बर्दगोरियामा सडकको दुर्दशा ; बौनिया बजारमा वर्षाले पारेको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढ्यो
बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ सडकपुर बौनिया बजार स्थित पुर्वपश्चिम महेन्द्र राजमार्गमा वर्षाका कारण सडकमा परेको खाल्डाखुल्डी नपुरिदा दुर्घटनाको जोखिम बढेको छ ।बर्दगोरिया गाउँपालिकाको मुख्य बजार क्षेत्रमै वर्षाका कारण सडकमा परेको ठुलाठुला खाल्डाखुल्डी नपुरिदा सवारी दुर्घटनाको जोखिम बढेको हो ।
यहाँका स्थानीय भन्छन् – अन्य पालिकाको तुलनामा हाम्रो गाउँपालिका स्रोत साधनने भरिपुर्ण छ । त्यसैको उपयोग गरि मुख्य सडकमै परेको ठूलो खाल्डाखुल्डी मर्मत गरिदिएको भए आवतजावतमा सहज हुने थियो । र दुर्घटनाको जोखिम हुने थिएन ।
पालिकाकै मुटु मानिने मुख्य व्यापारीक क्षेत्र बौनिया बजारमा बनेको सडकको यो दुर्दशाले सवारी चालक, यात्रु तथा बजार आवातजावत गर्ने सवैलाई सास्ती पारेको छ ।वर्षाका कारण मुख्य राजमार्गमै परेको खाल्डाखुल्डीले दैनिक आवातजावत गर्नेलाई सकस तुल्याएको छ । विगत केहीदिन अगाडि देखि निरन्तर परिरहेको पानीका कारण सडकमा परेका खाल्डाखुल्डीले जोखिम बढाएको छ ।
सोही राजमार्ग भएर केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न जिल्लाका लागि दैनिक रुपमा हजारौंको संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन्। अति संबेदनसिल मानिने र सवारी साधनको बढी चाप हुने राजमार्गमा यस्तो लापरबाही हुनु दुखद भएको भन्दै स्थानीय सरकार तथा सरोकारवाला निकायले यसको तत्काल मर्मत गर्नुपर्ने स्थानीयको भनाई छ ।
सवारी साधनको अत्यन्तै बढी चाप हुने यस खण्डमा खाल्डाखुल्डीका कारण तीव्र गतिमा गुडिरहेका सवारी साधन दुर्घटनामा पर्ने जोखिम बढेको छ भने सडकमा हिड्ने पैदल यात्रुको शरीरमा हिलाम्मे पानी छापिने गरेको छ ।
बर्दगोरियाको बालकन्या मावि २०८० को एसइईमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट आदर्श सामुदायिकको नतिजा पालिकै उत्कृष्ट
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वडा नम्बर १ मा रहेको बालकन्या माध्यमिक विद्यालय २०८० को एसइई परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ पालिकाकै उत्कृष्ट बनेको छ । बालकन्या माविले उत्कृष्ट जिपिएसहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
पालिकामा रहेका ६ वटा सामुदायिक र ५ वटा संस्थागत गरी ११ वटा माध्यमिक तहका विद्यालयहरू संचालित छन् । सोमध्ये २०८० को एसइई परीक्षामा बालकन्या माविले पालिका स्तरमा पहिलो स्थान हासिल गरेको छ ।पालिकामा रहेका ११ वटा माध्यमिक विद्यालय मध्यबाट बालकन्या माध्यमिक विद्यालयकी छात्रा प्रियङ्का शाहीले ३.७७ जिपिए ल्याउन सफल भएकी छ्न । यसैगरी बालकन्या माविकै छात्र सत्य बुढाले ३.६९ जिपिए ल्याएका छ्न । संस्थागत विद्यालयतर्फ भने नोवेल माध्यमिक विद्यालयकी छात्रा चन्द्रकला खड्काले ३.६९ र पालिकमै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको आदर्श सामुदायिक विद्यालयकी अम्बिका चौधरीले ३.६६ जिपिए ल्याएकी छ्न ।यसैगरी नोवेल माविकै छात्र रितेस चौधरीले ३.६१ जिपिए ल्याउन सफल भएका छन ।
२०८० को एसईई परीक्षामा बर्दगोरियाका ६ वटा सामुदायिक विद्यालयबाट ६ सय ६५ र ५ वटा संस्थागत विद्यालयका १२२ गरी जम्मा ७ सय ८७ विद्यार्थी सहभागी थिए ।
नतिजाअनुसार सामुदायिक विद्यालयका ६६५ जना परीक्षार्थी मध्य १ सय ४० र संस्थागततर्फका १ सय २२ जना परीक्षार्थी मध्य ८६ जना विद्यार्थी पास भएका छ्न ।
सामुदायिक विद्यालयतर्फ महुन्याल मावि बास्कोटी (साधारण धारतर्फ) ८.०३५ प्रतिशत तथा प्राविधिक धारतर्फ ८३.३३ प्रतिशत ,कालिका मावि नौनियाबाट १७.२८ प्रतिशत ,वसन्त मुरारी नमूना माविबाट १४.२२ प्रतिशत, मावि कोटातुल्सीपुरबाट १६.३२ प्रतिशत ,जगदम्विके माविबाट ११.८४ प्रतिशत र बालकन्या माविबाट ३७.८३ प्रतिशत विद्यार्थी पास भएका छ्न ।
यसैगरी संस्थागत विद्यालयतर्फ नवलपुर बालबाटीकाबाट ६७.८५, आदर्श सामुदायिकबाट ९५.८३, नोवेल माविबाट ७०.३७, जगततारा इङलिस बोर्डिङ स्कुलबाट ७० र सनराइज बोर्डिङ स्कुलबाट ५४.५४ प्रतिशत विद्यार्थी पास भएका छ्न ।
प्राप्त नतिजाअनुसार विद्यार्थी सङ्ख्याको आधारमा सामुदायिक भन्दा संस्थागत विद्यालयको नतिजा राम्रो आएको छ ।
२०७९ को एसईई परीक्षामा भने महुन्याल माध्यमिक विद्यालय बासकोटीका अर्जुन आचार्यले ३.९२ जिपिए ल्याउँदै पालिका टपर,महुन्याल माविकै झरना सिंह ठकुरीले ३.७६ जिपिए ल्याउदै पालिकामा दोश्रो र नोबेल एकेडेमीकी नमिता खतिवडाले ३.७५ जिपिएसहित पालिकामा तेस्रो बनेकी थिइन ।
बर्दगोरियामा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा स्वास्थ्य बीमा कार्यक्रमको सुदृढीकरण र प्रभावकारीताका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बुधबार पालिकाको आयोजनामा स्वास्थ्य बीमा सम्बन्धी प्रावधान, प्रक्रिया र दर्ताको वर्तमान अवस्थाबारे पालिका अन्तर्गतका स्वास्थ्य बीमा दर्ता सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराउने हेतुले उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।कार्यक्रमम राष्ट्रिय बीमा बोर्डका दर्ता अधिकारी गोविन्द राज ओझाले सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम, यसको उदेश्य ,सुदृढीकरण र प्रभावकारीताका विषयमा प्रकाश प्रारेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । स्वास्थ्य बीमामा जनताको पहुँच अभिवृद्धि गर्न स्थानीय सरकारको भुमिका निकै महत्त्वपूर्ण रहने बताउदै स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको घरदैलो भित्र पुर्याउन सकेमात्र स्वास्थ्यको पहुँच बाहिर रहेका जनतालाई स्वास्थ्यको पहुँचमा जोड्न सकिने बताए ।उनले भने, स्वास्थ्य बीमा नितान्त गरिब र बिपन्नलाई सहयोग पुग्ने कार्यक्रम भएको हुदा बीमा गर्न आवश्यक रहेको बताए । उपाध्यक्ष गिरिले नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा प्रत्याभुत गरेसँगै स्वास्थ्य सेवामा राज्यको नागरिकप्रतिको दायित्व झनै बढेर गएको बताए ।
उपाध्यक्ष गिरिले राज्यले आफ्ना सम्पूर्ण नागरिकलाई बीमामा आवद्ध गराउने लक्ष्य राखेका बताउँदै हरेक नागरिकलाई बीमामा आवद्ध गराउन प्रमुख जिम्मेवार भने दर्ता सहयोगीको हुने भएकाले सहयोगीलाई हरेक परिवारसम्म पुग्न आग्रह गरे ।
कार्यक्रममा पालिकाको ३७ हजार ६२८ जनसंख्या मध्ये हालसम्म दस हजार ७२३ स्वास्थ्य बीमा सेवाग्राहीको संख्या रहेको जानकारी गराइएको थियो । जसमा अझैपनि पालिकामा २६ हजार ९०५ जना स्वास्थ्य बीमा लिन बाकी रहेको जानकारी गराइएको थियो ।
कार्यक्रममा पालिका उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकिय अधिकृत प्रकाश ढुंगाना, स्वास्थ्य शाखा प्रमुख मीन धामी, पालिका अन्तर्गतका स्वास्थ्य बीमा दर्ता सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले काठमाडौमा सम्पन्न १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । बिहीवार एक कार्यक्रमका बीच बर्दगोरिया १ मा रहेको श्री बसन्त मुरारी नमुना माध्यमिक विद्यालयमा अध्यनरत छात्रा कृष्णा बमलाई सम्मान गरेको हो ।काठमाडौंमा सम्पन्न १४औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा सहभागीता जनाई सटफुटमा कृष्णाले स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिइन । वसन्त मुरारीमा अध्यनरत कृष्णा पढाईसङ्गै खेलकुद क्षेत्रमा अब्बल मान्निन्छन । उनी सटपुट तर्फकि राष्ट्रिय खेलाडीसम्म हुन ।
खेलकुदको क्षेत्रबाट बर्दगोरिया नाम राष्ट्रिय स्तरमा चिनाउन सफल भएकी कृष्णालाई गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना,वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम लगाएतले टीका ,अबिर र दोसल्ला ओढाएर सम्मान गरेका हुन । सो क्रममा उनलाई पालिका अध्यक्ष कुवरले पढाइसङ्गै खेलकुद क्षेत्रमा थप प्रगतिहोस भन्ने शुभकामना समेत दिए ।स्वर्ण पदक बिजेता कृष्णालाई यसअघि यहाँको जगत तारा इङलिस बोर्डिङ स्कुल र वसन्त मुरारी माविले समेत सम्मान गरेका थिए ।
२१ जेष्ठ ,बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जुनोटिक रोग सम्बन्धि सरोकारवाला निकायसंग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । पालिकाको पशु सेवा शाखाको आयोजनामा शुक्रबार यहाँका सरोकारवाला निकायका बिच अन्तरक्रिया भएको हो ।कार्यक्रममा जुनोटिक रोगबारे परामर्श गरिनुका साथै यसबाट बच्ने उपायका बारेमा परामर्श गरिएको छ । कार्यक्रममा पशुपन्छि रोग अन्वेषण प्रयोगशालाका डाक्टर नरेश प्रसाद जोशीले जुनोटिक रोग के हो, यो रोगको संक्रमण कसरी हुन्छ र जुनोरिक रोगको संक्रमणबाट बाच्न के गर्नुपर्छ लगायतका विषयमा जानकारी गराउनुभयो ।सो क्रममा उहाँले जुनोटिक रोगबाट बच्न सधैं दूध उमालेर मात्र खाने, काचो मासु नखाने, रोगि वा रोग लागेर मरेको पशुपन्छिको मासु नखाने तथा सधैं सफा मासु मात्र खाने बानिको बिकास गर्न सुझाव दिनुभयो । साथै यो रोग कुकुर र बिरालोबाट समेत सर्ने भएकाले उनीहरुलाई काचो मासु नखुवाउने, तुहिने रोगमा नाङ्गो हातले नछुने तथा प्रत्यक तीन/तीन महिनामा कुकुरलाई जुका र फित्ते जुकाको औसधि खुवाउन जरुरी रहेकोे बताउनुभयो ।उहाँले ६० प्रतिशत रोगहरु जनावरबाटै मानिसमा सर्ने भएकाले रेबिज, बर्डफ्लु जस्ता रोगबाट बच्नका लागि सतर्कता अपनाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा पशु सेवा सम्बन्धी संञ्चालन भएका कार्यक्रम, रेबिज र जुनोटिक रोगको रोगथाम, नियन्त्रण, खोप लगाउने विधि, र पशु प्राविधिकहरुको समस्या, तथा समाधानका उपाय, प्रभावकारी पशु विकासका लागी कार्यक्रम, कृषक लाभाम्बित कार्यक्रम र विभिन्न योजना तर्जुमा लगायतका विषयमा छलफल समेत भएको थियो । अन्तरक्रियामा बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय किसान ,विद्यालयका शिक्षक, मासु व्यवसायी लगाएतको उपस्थिति रहेको पशुसेवा शाखा प्रमुख जय प्रसाद कोइरालाले बताउनुभयो ।
बर्दगोरिया । पछिल्लो केही दिनदेखि चर्को गर्मी अत्यधिक बढेपछि कैलालीको बर्दगोरिया गाउँपालिकाले एकहप्ता विद्यालयमा बिदा दिएको छ । पालिकाले भोलि, शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले बिहिवार सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी पालिकाभित्र रहेका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरेका छन ।
गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई ख्याल गर्दै बिदा दिइएको जनाइएको छ । पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४४ डिग्री सेल्सियससम्म पुग्ने गरेकाले दैनिक कामकाज गर्नसमेत समस्या हुने गरेको छ।
बर्दगोरिया ३ मा विपन्न वर्गको आयआर्जनको लागि बङ्गुरका पाठापाठी वितरण (तस्बिरमा )
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले ३१ जना विपन्न वर्गलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । पालिकाको पशु सेवा शाखाले वडा नम्बर ३ मा रहेका विपन्न वर्गको आयआर्जनका लागि शनिबार पाठापाठी वितरण गरेको हो।शाखाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा रहेका दलित, एकल महिला ,मुक्तकमैया गरि ३१ जनालाई छनोट गरि उनीहरूको आयआर्जन उकास्न मद्दत पुराउने उदेश्यले निःशुल्क रूपमा बङ्गुरका पाठापाठी वितरण गरिएको शाखा प्रमुख जयप्रसाद कोइरालाले बताए ।पालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले संयुक्त रूपमा उनीहरूलाई बङ्गुरका पाठापाठी वितरण गरेका थिए । सो क्रममा पालिका अध्यक्ष कुवरले समाजमा रहेका विपन्न वर्गको जिवनस्त्तर माथि उकास्न र व्यवसायीक बन्न सहयोग पुर्याउने उदेश्यले पाठापाठी वितरण गरिएको बताए।
विपन्न वर्गको आर्थिक सशक्तीकरणलाई सघाउने पालिकाको उद्देश्य हो”, अध्यक्ष कुवरले भने, “बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय भएको हुँदा यसको सही सदुपयोग गर्न आग्रह गरे ।
पालिका अध्यक्ष कुवरले भने – हामीले दिएका बङ्गुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला। केही दिन पालेर काटेर खाने होइन”, उनले भने, “हामी निरन्तर अनुगमनमा आउने छौँ।
बर्दगोरियामा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सुरु,एघार माध्यमिक विद्यालयमा संचालन हुने
बर्दगोरिया। कैलालीको बर्दगोरिया गाउँपालिकामा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सुरु भएको छ । बर्दगोरिया गाउँपालिका वन वातावरण तथा विपत व्यवस्थापन शाखाको आयोजना र समृद्ध नेपाल ट्रेनिङ्ग सेन्टर प्रालिको सहजीकरणमा पालिकाभित्रका माध्यमिक विद्यालयहरुमा यो कार्यक्रम सुरु भएको हो ।पछिल्लो समय समाजमा युवापुस्ताहरु लागू पदार्थको लतमा फस्नेक्रम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरण गर्ने उदेश्यले विद्यार्थीहरुलाई सचेतना जगाउन कार्यक्रम संचालन गरिएको हो । सोही क्रममा मंगलबार वडा नम्बर ४ मा रहेको श्री मावि कोटातुल्सीपुर र कालिका माध्यमिक विद्यालयमा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रशिक्षकका रूपमा सशस्त्र प्रहरी बेस क्याम्प बौनियाका प्रमुख डिएसपी सत्ययम पुरीले प्रशिक्षण दिएका थिए । सो क्रममा उनले लागु औषध ,लागू पर्दाथ भनेको के हो ? यसको लतबाट कसरी बच्ने ? यसको सेवन तथा ओसारपसारले पार्ने असर र कानुनि कारबाहीका बारेमा जानकारी दिएका थिए ।
प्रशिक्षणका क्रममा उनले जीवनलाई कर्तव्य र आनन्दको संगम ठान्न नसक्दा मानिस अनौठो विकृतिको खाडलमा भासिन र संलग्न हुनपुगेको स्थितिका बारेमा समेत चर्चा गरे । पछिल्लो समय राष्ट्र निर्माणको शक्ति युवापुस्ता नै यस्ता दुव्यर्सनको सिकार बन्नु राष्ट्रका लागि ज्यादै गम्भीर समस्या बन्न पुगेको बताए ।उनले जीवनसँग हरेस खाएर, साथिको गलत संगतको कारण तथा मानसिक तनाव भएर वा डर र त्रास मेटाउने बहानाले लागूपदार्थको लतमा लाग्ने युवाहरूको सङ्ख्या बढ्दै गएको भन्दै सबै सचेत हुनुपर्ने बेला आएको बताए । उनले यसको दुर्व्यसनीले व्यक्तिको शारीरिक ,मानसिक ,शैक्षिक तथा सामाजिक हिसाबमा समेत नकारात्मक असरपर्ने भएको हुदा लागू पदार्थ दुर्व्यसनीको सिकार हुनबाट आफै जोगिन सक्नुपर्ने बताए ।
उनले कतिपय बालबालिका विद्यार्थीहरु साथी सङ्गिको लहलहैमा लागेर पनि दुर्व्यसनीको बाटोमा लाग्ने गरेको हुँदा यो कुरामा समेत गम्भीरतापर्ूवक सोच्नुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष तथा वन वातावरण विकास समिति संयोहक जगत बहादुर शाहीले आजका विद्यार्थी तथा युवापिढी भोलिका कर्णधार भएको भन्दै लागू पदार्थ दुर्व्यसनी सेवन जस्तो गलत दिशामा लाग्न नहुने भन्दै सचेत रहन सुझाव दिए । उनले गलत संस्कारले गलत संस्कृतिलाई जन्माउँने हुदा यस्तो खराव कार्यमा लाग्न नहुने भन्दै यसको न्यूनीकरणमा सबै लाग्नुपर्ने बताए ।
वडा अध्यक्ष शाहीले समाज रुपान्तरणको अभियानमा युवापुस्ता र विद्यार्थीको निकै महत्त्वपूर्ण भुमिका आवश्यक रहेको हुदा लागू पदार्थ दुर्व्यशनी जस्ता नकारात्मक प्रवृत्ति न्यूनीकरणमा जुट्नुपर्ने बताए । कार्यक्रममा दुबै विद्यालयका कक्षा ९ र १० मा अध्यन गर्ने ३ सय विद्यार्थी सहभागी थिए ।
चट्याङ लागेर घोडाघोडीमा १५ वर्षिया बालिकाको मृत्यु
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन तातो हावा चल्ने जनाएको छ । आजदेखि आइतबारसम्म तापक्रम बढ्ने र तातो हावा चल्ने विभागको भनाइ छ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको विभागको भनाइ छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दामाथि मापन गरिएको विभागले जनाएको छ ।“कम्तीमा आजदेखि तीन दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन हामीले आग्रह गरेका छौँ,” मौसमविद् शान्ती कँडेल बाह्रखरीसँग भन्छिन्, “त्यसैले तराईका भू–भागहरूमा आजदेखि ६ गतेसम्म तातो हावा तथा तातो लहर चल्ने भएकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।”
हिजो भैरहवामा अधिकतम ४१.४, नेपालगन्जमा ४०.५, धनगढीमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । “विशेषगरी सुदूरपश्चिम र लुम्बिनीका तराईका भू–भागमा गर्मी धेरै बढ्नेछ । यी स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथि नै तापक्रम रहनेछ,” मौसमविद् कँडेल भन्छिन्, “अन्य प्रदेशका तराईका क्षेत्रमा पनि ४० डिग्री सेल्सियसकै हाराहारीमा तापक्रम रहन्छ ।”
पश्चिमी वायु सक्रिय नहुनु र जलवास्पयुक्त वायु विकास गर्ने अन्य कुनै प्रणाली नरहेकाले गर्मी बढेको हाे । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने विभागले कताएको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्न वा टोपी लगाउन विभागको आग्रह छ । नियमित पानी तथा झोल पदार्थ प्रशस्त पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागको आग्रह छ ।
यसैबीच, आज बिहान कोसी र मधेस प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ । विभागका अनुसार दिउँसो कोसी, मधेस प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।