हिमाली र पहाडी भूभागमा भने साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

विभागले राति कोसी र मधेस प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।
कोसी र मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
मौसमविद् विनोद पोखरेल नेपालका केही ठाउँमा वर्षा भए पनि धेरै ठाउँमा गर्मी बढ्ने क्रममा रहेको बताउँछन् । उनका अनुसार मनसुन अझै एक हप्तासम्म आउने सम्भावना छैन । मनसुन जेठको अन्तिम साता आउने सम्भावना रहेको उनको भनाइ छ । अहिलेसम्म धेरै ठाउँमा औसतभन्दा धेरै कम तापक्रम थियो । तर, यो हप्ता औसत तापक्रम रहनेछ,” उनी भन्छन्, “अर्को हप्ताको सुरुमा गर्मी धेरै बढ्ने देखिन्छ ।”
बुधबार भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस रहेको थियो । नेपालगन्जमा ३९.५ डिग्री सेल्सियस रहेको थियो । सिमरा र जनकपुरको तापक्रम समान ३८.२ तथा धनगढीको तापक्रम ३८.१ डिग्री सेल्सियससम्म पुगेको थियो । अधिकतम तापक्रम बढ्नेक्रममा रहेको छ । पानी पार्ने प्रणाली कमजोर हुँदै जाँदा गर्मी बढ्दै गएको छ ।
हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।


