बर्दगोरिया ६ का किसानलाई ५० प्रतिशत अनुदानमा बेमौसमी आलुको बिउँ वितरण कार्य सुरु
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेका किसानलाई बेमौसमी रूपमा नयाँ जातको आलुको बिउँ वितरणको कार्य थालिएको छ ।
पछिल्लो समय बर्दगोरियामा गरिदै आएको पुरानो जातको आलुको उत्पादनमा ह्रास आउदै गएपछि बेमौसमी रूपमा नयाँ जातको आलु अन्तरगत (कुमाल सेतो १) जातको बिउँ वितरण गरिएको हो । किसानलाई ५० प्रतिशत अनुदानमा सो बिउँ वितरण गरिएको हो । मंगलबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले किसानलाई नयाँ जातको आलुको बिउँ (कुमाल सेतो १) वितरण कार्यको उद्घाटन गरेका छ्न ।
पालिकाको कृषि शाखाकाअनुसार गतवर्ष जुम्लामा उत्पादन हुँदै आएको कुमाल सेतो १ जातको आलुलाई यहाँ बेमौसमी रूपमा परीक्षण गरिएको थियो । जसअनुसार उत्पादनमा राम्रो वृद्धि देखिएपछि किसानको आकर्षण गतवर्ष भन्दा यो वर्ष दोब्बर देखिएको छ । आलुको गुणस्तरीय बिउँ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बिउँको विस्थापित र बिउँ आलुमा आत्मनिर्भर बनाउन यसले ठूलो फाइदा पुग्ने पालिकाका कृषि शाखा प्रमुख झङ्कर रावतले बताए ।
उनले पछिल्लो समय राशायानिक मलको बढ्दो प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास आउनुका साथै मौसम परिवर्तनको असरले किसानले लगाउदै आएको पुरानो आलुको उत्पादन घट्दै गएपछि गतवर्ष देखि पालिकामा जुम्लामा उत्पादन हुदै आएको कुमाल सेतो १ जातको आलुको बेमौसमी खेती सुरु गरिएको हो । जसका लागि किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बिउँ वितरण गरिदैछ ।
बर्दगोरिया गाउँपालिकामा आलु खेती भएपनि बर्षौदेखि एउटै बिउँको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोग किराको समस्या देखियो,’ उनले भने ‘गुणस्तरीय बिउँ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले यो कार्य थालिएको कृषि शाखा प्रमुख रावतले बताए ।
पालिकामा बेमौसमी रूपमा कुमाल सेतो १ जातको आलु खेती गर्न इच्छुक किसान, किसान फार्मलाई ५० प्रतिशत अनुदानमा बिउँ बितरणको कार्य थालिएको बर्दगोरिया ६ मा रहेको कृषि इकाई प्रमुख आशिका कठरियाले बताइन ।
पालिकामा बेमौसमी रूपमा थालिएको कुमाल सेतो १ जातको आलु तीन महिनामै उत्पादन हुने अपेक्षा राखिएको छ । जसले उत्पादन शक्ति बढाउनुका साथै पालिकालाई आलुमा आत्मनिर्भर गराउन मद्दत पुर्याउने छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का कृषक समुहलाई निशुल्क हिउँदे (बसन्ते) मकैको बिउ वितरण गरिएको छ ।
पालिकाको कृषि विकास शाखाको समन्वयमा वडा नम्बर १ को कार्यालयले आइतबार निशुल्क रूपमा हिउँदे (बसन्ते) मकैको बिउँ वितरण गरेको हो । वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम र कृषि शाखा प्रमुख झङ्कर रावतले कृषक समुहलाई बिउँ वितरण गरेका थिए । कार्यक्रममा वडा नम्बर १ कि वडा सदस्य सरस्वती विक,वडा सचिब अशोक भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।
खाद्यान्न बाली मध्ये दोस्रो बालीको रुपमा रहेको मकै खेतीतर्फ कृषकहरुलाई आकर्षित गर्न र बढी भन्दा बढी मकै उत्पादन गरी कृषकहरुको आर्थिक आयस्तर बृद्धि गराउन मकैको बिउ वितरण गरिएको पालिकाको कृषि विकास शाखाले जनाएको छ ।
बर्खेभन्दा बसन्ते मकैको बढी उत्पादन हुने र खाली जग्गाको सदुपयोग पनि हुने भएकोले किसानको आकर्षण बसन्ते मकै खेती तर्फ बढेको जनाइएको छ । बसन्ते मकै लगाउँदा हुने फाइदाबारे कृषकले बुझ्दै गएपछि यसको खेतीतर्फ आकर्षण बढ्न गएको शाखाले जनाएको छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले कृषकहरुलाई हिउँदे घाँस (वर्षिम) को विउ वितरण गरेको छ । कृषकको मागको आधारमा पालिकाको पशु सेवा शाखाले हिउँदे घाँस (वर्षिम) को वितरण सुरु गरेको हो ।
पालिकाको पशु शाखा र पशु इकाईमार्फत बुधबारदेखि सो घासको बीउ वितरणको कार्य थालिएको हो । व्यवसायिक पशुपालन गर्दै आइरहेका कृषकलाई हिउँदे घाँसको बिउ वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ ।
यसैबीच बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालय पृथ्वीपुरमा रहेको पशु सेवा इकाईबाट समेत घासको बीउ वितरण गरिएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले किसानलाई घासको बीउ वितरण कार्यको उद्घाटन गर्नुभएको छ ।घाँसको बिउ वितरण गर्दै वडा अध्यक्ष थारुले कृषकलाई घाँस खेतीमा आकर्षण गर्दै पशुपालन व्यवसायलाई थप बृद्धि गरिने बताउनुभयो । पशुपालनको क्षेत्रमा गाउँपालिकाले लगानी गर्दै आएको र घाँस खेतीबिना पशुपालन व्यवसाय सञ्चालन गर्न समस्या हुने भएकाले पशुको आहारको लागि पनि घाँस खेती अनिवार्य भएको उहाँले बताउनुभयो ।कार्यक्रममा वडा सचिब मदन जोशी, पशु सेवा इकाई प्रमुख युवराज कठरिया लगाएतको उपस्थिति थियो ।
कैलालीमा बाढीले धानबालीमा ठुलो क्षति
कैलाली । गत सोमबारदेखिको वर्षापछि आएको बाढीले भजनी नगरपालिका–८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ। बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनी चिन्तित छन्।
‘बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट गर्यो’, उनले भने। बाढीले उहाँको मात्रै होइन भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ ।
भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ । जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए।
‘नगरको वडा नं ३, ५, ६, ७ र ८ मा गरी छ हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको छ’, उनले भने, ‘धानबाली बाढीमा डुबेको छ । कतिपयको बालीमा बालुवा, माटो थुपारिएको छ।’
भजनी नगरपालिकाका यी वडामा १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । बर्सेनि बाढीको डुबान हुने क्षेत्र भएकाले नगरमा बाढीग्रस्त क्षेत्रमा वसन्त ऋतुमा चैते धान खेती हुने गरेको छ । बाढीले बर्खे धानबाली मात्र नभई चैते धान बालीलाई समेत असर गरेको उनको भनाइ छ । ‘कतिपयले बाली काटिरहेका थिए, चैते धान खेती गरेर घर भित्र्याएको अन्न पनि बाढीले नष्ट गरेको छ’, उनले भने।
बाढी अहिले पनि नघटेको भन्दै पानीको सहत घटे क्षति भएका बालीको अनुगमन गरी सोहीअनुसार प्रक्रिया अगाडि बढाइने शाखा प्रमुख अधिकारीको भनाइ छ । भजनी नगरपालिकामा मोहना, कान्द्रा, काँढा र परथैया नदीको पानीले डुबान हुने गरेको छ।
डुबान हुँदा धानबाली पूर्णरुपमा नष्ट हुने अवस्थामा पुगेकाले धेरै किसान मारमा पर्ने गरेका स्थानीय जयबहादुर बुढाले बताए। ‘हरेक वर्ष यहाँका किसानले बाली गुमाउनुपरेको छ’, उनले भने,‘दीर्घकालीन समस्या समाधान नभए यहाँ खेती नै नगर्ने बढ्ने छन् । लाखौँ खर्चिएर खेती गरेका बाढीका कारण रुनु परिरहेको छ ।
यता टीकापुर नगरपालिकाको वडा नं ६ मा समेत धानबालीमा बाढीले क्षति पुर्याएको छ । बाढीले धानबालीका पुगाएको क्षतिको विवरण लिने काम भइरहेको पालिकाले जनाएको छ।
बर्दगोरिया । कैलालीको जोशीपुर गाउँपालिकामा कृषक महिला समुहको सक्रियतामा नाली तथा ढल व्यवस्थापनको काम सुरु भएको छ । पालिकाको वडा नम्बर ६ मा रहेको जीवन ज्योति महिला कृषक समुहको सक्रियतामा सिमरी बजार क्षेत्रमा नाली तथा ढल व्यवस्थापनको काम सुरु भएको हो ।
वर्षातको समयमा बजार क्षेत्रमा हुने ढल निकासीको समस्यालाई मध्यनजर गरि सो महिला कृषक समूहले वडा र पालिकाको कार्यालयसम्म नाली तथा ढल व्यवस्थापनको लागि ध्यानाकर्षण गराउदै आएको थियो । सिमरी बजार क्षेत्रमा हुँदै आएको ढल तथा नाली व्यवस्थापनको समस्यालाई मध्यनजर गरि पालिकाले उपलब्ध गराएको जेसीबीमार्फत बजार क्षेत्रमा यसको व्यवस्थापनको काम सुरु गरिएको महिला कृषक समुहकी सचिब सुशीला कुमारी डगौराले बताउनुभयो ।
ढल निकासीको उचित व्यवस्थापन नहुदा वर्षातको समयमा परेको पानी स्थानीयको घर तथा पसलमा पस्ने र सडकमा आवातजावत गर्नसमेत समस्या हुने गरेको कारण नाली सरसफाइ तथा ढल व्यवस्थापनको काम गरिएको उहाँले बताउनुभयो । उहाँकाअनुसार सिमरी बजार क्षेत्रको आसपास र बजार क्षेत्रभरी सो काम गरिनेछ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा मुक्त कमैया ,दलित महिला ,एकल महिलाहरुलाई बङ्गुरका पाठापाठी वितरण गरिएको छ । बुधबार बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाको आयोजनामा पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बङ्गुरका पाठापाठी वितरणको उद्घाटन गर्नुभएको थियो ।
व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो”, बङ्गुरका पाठापाठी वितरण गर्दै पालिका अध्यक्ष कुवरले भन्नुभयो “बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौँ ।”
गाउँपालिकाका अध्यक्ष कुवरले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । “हामीले दिएका बङ्गुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला । केही दिन पालेर काटेर खाने होइन”, उहाले भन्नुभयो, “हामी निरन्तर अनुगमनमा आउने छौँ । राम्रोसँग पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि छन् ।”
पालिकाको शतप्रतिशत लागत सहभागितामा वडा नम्बर ४ मा रहेका मुक्त कमैया ,दलित महिला ,एकल महिला गरि २५ जनाको समुहलाई एकएक वटा बङ्गुरका पाठापाठी वितरण गरिएको पशु सेवा शाखा प्रमुख जय प्रसाद कोइरालाले बताउनुभयो ।
“किसानको माग, उत्साह साथै बङ्गुरपालनका दृष्टिले प्रचुर सम्भावना भएकाले व्यावसायिक उत्पादनतर्फ जोड दिनका लागि यहाँका मुक्त कमैया, दलित एकल महिलाहरुलाई शत प्रतिशत अनुदानस्वरुप पाठापाठी वितरण गरेका हौं”, उहाँले भन्नुभयो , “यस कार्यले बङ्गुरको मासु उत्पादन तथा पाठापाठीमा आत्मनिर्भर बनाउने हाम्रो अभियानलाई पूरा गर्नेछ ।”
बर्दगोरियामा चैते धान रोप्दै किसानहरू [तस्बिरमा ]
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा चैते धान रोप्दै किसानहरु । पालिकाको कृषि विकास शाखाका अनुसार यहाँका १५ प्रतिशत किसानले चैते धान खेती गर्दछन ।
बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ६ मा मुख्यत किसानले चैते धान रोप्ने गरेका छ्न । वडा नम्बर ६ को बासकोटी, तुलसीपुर ,जगतपुर र वडा नम्बर ५ को छराई तथा वडा नम्बर २ का केही स्थानमा किसानले चैते धान रोप्ने गरेका छ्न ।
फागुन मसान्तबाट नै यहाँका किसानले चैते धान रोप्ने गरेका छ्न । यतिबेला रोपिएको धान असारको पहिलो सातातिर पाक्ने गर्दछ । चैते धान पाकेपछि फेरि अर्को धान रोपिन्छ ।
चैते धानको प्रवल सम्भावना भएपनि किसानलाई भने सिचाइको सुविधा नहुदा समस्या हुँदै गएको छ । बाढी र डुवान प्रभावित क्षेत्रमा चैते धानको महत्त्व बढी देखिन्छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित १० दिने अचार बनाउने तालिम शनिबार सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेडाप) अन्तर्गत फागुन ३ गतेदेखि वडा नम्बर १ मा तालिम संचालन भएको थियोे ।
तालिममा वडा नम्बर १ मा रहेका विभिन्न आमा समुहमा आवद्ध १५ जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई प्रशिक्षक ज्ञानेन्द्र शर्माले मासु, गुन्द्रुक, कागती ,लसुन, अदुवा, खुर्सानी, कागती लगायतका विभिन्न प्रकारका अचारहरू बनाउन प्रशिक्षण दिएका थिए ।
तालिम समापन समारोहमा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले तालिममा सिकेको सिपलाई व्यवसायिक अचार उत्पादनमा प्रयोग गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न आग्रह गरेका थिए । उनले तालिममा सिकेका सिपलाई व्यबहारमा लागु गरि उधमी बन्न सके आर्थिक हिसाबले कम्जोर हुनुपर्ने र बेरोजगारीको समस्या समाधानमा ठूलो योगदान पुर्याउने बताए ।
वडा अध्यक्ष गौतमले काम सानो र ठुलो नहुने भन्दै आफुमा भएको सीप, क्षमता र ज्ञानलाई सहि तरिकाले प्रयोगमा ल्याउन सके अरुप्रतिको परनिर्भरता अन्त्य भएर जाने बताए । उनले महिलाहरुलाई समाजमा आर्थिक ,सामाजिक हिसाबले अब्बाल बनाउन आफू सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा तालिमका प्रशिक्षक शर्माले व्यवसायिक उत्पादन पश्चात् बजारीकरणमा कुनै समस्या नहुने हुँदा सिकेका कुरालाई उत्पादनमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा तालिमका फोकल पर्सन झपी राज ओझाले तालिममा सिकेका सीपलाई व्यबहारमा लागु गरे अचारमा पालिकालाई आत्मनिर्भर बनाउन सहयोग र अर्थोपार्जनमा समेत आत्मनिर्भर हुन मद्दत पुर्याउने बताए ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा व्यवसायीक कृषि तथा पशुपालनको दिगो विकासका लागि किसानहरुसंग योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । पालिकाको कृषि विकास शाखाको आयोजनामा सोमबार किसानको मागमा आधारित कार्यक्रम संचालनका लागि योजना तर्जुमा गोष्ठी गरिएको थियो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती पालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) रहनु भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गिरिले आर्थिक विकास र समृद्धिको लागि कृषि र पशुपालन व्यवसाय निकै महत्त्वपूर्ण भएको भन्दै यसको व्यवसायीकरण र दिगो विकासमा जोड् दिन आवश्यक रहेको बताउनुभयो ।
बढ्दो बेरोजगारीको समस्या समाधान गर्नका लागि कृषि क्षेत्र एक महत्त्वपूर्ण भएको भन्दै किसानको मागमा आधारित कार्यक्रम संचालन गरि किसानको सीप क्षमता ,दक्षता अनुदानमा सक्दो सहयोग पालिकाबाट हुने बताए ।
आगामी आर्थिक वर्षदेखि किसानको मागमा आधारित कृषि कार्यक्रम पालिकाको ६ वटै वडामा संचालन हुने जनाइएको छ । पालिकाको कृषि विकास तथा पशु स्वास्थ्य शाखाका अनुसार यो कार्यक्रममा विशेषगरि व्यवसायीक किसान ,कृषि फाम तथा कृषक समूह र कृषि सहकारी संस्थाहरुलाई समावेश गरिनेछ ।
कृषि तथा पशुपालन व्यवसायबाट किसानको आर्थिक उन्नति उकास्न ,कृषि तथा पशुपालन व्यवसायप्रति आकर्षण बढाउन र स्वदेशमै रोजगारीको अबसर सृजना गर्ने योजनालाई सार्थक पार्न स्थानीय सरकार ,प्रदेश सरकार र संघीय सरकारको कार्ययोजना स्वरुप किसानको मागमा आधारित कार्यक्रम संचालन गर्न लागिएको हो ।
योजना तर्जुमा कार्यक्रममा कृषि तथा पशुपन्छी र मत्स्य विकास कार्यक्रमको माग फारम भर्ने तरिका, कार्यक्रम संचालन भएपछि किसानले पाउने सेवा सुविधा तथा अनुदान ,कृषिकि लागि पुर्वाधार विकास परियोजना,साना सिचाइ ,उत्पादित कृषि सामाग्रीको लागि चाहिने बस्तुका बारेमा जानकारी गराएको छ ।
कृषि शाखाकाअनुसार पालिकामा रहेका ६ वटै वडामा १२ वटा पकेट क्षेत्र घोषणा गरि यो कार्यक्रम लागु गर्ने तयारी छ । बर्दगोरियामा कृषि तथा पशुपालन व्यवसायको दिगो विकासको रणनीतिक योजना तयार पारी किसानको मागमा आधारित अनुदानसहितको कार्यक्रम संचालनको तयारी गरेका छौ, पालिकाका कृषि शाखा प्रमुख झङकर बहादुर रावतले भने यसमा विशेष गरि व्यवसायिक किसान, कृषि फार्म,कृषक समूह र कृषि सहकारी संस्थालाई समावेश गरिनेछ । किसानको मागमा आधारित संचाललित हुने कार्यक्रम भएको हुँदा अहिले हामीले पालिका भित्रका किसानको अबस्था, उनीहरूको समस्या तथा चुनौती र किसानले गर्न चाहेको व्यवसायको बारेमा जानकारी लिने काम गरिरहेका छौ ।
सरकारले कृषि तथा पशुपालन व्यवसायको दिगो विकास र आर्थिक समृद्धिका लागि थुप्रै अनुदानको व्यवस्था समेत गरेको छ तर त्यो अनुदान वास्तविक किसानको हातमा पार्न अनुगमन तथा मुल्यांकन गरि यो कार्यक्रममा समेट्ने छौ- पालिकाका पशु शाखा प्रमुख जय प्रसाद कोइरालाले भने यो कार्यक्रममा दर्ता भएका कृषि फार्म,समूह र सहकारी संस्थामात्रै छनौटमा पर्नेछ्न ।
मागमा आधारित कार्यक्रम अन्तर्गत व्यवसायिक फलफूल, व्यवसायिक तरकारी विकास ,व्यवसायीक पशुपालन , व्यवसायिक मत्स्य पालन, व्यवसायिक बीउ उत्पादन,
खाद्य तथा पोषण सुरक्षा तथा क्षमता विकास लगाएत समेटिनेछ ।
बर्दगोरियामा किसानको मागमा आधारित बृहत्तर कृषि कार्यक्रमहरु संचालन हुँदै, अब मेहेनतीलाई अनुदान नै अनुदान !
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा व्यवसायीक कृषि तथा पशुपालनको दिगो विकासका लागि रणनीतिक योजनासहित कार्यक्रम संचालन गरिने भएको हो । आगामी आर्थिक वर्षदेखि संचालन हुनेगरी पालिकामा रहेका ६ वटै वडामा रहेका व्यवसायीक किसानलाई यो कार्यक्रममा समेटीनेछ ।
पालिकाको कृषि विकास तथा पशु स्वास्थ्य शाखाका अनुसार यो कार्यक्रममा विशेषगरि व्यवसायीक किसान ,कृषि फाम तथा कृषक समूह र कृषि सहकारी संस्थाहरुलाई समावेश गरिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट किसानको आर्थिक उन्नति उकास्न ,कृषि तथा पशुपालन व्यवसायप्रति आकर्षण बढाउन र स्वदेशमै रोजगारीको अबसर सृजना गर्ने योजनालाई सार्थक पार्न स्थानीय सरकार ,प्रदेश सरकार र संघीय सरकारको कार्ययोजना स्वरुप किसानको मागमा आधारित कार्यक्रम संचालन गर्न लागिएको हो ।
सोही कार्यक्रम प्रभावकारी बनाउनका लागि अहिले पालिकाका सबै वडामा किसानहरुसंग योजना तर्जुमा गोष्ठी संचालन गरिएको छ । योजना तर्जुमा गोष्ठीमा किसानको हालको अबस्था, उनीहरूका समस्या तथा चुनौती र भावी मागका बारेमा जानकारी तथा परामर्श गरिदैछ ।
योजना तर्जुमा कार्यक्रममा कृषि तथा पशुपन्छी र मत्स्य विकास कार्यक्रमको माग फारम भर्ने तरिका, कार्यक्रम संचालन भएपछि किसानले पाउने सेवा सुविधा तथा अनुदान ,कृषिकि लागि पुर्वाधार विकास परियोजना,साना सिचाइ ,उत्पादित कृषि सामाग्रीको लागि चाहिने बस्तुका बारेमा जानकारी गराइदैछ ।
वडा नम्बर २,३,५ र ६ मा योजना तर्जुमा कार्यक्रम सकिएको छ भने बाकी वडामा क्रमशः यो कार्यक्रम गरिनेछ । कृषि शाखाकाअनुसार पालिकामा रहेका ६ वटै वडामा १२ वटा पकेट क्षेत्र घोषणा गरि यो कार्यक्रम लागु गर्ने तयारी छ ।
बर्दगोरियामा कृषि तथा पशुपालन व्यवसायको दिगो विकासको रणनीतिक योजना तयार पारी किसानको मागमा आधारित अनुदानसहितको कार्यक्रम संचालनको तयारी गरेका छौ, पालिकाका कृषि शाखा प्रमुख झङकर बहादुर रावतले भने यसमा विशेष गरि व्यवसायिक किसान, कृषि फार्म,कृषक समूह र कृषि सहकारी संस्थालाई समावेश गरिनेछ । किसानको मागमा आधारित संचाललित हुने कार्यक्रम भएको हुँदा अहिले हामीले पालिका भित्रका किसानको अबस्था, उनीहरूको समस्या तथा चुनौती र किसानले गर्न चाहेको व्यवसायको बारेमा जानकारी लिने काम गरिरहेका छौ ।
सरकारले कृषि तथा पशुपालन व्यवसायको दिगो विकास र आर्थिक समृद्धिका लागि थुप्रै अनुदानको व्यवस्था समेत गरेको छ तर त्यो अनुदान वास्तविक किसानको हातमा पार्न अनुगमन तथा मुल्यांकन गरि यो कार्यक्रममा समेट्ने छौ- पालिकाका पशु शाखा प्रमुख जय प्रसाद कोइरालाले भने यो कार्यक्रममा दर्ता भएका कृषि फार्म,समूह र सहकारी संस्थामात्रै छनौटमा पर्नेछ्न ।
मागमा आधारित कार्यक्रम अन्तर्गत व्यवसायिक फलफूल, व्यवसायिक तरकारी विकास ,व्यवसायीक पशुपालन , व्यवसायिक मत्स्य पालन, व्यवसायिक बीउ उत्पादन,
खाद्य तथा पोषण सुरक्षा तथा क्षमता विकास लगाएत समेटिनेछ । यो कार्यक्रममा सहभागी हुन इच्छुक किसान, किसान समुह ,कृषि फार्म तथा कृषि सहकारीले फागुन ९ गतेभित्र आफुले गर्न चाहेको कार्यक्रम (खेती ,व्यवसाय) को फारम पालिकाको सम्बन्धित शाखामा भरी बुझाइसक्नु पर्नेछ ।