बचत गर्नुका साथै सेवाप्रवाहलाई प्रभावकारी बनाउने विस्वासी गरिएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय संचालनमा आयसंगै अब सवारीको ब्लुबुक नवीकरणका लागि धनगढी धाउनुपर्ने समस्याको अन्त्य भएको छ । कार्यालयका अनुसार आगामी दिनमा थप सेवा बिस्तार गर्दै लगिने बताइएको छ ।
उक्त कार्यालय सञ्चालनमा आएसँगै पुर्वी कैलाली जिल्लाका बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, टिकापुर नगरपालिका, जोशीपुर गाउँपालिका लगायतका क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ लिन सक्नेछन्।
कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले कार्यालय स्थापना भएपछि सेवाग्राहीको भीड व्यवस्थापन, समय बचत र पारदर्शिता बढ्ने विश्वास व्यक्त गरेका छन्। उनीहरुले अब ग्रामीण भेगका नागरिकले सामान्य कामका लागि दिनौं खर्चेर धनगढी जानुपर्ने अवस्था हटेकोमा खुशी व्यक्त गरेका छ्न ।


