बर्दगोरिया ४ को कोटागढी मैदानमा अबदेखि हरेक बुधबार डेउडा सांस्कृतिक कृषि तथा पशु हाटबजार
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित कोटागढी खेलमैदानमा बुधबारदेखि डेउडा सांस्कृतिक कृषि तथा पशु हाटबजार संचालनमा आएको छ । डेउडा सस्कृतिको संरक्षण, प्रचारप्रसार गर्न र स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य सामाग्रीको बजारीकरणका लागि स्थानीय स्तरमै सुबिधा दिने उदेश्यका साथ डेउडा सांस्कृतिक कृषि तथा पशु हाटबजार संचालनमा ल्याइएको हो ।
जसको बुधबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । स्थानीय बर्दगोरिया ४ मा रहेको मुडा बजार विकास समिति, स्थानीय ब्यापारी र स्थानीय सरकारसङ्गको समन्वयमा संचालनमा ल्याइएको उक्त डेउडा सांस्कृतिक कृषि तथा पशु हाटबजार हरेक साताको बुधबार (एकदिन) लाग्ने जनाइएको छ ।
कृषि हाटबजारको उद्घाटन गर्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले किसानहरुको मुख्य आम्दानीको स्रोत तरकारी तथा फलफुल भएकाले कृषि उपज सामाग्री बिक्रीका लागि साताको एकदिन हाटबजार नै संचालन गरिनु खुशीको कुरा भएको बताए । उनले कृषि क्षेत्रको विकास र किसानको आयस्तर माथि उकास्नका लागि बजारीकरण र ब्यवसायिकरण प्रमुख विषय भएको बताए ।
बर्दगोरिया ४ मा हाटबजार संचालन भएपछि स्थानीय स्त्तरमै किसानले उत्पादन गरेका कृषिजन्य सामाग्रीको बजारीकरणका लागि निकै सहज हुने र किसानलाई आर्थिक रूपमा सबल पार्न यसले ठूलो सहयोग पुर्याउने वडा अध्यक्ष जगत बहादुर शाहीले बताए । उनले हाटबजारमै सुदुरपश्चिमको चिनारी र पहिचान बोकेको डेउडा सस्कृतिको प्रदर्शन (डेउडा ) खेल समेत लाग्ने हुदा मनोरञ्जनका साथमा डेउडा गीत ,संगित र सस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा थप सहयोग मिल्ने बताए ।
कार्यक्रममा सहभागी किसानले हाटबजार संचालनमा आउनु आम किसानका लागि खुशीको कुरा भएको बताएका छ्न । उनीहरूले यसका साथै उत्पादित कृषि सामाग्रीको उचित मूल्य निर्धारण र ब्यवस्थापन तथ व्यवसायीकरणमा जोड दिन आवश्यक भएको बताए ।
ट्रु–मीका उत्पादनहरूको प्रयोग र व्यवसाय विस्तारका विषयमा टिकापुरमा भव्य कार्यक्रम सम्पन्न
टीकापुर ।अमेरिकी प्रविधिबाट सौन्दर्य सामग्री उत्पादन गर्ने कम्पनी ट्रु–मीएसएले टिकापुरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । ट्रु–डर्मा एसए प्रालिले व्यवसाय विस्तार तथा ट्रु–मीका उत्पादनहरू प्रयोग गर्ने तरिका सिकाउन ‘ट्रु–डर्मा ट्रु–मी प्रो एन्ड ट्रु स्किन’ शीर्षकमा तालिम तथा गोष्ठीको आयोजना गरेको हो । गोष्ठीमा कैलालीका ब्युटिपार्लर संचालक तथा ब्युटिसियनहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रशिक्षक सुरज नपहितले अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्रीहरू गुणस्तरीय भएकै कारण छोटो समयमा नेपालमा लोकप्रिय र उपभोक्ताले रुचाएको बताए । उनले भारतमा समेत ट्र–मीका उत्पादनहरू बिक्री वितरण गर्न थालिएको समेत बताए । टिकापुरमा आयोजित कार्यक्रममा ब्युटिसियन र कस्मेटिक व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
बजारमा उपलव्ध ट्रु–मीका सामग्रीहरुमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिंक, हेयर ब्लिज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्सलगायत उपलब्ध रहेका छन् । ब्युटीसियन र सामान सम्वन्धी तालिम प्रशिक्षक सुरज नपहितले प्रशिक्षण गर्नु भएको थियो ।
त्यसैगरी गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), ओबाटोन पपया कलेक्सन (फेस स्क्रब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल कृम, फेस जेल, फेस क्लजिङ मिल्क), स्किन ह्वाईटनिङ प्रोड्क्ट (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क) र रोज फेस टोनरलगायत कस्मेटिक उत्पादनहरु उपलब्ध रहेका छन ।
कैलाली जिल्लामा आधिकारिक बिक्रेता लम्कीका पब्लिक सप्लायर्स एन्ड सुपर स्टोर का संचालक कपिल तिमिल्सेना लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्राची मेकअप स्टुडियो नेपालगन्जका अजिता अधिकारी सहित कार्यक्रम संचालिका मिस नेपालगन्ज सुमन थापा रहनु भएको थियो ।
बर्दगोरिया ६ मा आधारभुत मन्टेश्वरी तालिम सुरु,वडा अध्यक्ष रन्जितद्वारा उद्घाटन
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा सोमबारदेखि मन्टेश्वरी तालिम सुरु भएको छ । वडा नम्बर ६ को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कार्यालयले यहाँका सामुदायिक विद्यालयका वालबिकास कक्षामा अध्यापनरत शिक्षिका र सहजकर्ता तथा अवसरको खोजिमा रहेकाहरुको लागि आधारभुत तालिमको सुरुवात गरेको हो ।वडामा रहेका विभिन्न विद्यालयका शिक्षिकाहरु सम्मीलित तालिममा निशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम अन्तर्गत बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी गर्नका लागि तालिम सुरु गरिएको जनाइएको छ ।
तालिमको सोमबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित) ले उद्घाटन गर्नुभएको छ । तालिममा वडा नम्बर ६ भित्रका विभिन्न सामुदायिक विद्यालयका १५ जना बढी बाल बिकासमा अध्यापनतर शिक्षिकाहरु, सहजकर्ता तथा मन्टेस्वरी तालिमको खोजिमा रहेकाहरुको सहभागीता छ ।
तालिममा सहभागीलाई बाल बिकास विषेशज्ञ सविता तिमिल्सिनाले प्रशिक्षण तथा सहजीकरण गरिरहनु भएको छ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले मन्टेश्वरी विधीवाट विद्यालयको सानो कक्षादेखि पठनपाठन गराउदा बालबालिकालाई राम्रो र संस्कारीक बनाउन सकिने भन्दै यहाँका सामुदायिक विद्यालयले यसलाई आत्मसात गरेर ब्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार मन्टेस्वरी कक्षा सञ्चालनका लागि जनशक्ति उत्पादन गर्ने काम वडा कार्यालयले थालेको हो ।
उहाँले अहिलेको शिक्षा राम्रो र ब्यावहारीक हुनुपर्ने भन्दै अभिभावकले आफ्नो वाल वच्चाकोे शिक्षाका लागि ध्यान दिने वातावरण सिर्जना गर्नुपर्नेमा विशेष ध्यानदिनुपर्ने बताउनुभयो ।
उहाँले बालवालिकाको सिकालाई प्रभावकारी र गुणस्तरीय बनाउन घोकन्ते विद्या भन्दा पनि व्यवहारीक रुपमा सिकाउन सकेमात्र उपलव्धी फलदायी हुने हुँदा व्यवहारिक र मेहेनतका साथ तालिममा सहभागी भई सीपलाई व्यवहारमा लागुगर्नु पर्ने सहभागीलाई सुझाव दिनुभयो ।
उद्घाटन कार्यक्रममा वडा सदस्य हिक्मत कठायत, अमर सिंह दहित, नेहा चौधरी ,धनसरा सुनार ,वडासचिब मदन जोशी लगाएतको उपस्थिति रहेको थियो ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ महेन्द्रराजमार्गको सम्झना चौक नजिक बुधबार ९:३० बजे राती पश्चिम्बाट पुर्वतर्फ गईरहेको मोटरसाइकलले सोही दिशातर्फ गईरहेको साईकललाई ठोक्दा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार मृत्यु हुनेमा लम्की चुहा नगरपालिका-१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सेना रहेका छन् ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सु प प्र ०१००९प ९०७६ नंम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साईकललाई पछाडीबाट ठक्कर दिईएको थियो । दुर्घटनामा घाईते साईकलमा सवार दिनेश तिमिल्सेनालाई उपचारका लागि नेपालगन्ज नर्सिङ होम लगेका थिए । घाईते तिमिल्सेनाको उपचारका क्रममा राती १२:८ बजे मृत्यु भएको हो ।
मोटरसाइकल चालक भजनी नगरपालिका-१० का ३५ वर्षीय नवीन चौधरी सामान्य घाइते भएका छन । मोटरसाईक चालक सहित अन्य २ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको र मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
बर्दगोरियामा निशुल्क महाप्रस्थान यान संचालनमा, मृतकको काजकिरियाका लागि जनही १० हजार दिइने,दमकल पनि ल्याउने तयारी
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले नि:शुल्क महाप्रस्थान यान संचालनमा ल्याएको छ । पालिका अध्यक्ष कर्ण बहादुर कुवरको सक्रियतामा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि आर्यघाटसम्म लैजान महाप्रस्थान यान संचालनमा ल्याइएको हो । पालिकाले संचालनमा ल्याएको महाप्रस्थान यान पालिकाबासीको लागि निशुल्क हुनेछ । पालिकामा शव बोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारलाई सवारीसाधन खोज्न हुने समस्यालाई मध्यनजर गरि पालिकाले निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएको अध्यक्ष कुवरले बताए । महाप्रस्थान यान गरिव तथा विपन्न परिवारका लागि भने थप महत्त्वपूर्ण सहयोगी हुनेछ ।
शव बोक्न अरुले सवारीसाधन दिन नचाहने र उपयुक्त वाहन नहुँदा शवलाई सम्मानजनक रुपमा आर्यघाटसम्म पुर्याउन स्थानीयले भोगिरहेको समस्यालाई ध्यानमा राखी निशुल्क यान संचालनमा ल्याइएको अध्यक्ष कुवरले बताए ।
परिवारको सदस्य गुमाएर शोकाकुल रहेका बेला पैसा तिरेर भएपनि शव बोक्ने साधन पाउन गाह्रो हुने अबस्था र शव बोक्नका लागि अधिकांशले गाडी दिन नमान्ने कारणले गर्दा जनताको लागि स्थानीय सरकार आर्यघाटसम्म सहयोग गर्न तयार छ भन्ने कुरालाई आत्मसात गरि पालिकाले यो कार्य थालेको उनले बताए ।
यसअघि ट्रयाक्टर र ट्रकमा शव आर्यघाटसम्म पुर्याउने गरिएको थियो। यो यान संचानल सँगै मृत्यु भएको व्यक्तीको शव यात्रा सम्मान जनक ढंगले हुन पाउने उनले बताए । यसैगरी पालिकाले मृतकको काजकिरिया गर्नका लागि जनही १० हजार रुपैयाँ दिने समेत कार्यपालिका बैठकले निर्णय गरेको उनले जानकारी दिए ।
पालिका अध्यक्ष कुवरकाअनुसार स्थानीयको अत्यधिक मागअनुसार अब दमकल समेत ल्याउने तयारी भएको छ । यो पनि छिट्टै संचालनमा ल्याउने पालिकाले तयारी थालेको छ ।
धनगढीमा बुधबारदेखि हुने श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ को तयारी पुरा, मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने
धनगढी । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको आफ्नै भवन निर्माण सम्पन्न गर्न धनगढी १ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना हुँदै गरेको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को समुद्घाटन मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुहुने भएको छ ।
माघ २३ गते बिहान १०ः३० बजे मानवता प्रेमी मनहरूका साथमा बाजागाजा, सांस्कृतिक झाँकी र कलशयात्राः पहिलो लेयरमा सडकआश्रित मानवहरूको परिदृश्य झल्काउने कलाकारहरूको टोली रहने छ । विभिन्न सांस्कृतिक बाजागाजा सहित भुवा,हुड्केली,हलिया, पुतला, गौरा, सखिया, होली,देउडा,लाखेनाच सहित सांस्कृतिक झाँकी सहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा हुनेछ । कलश यात्रा पश्चात औपचारिक रूपमा समुद्घाटन हुने समारोहमा मुख्यमन्त्रीको विशेष सम्बोधन सहितको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनु भयो ।
२३ गते सुरु हुने महायज्ञको तयारी पूरा भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले बताउनु भयो । धनगढी १ पशुपति टोलस्थित महोत्सवस्थलमा मानवसेवा आश्रमका अभियन्ता, अभिभावक, कर्मचारी र सबै शाखाबाट आउनु भएका अभिभावक तथा अभियन्ता ३ साता अघिदेखि महायज्ञ स्थल तयारीमा जुट्नु भएको हो ।
संयोजक कुँवरका अनुसार महायज्ञस्थलमा १ हजार भन्दा बढी भक्तजन अटाउने पंडालको व्यवस्था गरिएको छ । त्यस्तै गुरु प्रवचन तथा झाँकी प्रस्तुति मञ्च, उत्तर र दक्षिण मोहडाबाट महायज्ञ स्थल प्रवेशद्वारको व्यवस्था, सूचना सम्प्रेषणका लागि मिडिया हेल्प डेस्क सेन्टर व्यवस्था गरिएको छ ।त्यस्तै महायज्ञ परिसर को विभिन्न स्थलमा खानेपानी वितरण कक्षको व्यवस्था गरिएको छ ।
भक्तजनहरूको सवारी पार्किङका लागि चारपाङग्रे र दुई पाङग्रे सवारी साधन महायज्ञ स्थल परिसर नजिकै निःशुल्क पार्किङ सुविधा सहित व्यवस्था गरिएको छ । त्यस्तै आकस्मिक अवस्थाका लागि उद्धार र सहयोग कक्ष, महायज्ञमा सहभागी हुने कोही पनि भक्त भोकै नपरुन् भनी प्रसादी वितरण कक्षको समेत वितरण गरिएको छ । महायज्ञ नजिकै सोधपुछ कक्ष, रकम योगदान दाता सेवाकेन्द्र कक्ष , महिला पुरुषको छुट्टाछुट्टै लाइन व्यवस्था, भक्तजनको तस्बिर खिच्ने र उपलब्ध गराउने कक्षका रूपमा फोटो डेक्स समेतको व्यवस्था गरिएको छ ।
महायज्ञको सारा व्यवस्थापकीय पक्ष सहजीकरणको लागि सचिवालय कक्षको व्यवस्था गरिएको छ । अतिथि सत्कार कक्ष, फोटो प्रदर्शनी , शौचालयको व्यवस्था, जुत्ता चप्पल व्यवस्थापन कक्ष लगायतका डेक्सहरु खडा गरी सम्पूर्ण तयारी सकिएको संयोजक कुँवरले बताउनु भयो ।
महायज्ञमा हरेक दिन दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जलि योग पीठका केन्द्रीय प्रभारी, लवदेव मिश्र लगायतबाट योग शिविर सञ्चालन हुनेछ । विद्यार्थी माझ सकारात्मक सोच, मानवता प्रवर्द्धन एवं व्यवहारिक शैक्षिक ज्ञान कार्यक्रमहरू २ सेसनमा बिहान साँढे ७ बजे देखि साँढे ९ बजेसम्म र बिहान १० बजे देखि ११ बजे सम्म हुने छन् । महायज्ञमा २४ गतेबाट ३० गते सम्म हरेक दिन भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट बिहान साँढे ११ बजेदेखि साँढे ४ बजेसम्म संगीतमय श्रीमद भागवत कथा वाचन कथा वाचन हुनेछ । साँझ साँढे ४ बजे पछि दिव्य आरती तथा प्रसाद वितरण हुने मूल आयोजक समितिले जनाएको छ । हरेक दिन साँझ ६ः०० बजेदेखि राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा भजन, कीर्तन र नृत्य कार्यक्रम रहनेछ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू आयोजना हुनेछ । हरेक दिन महायज्ञमा पाञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुला दान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप,पाठ परायण आदि हुने छन् ।
समितिका अनुसार महायज्ञमा उपस्थित भक्तजनहरूको ७ दिन नै चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण सञ्चालन हुनेछ । महायज्ञकै अवसरमा मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवको अवस्था झल्किने गरी सडक र स्टेज दुवैमा नाटक प्रहर्सन गर्ने तयारी छ ।
तन, मन र धनको त्रिवेणीका रूपमा सुदूरपश्चिम प्रदेशवासी आमा, बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सहभागी गराउने अभिष्ट राखी महायज्ञको आयोजना गरिएको हो । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरियता मानवीय मन्दिर (भवन) धनगढी उपमहानगर १५ उर्मीमा २ विगाह जग्गामा निर्माण सुरु भइसकेको छ । यसलाई सम्पन्न गर्नका लागि आर्थिक संकलन र सद्भावनाका लागि महायज्ञ आयोजना गरिएको आश्रमका अध्यक्ष अधिकारीको भनाई छ । करिब ३७ करोड रुपैयाँको गुरु योजना सहित निर्माण सुरु गरेको उक्त जग्गामा आश्रमको भवनमात्र नभई मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोमञ्जन केन्द्रको स्थापना सहित गुरु योजना तयार भएको छ ।
यो मानवीय मन्दिर निर्माण भएपछि सुदूर पश्चिमाञ्चलका २ सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवम् सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ । सरकारका तीनै तहले गर्नुपर्ने कार्य पछिल्लो समय मानवसेवा आश्रमले गरिरहेको छ भने विभिन्न जिल्लामा यस अघि निर्माण भइसकेका मानवीय मन्दिर निर्माणमा सरकारका तीनै तहबाट र मानवता प्रेमी मनहरूबाट सहयोग जुटेर सेवा सञ्चालन भइरहेको छ । २०८२ सालमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल ‘मिसन २०८२’ गर्ने गरी आश्रमले अभियान सञ्चालन गरिरहेको छ ।
मानवसेवा आश्रम गते सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखा २०७५ साल मंसिर १ गते धनगढी – ५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ भएको हो । यस शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।
सेवाको स्थायित्वको लागि मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश धनगढी शाखाको आफनै भवन निर्माण गर्ने लक्ष्य राखी श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गर्न लागिएको हो । यस पुण्य कार्यमा सुदूरपश्चिम प्रदेशका सबै मानवता प्रेमी मनहरूलाई महायज्ञमा सरिक हुन मानवसेवा आश्रमले अनुरोध गरेको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम मुख्यालय भने २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले वि.सं. २०८२ सालभित्र सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण घोषणा गर्ने लक्ष्यका साथ अघि बढेको छ भने घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अस्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीमा रहेको जगदम्भिके भगवती माध्यमिक विद्यालयले आफ्नो स्थापनाको करिब ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०३४ सालमा स्थापना भएको विद्यायले हालसम्म यसरी कुनै पनि वर्ष वार्षिकोत्सव मनाएको थिएन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन ओलीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो भने विशिस्ट अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष तथा प्रमुख अतिथी कर्ण बहादुर कुँवरले पालिकाले बिधालयको भौतिक बिकासमा सहयोग गर्ने बताए । प्रमुख अतिथी कुँवरले भने यश बिधालयको भौतिक बिकासका लागी मन्त्रालय र सरकारका प्रमुख संग पटकपटक आग्रह गरेको बताउदै निर्माणका क्रममा रहेको पक्की भवनका लागि बजेट ल्याउन कुनै कसुर बाकी नराख्ने जिकिर गरे ।
यसै गरि विशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरिले पालिकाले भौतिक बिकास संगै शिक्षा ,स्वास्थ्य र खानेपानीका क्षेत्रमा उल्लेखनीय बिकास गरेको छ । आगामी दिनमा अझै यश बिधालयको बिकासका लागी पालिकाको सिङ्गो टिम लागेर अगाडी बढाउन कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाए । साथै उपाध्यक्ष गिरिले शिक्षाको गुणस्तर बढाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । स्थापनाकालदेखि आजसम्म विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने संस्थापक प्रध्यानाध्यापक यम बहादुर गौतम,संस्थापक अध्यक्ष लोकेन्द्र मल्ल, पुर्व प्रअ. चन्द्रेस्वर लाल कर्ण, नेत्र बहादुर खडका, पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर कुँवर, कार्यवाहक अध्यक्ष गुरुराज जोशी, रामबहादुर चौधरी, महायज्ञ दाता कर्ण बहादुर कुँवर, जग्गादात दिर्घराज जोशी, कुमारी जोशी, शिक्षिका सत्या देवि कुँवर र शिक्षक धुर्व चौधरी ,कार्यालय सहयोगी राम फल चौधरी, सरस्वती मन्दिर निर्माण दाता पहराम बुढा, ,पुर्व विद्यार्थी विष्णु बिष्ट , २०८० को एसईई मा उत्कृष्ट जिएइए ल्याउने भावना बुढा ,बिमला साउद र निसा बिक लगाएतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।
विद्यालयका शिक्षक भुपेन्द्र रास्कोटीले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नाटकसहित नृत्यहरु प्रस्तुत गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द बुढा क्षेत्रीले विद्यालय स्थापन देखि हालसम्मको प्रगती विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पार्टी प्रतिनिधि ,संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिलन ओलीले विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको जानकारी दिए । उनका अनुसार विद्यालयले आफ्नो स्थापनाको ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समारोहमा अध्यक्ष ओलिले भने, “विद्यालय स्थापना भएको पनि यतिका वर्ष भइसकेछ, तर हामीले पहिलोपटक वार्षिकोत्सव मनाएका छौँ, आज निकै खुशी लागेकको छ ।” उनले विद्यालयलाई यहाँसम्म ल्याउन साथ र सहयोग गर्ने व्यक्ति सङ्घसंस्था सबैलाई धन्यवाद व्यक्त गरे ।
सेती लोकमार्ग: बौनिया-टिकापुर सडक खण्डको बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरले गरे शिलान्यास
बौनिया । सुदूरपश्चिम प्रदेशको गौरबको आयोजनाका रूपमा हेरिएको सेती लोक राजमार्ग अन्तर्गत कैलालीको बौनियाँ–टिकापुर सडकखण्ड स्तरउन्नतिको काम सुरु गरिएको छ । बौनियाँ बजारबाट साढे ४ किलोमिटर दक्षिणतर्फ कंक्रिट वाल, सडक नाली तथा सडक भरानको काम शुक्रबारदेखि सुरु गरिएको हो । उक्त सडक खण्डको शुक्रबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले शिलान्यास गरेका छ्न ।
सेती राजमार्गको कुल २९६ किलोमिटर सडकमध्ये ४.५ किलोमिटर दक्षिण खण्डको स्तरउन्नति गर्न लागिएको पालिका अध्यक्ष कुँवरले बताए । उनले भने, ‘सहर तथा बस्ती भएको ४.५ किलोमिटर सडक निर्माण गर्न लागिएको बताए ।
शुक्रबारबाट निर्माण सुरुभइ असारमसान्तसम्म निर्माण गरी सक्नुपर्ने गरि काम थालिएको निर्माण कम्पनीका शिवराज सापकोटाले बताए । सडक स्तरोन्नति शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष कुँवरले सडक स्तरोन्नति भए बौनिया टिकापुर आउजाउ गर्न सहज हुने बताए । उनले सडक जीर्ण भएका कारण टिकापुर जान सास्ती खेप्नुपरेको बताउदै बौनिया टिकापुरलाई जोड्न सडकले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । कामको सुभारम्भ गर्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सम्झौता अवधि भित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । “सेती राजमार्ग निर्माणको काम उसै पनि ढिला भईरहेको छ । यसलाई चाँडो भन्दा चाँडो सम्पन्न गर्न निर्माण कम्पनीहरु लाग्नु पर्ने छ । सेती राजमार्गमा पर्ने हाम्रो पालिकाको क्षेत्रमा एउटा पक्की पुल सम्पन्न भईसकेको छ ।
अर्को पुल अवको २÷३ महिनामा सम्पन्न हुँदै छ । यो कामलाई पनि हामीले चाँडो सम्पन्न गर्यौ भने हामीहरुलाई नै सहज हुने हो । यो सडक बन्नु भनेको सुदूरपश्चिम प्रदेशको समृद्धीको ढोका खुल्नु हो । त्यसैले पनि हामी सबैजना आ–आफ्नो ठाउँबाट लागी परौं ।” उनले भने ।
कामको शुभारम्भ कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी, निर्माण व्यवसायी शिवराज सापकोटा, रबि शाही लगायत अन्य जनप्रतिनिधी समेत सहभागी थिए । यही सडक अन्तर्गत दुर्गौली–प्रतापपुर १० किलोमिटर सडकखण्ड कालोपत्रेको काम चलिरहेको छ भने कैलाली खण्डको मोहन्याल गाउँपालिका क्षेत्रमा करिब ३ किलोमिटर सडक मात्रै ट्रयाक खोल्न बाँकी छ । यो ट्रयाक खुलेमा टिकापुर खिमडी (ठुलीगाड) को सिधा यातायत सम्पर्क जोडिने छ ।
६ करोड १५ लाख ४९ हजार लागतमा चालु आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न गर्ने गरी पृथ्वी महानिगलाशैनी र पृथ्वी एचबि जेभिले कामको जिम्मा पाएको छ । जस अन्तर्गत करिब एक हजार एक सय मिटर पक्की नाला, सडकको दुबै पट्टी करिब दुई हजार मिटर कंक्रिट वाल र १६ मिटर चौडाइको साढे चार किलोमिटर सडक भरानको काम हुनेछ ।
त्रिदेशिय नाकालाई छुने राजमार्गले कैलाली,डोटी, अछाम हुँदै चिनको ताक्लाकोट सडक सञ्जालसँग जोडिएको बताउँदै २९६ किलोमिटर लामो सेती राजमार्ग सडकको ट्र्याक खोल्ने काम संगै दक्षिण खण्डको स्तरोन्नतिको काम अगाडि बढेको हो ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ सन्तोषि टोलमा रहेको श्री बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बिहीवार संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर रहनुभएको थियो भने विशिस्ट अथितिमा पालिका उपाध्यक्ष गणेश राज गिरि(लालदीप) रहनुभएको थियो ।साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकाभित्र रहेका सबै सहकारी संस्थाको वृद्धि विकासका लागि आफुले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पालिका अध्यक्ष कुवरले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताए । उनले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउदै सहकारीले स्थानीय स्तरमा आर्थिक उन्नति र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको बताए ।
कार्यक्रमका विशिस्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरिले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको बताउदै उनले स्थानीय स्तरमा आफुले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका वक्ताहरुले संस्थाको आर्थिक वृद्धि र सेयर सङ्ख्या वृद्धि र कार्यक्षेत्र बिस्तार गरि पुजि बढाउनतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा बेस नेपाल संस्थाकी अध्यक्ष बालकुमारी सुनारने सहकारी संस्थाहरुले महिला दिदिबहिनीहरुको जिविको पार्जनका क्षेत्रमा समेत लगानी गरि उनीहरुलाई आर्थिक हिसाबले शसक्त पार्ने बाटोमा समेत ध्यान दिन आवश्यक रहेको बताइन ।कार्यक्रममा समग्र बर्दगोरिया गाउँपालिकाको विकास र समृद्धिमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सहकारी संस्थाकाले पालिका अध्यक्ष कर्ण बहादुर कुवर र उपाध्यक्ष गणेश राज गिरिलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।कार्यक्रममा संस्थाका कोषाध्यक्ष ध्वज बहादुर सुनारले प्रबन्धक बाबुराम पाण्डेलाई आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण पेस गरेका थिए भने व्यवस्थापक बाबुराम पाण्डेले आयव्यय प्रस्तुत गरेका थिए ।
यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थिले आर्थिक वर्ष २०८१/२०८२ को लागि कुल ६० लाख १३ हजार बराबरको अनुमानित आयव्यअ सार्वजनिक गरेका थिए ।
कार्यक्रममा संस्थाबाट ऋण लागि नियमित किस्ता तिर्ने जोगिलाल कठरियासहित नियमित बचत गर्ने सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।
बर्दगोरिया महोत्सवको अवधि दुईदिन थपियो,भोलि गायक पुस्कल शर्मा र अनु चौधरी आउने
बर्दगोरिया । कैलालीको बौनियामा जारी सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’२०८१ को समय दुईदिन थप गरिएको छ । कृषि, व्यापार, संस्कृति र विकास, निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने नाराका साथ यही पौष ९ गतेदेखि बौनियामा जारी महोत्सवको समय दुईदिन थप गरिएको हो ।आयोजक बौनिया बजार व्यवस्थापन समितिकाअनुसार पौष १८ गतेसम्म संचालन हुने भनिएको महोत्सव पौष २० गतेसम्मको समय थपिएको हो । महोत्सव अबलोकन गर्ने दर्शकको मागबमोजिम समय थप गरिएको आयोजकले जनाएको छ ।
निर्माणधिन सेती लोकमार्गको निर्माण कार्यलाई तिब्रता दिन दबाब स्वरुप सातौ स्करणको सेती लोकमार्ग पहिचान महोत्सव २०८१ को पौष ९ गते सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका थिए ।
आयोजकका अनुसार पौष १८ गते चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा, गायिका अनु चौधरी र मोडेल रितु चौधरीको मुख्य प्रस्तुती रहने छ । महोत्सवले कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय वृद्धि गर्नुका साथै निर्माणाधीन अवस्थाको राष्ट्रिय गौरवको आयोजनाको कामलाई तीव्रता दिन समेत महोत्सवले दबाब पुग्ने छ भने स्थानीय पर्यटकीय क्षेत्रको पहिचान समेत हुने अपेक्षा गरिएको छ ।
सेती लोकमार्ग भारत, नेपाल र चिन त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्त्वको सडक हो । यो सडक निर्माणाधीन चरणमा भएपनि निर्माणको कामले भने गति लिन सकेको छैन । यस्तै पहिचान र प्रचारप्रसारको प्रखाइमा रहेका पर्यटन र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेका बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्रको वृद्धि विकासमा समेत महोत्सवले टेवा पुर्याउने दाबी गरिएको छ ।