बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ कि सुनिता पोख्रेलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । कला र संगित क्षेत्रप्रति निकै रुचि राख्ने बर्दगोरियाकी चेली सुनिता पहिलोपटक तीज गीतको म्युजिक भिडियोमा देखा परेकी छन ।
निकै प्रतिभाशाली सुनिता पहिलोपटक सुदुरपश्चिमेलि चर्चित गाएक चक्र बमको साथमा म्युजिक भिडियोमा देखा परेकी हुन । उनको अभिनय रहेको म्युजिक भिडियो “लरीलरी लै” युटुवमार्फत शुक्रबार मात्रै सार्बजनिक भएको हो ।
चर्चित गाएक चक्र बमको लय,शब्द संगीत रहेको सो गीतमा गायिका सुनितामी परिवारको आवाज सुन्न सकिन्छ भने गाएक बमसङ्ग पोख्रेलको उत्कृष्ट अभिनय सो गीतमा देख्न सकिन्छ । सानै उमेरदेखि कला र अभिनय क्षेत्रमा रुचि राख्ने सुनिता बर्दगोरिया ६ मा रहेको श्री को महुन्याल माविमा प्राविधिकतर्फ कक्षा १२ मा कम्प्युटर इन्जिनियर अध्ययनरत विद्यार्थी हुन् ।
सुनिताको टीमले गतवर्ष मात्रै कान्तिपुर टेलिभिजनबाट प्रसारित नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो डान्स च्याम्पियनको उपाधी जित्न सफल भएको थियो ।
बुबा मानबहादुर सुनार र आमा छिपादेवी सुनारको कोखबाट जन्मिएकी सुनिता उमेरले १६ बर्षकि हुन । सानै उमेरमा उनले यस क्षेत्रमा गरेको प्रगतिको यहाँ सबैले प्रशङ्शा गर्ने गरेका छ्न ।
भिडियो हेर्नुहोस ।
https://youtu.be/2iBZvZf92tg