सिफारिस

कार्यसम्पादनमा धनगढी पहिलो, अन्य स्थानीय तहको अबस्था कस्तो छ ? हेर्नुहोस

बर्दगोरिया,२ वैशाख । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका जिल्लामै पहिलो स्थानमा रहेको छ।

आयोगले भर्खरै सार्वजनिक गरेको ७औ वार्षिक प्रतिवेदन २०८२ अनुसार धनगढी उपमहानगरपालिकाले ६३ दशमलव २५ अंक प्राप्त गर्दै जिल्लाभरिका १३ वटा स्थानीय तहमध्ये उत्कृष्ट प्रदर्शन गरेको हो।

प्रतिवेदनअनुसार जानकी गाउँपालिका ६३ दशमलव ०८ अंकसहित दोस्रो स्थानमा रहेको छ भने बर्दगोरिया गाउँपालिका ६२ दशमलव ७१ प्रतिशत अंक ल्याउँदै तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ।

जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका गरी कुल १३ स्थानीय तह रहेका छन्। कार्यसम्पादन मूल्याङ्कनमा घोडाघोडी नगरपालिका ६१.७४ प्रतिशत, गोदावरी नगरपालिका ५८.७४, कैलारी गाउँपालिका ५४.६०, टीकापुर नगरपालिका ५२.६८ र चुरे गाउँपालिका ५२.२० अंकसहित मध्यम स्थानमा रहेका छन्।

त्यसैगरी, जोशीपुर गाउँपालिका ५०.४३, गौरीगंगा नगरपालिका ४७.१२, लम्कीचुहा नगरपालिका ४४.४५ र मोहन्याल गाउँपालिका ४२.५२ अंकसहित सूचीको पुछारतिर परेका छन्।

आयोगले मूल्याङ्कन गर्दा वित्तीय अनुशासन, योजना कार्यान्वयन, पारदर्शिता, सुशासन, सेवा प्रवाह, राजस्व संकलन, सार्वजनिक उत्तरदायित्व तथा संस्थागत क्षमता विकाससम्बन्धी १७ सूचकलाई आधार मानेको जनाएको छ।

त्यसैगरी, चालु आवको बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेको, स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था, स्थानीय तहको गत आवको विनियोजित रकमअनुसारको खर्चको अवस्था, लेखा परीक्षणबाट औँल्याएको बेरुजुको अवस्थालगायतका सूचक निर्धारण गरिएको छ ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली प्रयोग गरे/नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे/नगरेको, शैक्षिकसत्र २०८२ मा कक्षा १ देखि ८ सम्म पाँचदेखि १२ वर्ष उमेर समूहका विद्यार्थी खुद भर्नादर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउदर प्रस्तुत गर्नुपर्ने लगाएत छ्न ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार