कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी भएको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टीले कार्यालयको मुल गेटमा ताला लगाएको हो ।
तालाबन्दी किन ?
शनिबार राती एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका थिए । शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।
मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् । वादविवादकै क्रममा प्रशासकीय अधिकृतको निवासमा रहेको टेबुलमा वडाध्यक्षले ओझाले लात्ता प्रहार गर्दा फुटेको बुझिए पनि कुनै पक्षले घटनाबारे औपचारिक रुपमा जानकारी नदिएको उनले जनाए ।
प्रहरीकाअनुसार राति अबेरसम्म उनीहरुले सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा मदिरा सेवन गरेका थिए । त्यहाँबाट निस्केर फेरि उनीहरु प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा गएका थिए ।
पुर्वराजा ज्ञानेन्द्र शाहले भने – देशको संरचना बदलेर मात्र नौलो नेपाल भइहाल्दो रहेनछ !
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले संरचना बदलेर मात्रै नौलो नेपाल निर्माण नभएको बताएका छन् । दसैंको अवसरमा शुक्रबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले संरचना बदलेर र केही नामान्तर गरेर मात्र नौलो नेपाल नभएको बताएका हुन् ।
‘स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्न हुन्न भन्ने आमभावना रहेको छ । आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर, नौलो नेपाल भइहाल्दो रहेनछ‚’ उनले भनेका छन्‚ ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्यचेतना आउनु आवश्यक छ । नेपाली निरन्तर देशी-विदेशीहरूको क्रिडास्थल भयो भन्ने पनि जनगुनासो रहेको छ ।’
भ्रष्टाचारले गर्दा समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको भन्दै सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको बताएका हुन् । ‘मौलिक धार्मिक सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रहीत र सुरक्षा संकटग्रस्त बन्दै गइरहेको छ ।
व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छस सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ‚’ उनले भनेका छन् ।
राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय रक्षा व्यवस्थाको रक्षामा समर्पित रहने देशभक्ति नेपालीको चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्ने कामना पनि उनले गरेका छन् ।
माओबादी केन्द्र कैलाली क्षेत्र नं २ को जिम्मेवारी बाडफाड, संयोजकमा बडुवाल र सचिबमा गिरि
बौनिया । नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) ले कैलाली क्षेत्र नं २ को जिम्मेवारि बाडफाड गरेको छ । जिम्मेवारी बाडफाड गर्ने क्रममा सुदुरपश्चिम् प्रदेश कमिटी सदस्य दुर्गा बडुवाल ( हेमन ) लाई संयोजकको जिम्मेवारी तोकिएको छ ।
यसैगरी प्रदेश कमिटी सदस्य गणेश राज गिरिलाई सचिबको जिम्मेवारी तोकिएको माओवादी केन्द्रले जानकारी दिएको छ । माओवादी केन्द्रले निर्बाचन नजिकिदै गर्दा आफ्ना कार्यकर्ता तथा नेताहरुलाई विभिन्न जिम्मेवारी प्रदान गर्दै आएको छ ।
गणेश राज गिरि गत चुनावका बर्दगोरिया गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार समेत हुन । उनी माओवादी केन्द्र बर्दगोरियाबाट आउँदो निर्वाचनको लागि बलियो र सम्भावित उम्मेदवारका रूपमा चिनिन्छ्न ।
जिम्मेवारी पाएसङ्गै उनले आम कार्यकर्ता, पार्टी तथा संगठनलाई एकढिक्का भएर अगाडि लाग्न अपिल गरेका छ्न । गिरि सक्रिय राजनीति सङ्गै एक सफल कृषि व्यवसायी समेत हुन । गिरिले बिगत दुई वर्षदेखि बर्दगोरिया ४ मा जग्गा भाडामा लिई कृषि पेशामा अबल्ल बन्दै आएका छ्न । उनले सिङ्गो देशलाई नै कृषि क्रान्तिमा होमिन र आर्थिक स्तर बलियो बनाउन व्यवसायी कृषि पेशा आवस्यक भएको समेत बताए ।
बौनिया । नेपाल रेडक्रस सोसाइटी उपशाखा कोटातुल्सीपुरको २२औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । शुक्रबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको उपशाखाको २२ औं अधिवेशन सम्पन्न भएको हो ।
उपशाखा कोटातुल्सीपुरका सभापति पुष्कर मल्लको सभाअध्यक्षमा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो ।
यस्तै कार्यक्रममा बिशिष्ट नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा सभापति बासु विनाडी, बर्दगोरिया गाउँपालिका उपाध्यक्ष भगवती डगौरा थारु, वडा नम्बर ४ का वडा अध्यक्ष पुरन सिंह विसी, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा मन्त्री लोकराज जोशी,लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
अधिवेशनले टेक बहादुर मल्ललाई सभापतिमा चयन गरेको छ । यस्तै उपसभापतिमा लालपरी चौधरी,सचिवमा हरिराम डगौरा कोषाध्यक्षमा देवानन्द जोशी, सहसचिबमा जगत बहादुर शाही र धन बहादुर बमलाई सहकोषाध्यक्षमा चयन गरेको छ ।
यस्तैगरि सदस्यहरुमा भिम दत्त बिनाडी ,मीन बहादुर बम
,निर्मला बम,गणेश प्रसाद मिश्र,लाल बहादुर भुल रहेका छन ।
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७८ पौष २ गते तद्अनुसार सन् २०२१ दिसम्बर १७ तारिख शुक्रबार मार्गशीर्ष शुक्लपक्ष चतुर्दशी तिथि कृतिका नक्षत्र सिद्धि योग गर करण आनन्दादिमा छत्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा र सूर्यास्त साँझ १७ः१० बजे हुनेछ ।
आजको राशिफल
मेष – पारिवारिक सुख र यश बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । कार्यव्यापारमा सफलता प्राप्त होला ।
वृष – धन यश मान महत्व आरोग्यता बढ्नेछन् । शारीरिक र आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – आरोग्यता बढ्नेछ । आँट उत्साह बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् । गीत–संगीतमा आकर्षण बद्नेछ ।
कर्कट – उन्नति हुनेछ । अन्न धन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्वमा कमी आउनेछैन । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।
सिंह – आशा उत्साह बढ्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढ्ला । आरोग्यता वृद्धि होला । मित्रजनको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । विकासको काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला – शुभ र भाग्यबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक – साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकिय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै सन्तानबाट सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढे पनि जोखिममा नपर्नु नै बेस होला ।
हेर्नुहोस आजको पञ्चाङ्ग एवम् राशिफल ( पौष १ गते २०७८ बिहीबार, १६ डिसेम्बर २०२१)
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक सम्वत्सर हेमन्त ऋतु वि.सं. २०७८ पौष १ गते तद्अनुसार सन् २०२१ दिसम्बर १६ तारिख विहीबार मार्गशीर्ष शुक्लपक्ष त्रयोदशी तिथि भरणी नक्षत्र ९ः४पर कृतिका नक्षत्र शिव योग ६ः२०पर सिद्धि कौलव करण आनन्दादिमा पद्म योग चन्द्रमा मेष राशिमा १५ः३८ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा र सूर्यास्त साँझ १७ः९ बजेमा हुनेछ । प्रदोषव्रत, पौषसंक्रान्ति ।
आजको राशिफल
मेष – मेष राशी हुनेले खर्च गर्दा विचार राख्नुहोला । खानपानमा पनि विचार पुर्याउनुपर्ने छ । धन लाभमा भने वृद्धि हुनेछ । सुख समृद्धि बढ्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । यश, वर्चश्व र आँट उत्साह बढ्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ ।
वृष – वृष राषीको लागि आज शुभ समय छ । पाहुनाको आगमन होला । सहयोगीले साथ देलान् । नयाँ काममा सफलता प्राप्त हुनेछ । धनको आगमन भैरहने छ । हासविलासमा आकर्षण बढ्नेछ । दौडधुप बढ्नेछ, यात्रा होला । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – व्यापारमा उन्नति हुन्छ । नसोचेको ठाउँबाट धन आर्जन होला । कार्यमा सफलता प्राप्त हुनेछ । लाभदायक समय छ । व्यस्तता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । आशा उत्साहमा वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । परिश्रमबाट सफलता हात पर्ला ।
कर्कट – रमाइलो यात्रा होला । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । शुभ काममा लाग्नु हितकर होला । प्रेममा सफलता मिल्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ । व्यस्तता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।
सिंह – खर्च र विवाद होला । अरुको भर पर्दा काम बिग्रन सक्छ । स्वास्थ्य पनि ठिक नरहन सक्छ, ध्यान दिनुहोला । तथापि, बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला ।
कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । हौसला बढ्ला । पुराना काम बन्नेछन् । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
तुला – समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्दा शुभ होला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । मिठो भोजन मिल्नेछ । गोप्य काम बन्नेछ । जोखिम बढ्न सक्छ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादमा नपर्नु हितकर रहला ।
वृश्चिक – कार्यमा सफलता मिल्नेछ । आजको परिश्रमले पछि लाभ देला । सकारात्मक र व्यवहारिक सोचको विकास होला । नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । विलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।
धनु – धन मान साहस बढे पनि विवाद पर्न सक्छ, विचार पुर्याउनुहोला । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।
मकर – मान बढ्ला । आर्थिक लाभ होला तर स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो होला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेटिएला । सन्तानको सहगयोग मिल्नेछ ।
कुम्भ – काम बनेर मन प्रशन्न रहला । सन्तानबाट सहयोग मिल्नेछ । यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । विलासमा आकर्षण बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुहोला ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । नसोचेको ठाउँबाट धनलाभ होला । बोलीको प्रभाव बढ्ला । मन प्र्रशन्न रहनेछ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला ।
(राशीफलमा जेजस्तो कुरा लेखिएको भएपनी तपाईं आफ्नो मेहेनत र परिश्रममा बढी विश्वास गर्नुभयो भने पक्कै पनि सफलता मिल्नेछ ।)
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ हेमन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ मार्गशीर्ष २७ गते सोमबार तद्अनुसार सन् २०२१ दिसम्बर १३ तारिख मार्गशीर्ष शुक्लपक्ष दशमी तिथि रेवती नक्षत्र व्यतिपात योग तैतिल करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४७ मा भयो र सूर्यास्त साँझ १७ः८मा हुनेछ ।
आजको राशिफल
मेष – समय मिश्रित फलदायक रहनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । अरुको भलाइमा मन जाला । ऋण, रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । खेलकुद र भ्रमणमा रुचि होला । धन मान बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा आकर्षण बढ्ने छ ।
वृष – दिन शुभ र लाभदायक रहला । मिहेनतको राम्रै फल मिल्नेछ । सम्मान प्राप्त होला, धेरैको मन जितिनेछ । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहस सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।
मिथुन – व्यापारमा विशेष लाभ होला । उत्साहपूर्ण समय रहला । स्वास्थ्य सबल रहनेछ । यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । परिश्रममा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।
कर्कट – समय मिश्रितदायक रहनेछ । कामको उचित फल मिल्नेछ । प्रशस्त धन लाभ होला । साझेदारीमा चाहिँ समस्या आउन सक्छ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ । मान महत्व बढ्नेछ । भागदौड जारी रहनेछ । समस्याको समाधान प्राप्त होला । आफ्नै बलविवेकले काम गर्नु हितकर होला ।
सिंह – हचुवामा कसैलाई बचन नदिनु बेस हुनेछ । कृषि क्षेत्रबाट लाभ मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । भागदौड व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्व बढ्नेछन् । ऋण रोग र शत्रुप्रति जित होला । अस्तव्यस्ततामा कमी हुनेछ । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।
कन्या – बोलीको प्रभाव बढ्नेछ । आश मारेको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रोकिएको धन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।
तुला – कार्यसम्पादनको क्षमता बढे पनि कतिपय अवसर गुम्न सक्छ । योजना सफल हुनेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – परिवारजनसँग आत्मियता बढ्ला । प्रेम सम्बन्धमा मिठास आउला । समय अनुकूल फलदायक रहला । इष्टमित सुख सन्तति बढ्नेछ । विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।
धनु – चोरी वा ठगीमा पर्न सकिन्छ, ध्यान दिनुहोला । धनको आवागमन भइरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्दा नै हित होला ।
मकर – तार्किक क्षमता बढ्नेछ । लगनशीलताले कीर्तिमानी फल दिलाउन सक्छ । आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।
कुम्भ – साथ दिनेहरू बढ्नेछन् । भाग्यले नसोचेको लाभ दिलाउला । दोडधुप बढ्ला । योजनाहरू गोप्य राख्नुहोला । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रा परक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।
मीन – इच्छाशक्ति बढ्नेछ । हात हालेको काम सफल हुँदा मन प्रशन्न रहला । समय फुर्सदिलो किसिमले बित्नेछ । लेनदेनमा विचार पुर्याउनुहोला । आरोग्यता बढ्ला । सुखशान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन पशन्न हुनेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुखशान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नु हुनेछ । आँट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष २६ गते आइतबार तद्अनुसार सन् २०२१ दिसम्बर १२ तारिख मार्गशीर्ष शुक्लपक्ष नवमी तिथि उत्तराभाद्रपद नक्षत्र सिद्ध योग बालब करण आनन्दादिमा स्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ मा र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । धनगढी दुर्गाजाँत तथा डोटी पोखरीजाँत, पाङ्गा वैष्णवीदेवी यात्रा । अन्तर्राष्ट्रिय तटस्थ दिवस ।
हेर्नुहोस आजको राशिफल
मेष – मेष राशी हुनेको लागि आजको दिन विशिष्ट व्यक्तित्वको प्रभाव रहला । धर्मकर्ममा रुचि रहला । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ । धन खर्च हुनेछ । ग्रहगोचरको प्रभावस्वरुप हासविलासमा आकर्षण बढ्ला । भागदौड बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । धनको आवागमन भैरहने छ । अरुको भर पर्नु उचित नहोला ।
वृष – कुरा काट्नेहरूको कमी हुने छैन । आरोग्यता र आयस्रोत बढ्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तु हासिल होला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । जोखिममा नपर्नु हितकर रहला । विशेष गरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मिथुन – थकानको अनुभव होला । स्वास्थ्यप्रति सचेत रहनुपर्नेछ । यसका बाबजुद उन्नति हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ ।
कर्कट – मनग्गे धन कमाउने योग छ । मिठो भोजन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक कार्य आदिमा सफलता मिल्नेछ । गीतसंगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।
सिंह – तपाईंका कामको उच्च मूल्याङ्कन हुनेछ । धन लगानी गर्ने अवसर मिल्ला । कठोर मिहीनेतले सफलता प्राप्त हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ । विजयश्री मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोगविलासको अवसर भेट्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।
कन्या – आजको दिन राम्रो छ । पुराना इष्टमित्र तथा प्रेमी–प्रेमिकाबीच मिलन हुनेछ । आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तान सुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुख शयल विलासमा आकर्षण बढ्ला ।
तुला – व्यापारमा हानी पुग्न सक्छ । यात्रा नगरेकै बेस हुनेछ । आफन्तसुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । समस्याको समाधान गर्नु हुनेछ । ख्याति फैलिनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।
वृश्चिक – सभा-सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । लेखपढ अध्ययनमा जाँगर चल्ने छैन तथापि मनोकूलको काम बन्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । साथीभाइको व्यवहारप्रति सजग रहनु उत्तम होला । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।
धनु – सफलता मिल्ला । सहयोगीले साथ दिनेछन् । लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु हीतकर होला । स्वास्थ्यमा ध्यान राख्नु पर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु हीतकर होला ।
मकर – व्यवसायबाट प्रशस्त लाभ मिल्ला । दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्वलाई पूरा गर्नु हुनेछ । आर्थिक कार्य बन्नेछ ।
कुम्भ – घरेलु समस्यामा समय बित्ला । स्वास्थ्यमा समस्या उत्पन्न भइ कार्यमा बाधा पुग्न सक्छ । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्वजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला ।
मीन – परसेवामा मन जाला । पारिवारिक सुख प्राप्ति होला । जीवनसाथीको साथ मिल्नेछ । विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौग्भायमा वृद्धि हुनेछ । मान महत्वमा बढोत्तरी हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानसुख बढ्ला ।
राशीफलमा जेजस्तो कुरा लेखिएपनि ,तपाईं आफ्नो कर्ममा भने बढी अडिग रहनुहोला ।
शक्तिशाली देवी पाथिभराकाे एक दर्शनले भाग्य चम्कन्छ, दर्शनगर्दै हप्ताभरीकाे राशिफल हेर्नुहाेस्
तपाइँकाे याे हप्ता भरीकाे राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लगनशीलता र आत्मविश्वासले सजिलै लक्ष्य प्राप्ति हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र थप काम गर्ने अवसर प्राप्त हुनेछ। आफन्त र प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। मंगलवार र बुधवार भने केही विवादास्पद काममा अलमलिनुपर्ला। भौतिक साधन उपयोग गर्दै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। नयाँ प्रविधिको ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अवसरका लागि लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। बलजफ्ती गर्दा काम दोहोर्याउनुपर्ने परिस्थिति आउन सक्छ। धेरै दौडधुप हुनेछ र यात्रा खर्चिलो बन्नेछ। मंगलबारदेखि स्थितिमा सुधार आउनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। नयाँ काममा हात हाल्ने परिस्थिति जुट्नेछ। काम देखाएर उपलब्धि हातपार्न सकिनेछ। परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। वादविवादमा भने अघि नसर्नुहोला ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतले आयस्राेत सबल बन्नेछ। परिस्थितिवश उठ्नुपर्ने रकम तत्काल हातलागी भने नहुन सक्छ। व्यावहारिक आवश्यकता पूरा नभए पनि दैनिक जीवनमा असर पर्नेछैन। मंगलबारदेखि भने खर्चिलो काम प्रारम्भ हुने देखिन्छ। संवेदनशील काममा विशेष सावधानी अपनाउनुहोला। प्रयत्न गर्दा टाढाका साथीभाइ नजिकिनेछन्। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा आफन्तको सहयोगले स्थितिमा सुधार आउनेछ। रोकिएको काम पनि सम्पादन हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नयाँ नोकरी वा व्यवसाय थालनी हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। ईर्ष्या गर्नेहरूले आलोचना गरे पनि काम देखाएर धेरैको मन लोभ्याउन सकिनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। पेसा र व्यापारमा मनग्गे लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। सप्ताहान्तमा भने फजुल खर्च, काममा बाधा र स्वास्थ्यमा समस्या देखिएला।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा केही संघर्ष गर्नुपरे पनि प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। ईर्ष्या गर्नेहरूले आलोचना गरे पनि काम देखाएर धेरैको मन लोभ्याउन सकिनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नयाँ नोकरी वा व्यवसाय थालनी हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। जिम्मेवारी बढ्न सक्छ। अध्ययनमा प्रगति हुनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। पेसा र व्यापारमा मनग्य लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा भने फजुल खर्च, काममा बाधा र स्वास्थ्यमा समस्या देखिएला।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेेहरूले दुःख दिनेछन् । काममा पनि अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। धेरैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। गोपनीयतामा सजग रहनुहोला। मंगलबारदेखि स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्। सुरुको संघर्षले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। अध्ययन तथा लेखाइमा प्रगति हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्गे धनलाभ हुनेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकहरूको सहयोगले साताको प्रारम्भ उत्साहवर्द्धक देखिनेछ। रमाइलो यात्राका बीच प्रियजनसँग भेटघाट हुनेछ। आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। विभिन्न भौतिक सुखका साधन जुट्नेछन्। तर मनोरञ्जनले अध्ययनमा बाधा पुर्याउन सक्छ। मंगलबारदेखि स्वास्थ्यमा कमजोरी र काममा अवरोध आउन सक्छ। आक्षेप लगाउनेहरूले दु:ख दिनेछन्। आफ्ना विषयवस्तुमा अरूले हस्तक्षेप गर्नेछन्। परिस्थितिवश संघर्षमा उत्रनुपर्ला। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ र आस मारेको कामले उत्साह जगाउनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा परिश्रम परे पनि राम्रो प्रतिफल पाइनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विद्यार्थीहरूको शैक्षिक भ्रमण हुन सक्छ। रमाइलो यात्रा, भेटघाट र प्रियजनसँग भेटघाट हुने योग छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा स्वास्थ्यबाधा र घरेलु समस्याले पिरोल्न सक्छ। सहयोगीहरूले समेत साथ दिन छाड्नेछन्।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य समस्याले काममा बाधा पुर्याउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले समस्या उत्पन्न हुनेछ। अध्ययनको कमीले बौद्धिक प्रतिस्पर्धामा खरो उत्रिन नसकिएला। सहपाठीसँग असमझदारी बढ्नेछ। मंगलबारदेखि स्थितिमा सुधार आउनेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। तापनि ईर्ष्या गर्नेहरूबाट जाेगिएर काम गर्नुहोला। दौडधुप गर्नुपरे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सप्ताहान्तमा पेसा–व्यवसायबाट मनग्य आर्जन हुनेछ। रमाइलो भेटघाटले उत्साह जगाउनेछ। दिगो काम सुरु हुनेछ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नैसँग असमझदारी बढ्नाले आँटेको काम रोकिन सक्छ। साझेदारीमा विवाद हुनेछ भने अवसरवादीहरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पढाइलेखाइमा ध्यान केन्द्रित नहुन सक्छ। परिस्थितिवश कमजोर व्यक्तिहरू अघि आउनेछन् भने कामबाट फाइदा लिन समय लाग्लेछ। तापनि साताको पछिल्लो समयमा स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीहरू सम्झौता गर्न आउनेछन्। प्रियजनको साथ जुट्नेछ भने दिगो फाइदा हुने काम गर्न सफल भइनेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ हुनेछ। व्यापारले फाइदा दिनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सुरुमा हिम्मतले अवसर दिलाउन सक्छ। अप्ठ्यारो परिस्थितिमा सहयोगीहरूले साथ दिनेछन् भने परिश्रमको नतिजा राम्रै आउनेछ। मंगलबारदेखि आफ्नैबाट धोका हुनाले काममा पछि परिनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउलान्। घर–जग्गा विवादले समस्या निम्त्याउन सक्छ। मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा बिनाकारण साथीभाइ टाढिन सक्छन्। सप्ताहान्तमा अध्ययनतर्फ प्रगति हुनेछ। कामले नाम र दाम पनि दिलाउनेछ। खानपानमा भने सजग रहनुहोला।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। सानो कमजोरीले आत्मसम्मानमा ठेस पुर्याउन सक्छ। व्यावहारिक अलमलले अध्ययनमा बाधा पुग्नेछ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दु:ख पाइनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। आलोचकहरूले आफ्ना कमजोरी सुधार्ने अवसर प्रदान गर्नेछन्। अवसर पाइनेछ तर अरूको भरपर्दा लक्ष्यमा पुग्न समय लाग्नेछ।
आज शुक्रबारः तपाईँको आजको राशिफल हेर्नुहोस्
आजको राशिफल
मेष
महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।
वृष
घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।
मिथुन
आजको यात्रा लाभदायक रहनेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसँगको सम्बन्ध सुमधुर रहनेछ ।
कर्कट
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ ।
सिंह
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
कन्या
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।
तुला
आज आँको काम पुरा हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।
वृश्चिक
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।
धनु
लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।
मकर
लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कुम्भ
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।
शुभकार्यको चर्चा चल्नेछ ।
मीन
महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।