काठमाण्डाै – कोशी, बाग्मती, महाकालीसहित देशका धेरै नदी तथा खोलामा बाढीको जोखिम बढेको छ । जलसतह बढेपछि यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बाँके, बर्दिया र कैलाली भइ बग्ने साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ ।
ओखलढुङ्गामा जलसतहले सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेकाले दुधकोशी र सुनकोशी दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ । उदयपुर, सिन्धुली र धनुषाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा ठाउँहरुमा पनि आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक बन्द भएको छ । हेलम्बु–४ को सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएकोे छ ।
कक्षाकोठा पनि जोखिममा परेका हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयो । सरस्वती माध्यमिक विद्यालयमा आज पठनपाठन नहुने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिनुभयो ।
९० वर्षको उमेरमा कक्षा १ मा भर्ना भए प्रेमबहादुर
तुलसीपुर । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर-१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।
उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका छन् । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका छन् । उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन् ।
‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्’, उनले भने, ‘बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।’
घरमा पनि उनी नातिहरूसँग बस्दै आएका छन् । उनकी श्रीमतीको २०३२ सालमा निधन भयो । त्यसपछि उनी एकल रूपमा घरमा बस्दै आएका थिए । उनको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन् ।
नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ । उनले आफू बाँच्दासम्म पढिरहने बताए । ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो’, उनले भने, ‘जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।’
उनी पढ्नमा पनि त्यति कमजोर छैनन् । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए ।
‘परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ’, उनले भने, ‘त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।’ अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उनले राम्रोसँग पढ्न सकेको बताए ।
उनीजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्त्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए ।
‘उहाँ सुरुमा आउँदा अचम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ’, उनले भने, ‘अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।’
विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए । उनी विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोसाक लगाउनुपर्ने भएकाले विद्यालय पोसाक पनि किनिदिने योजना बनाएको बताए ।
क्यानडाका प्रधानमन्त्री ट्रुडो ४९ बर्षमा तेस्रो पटक पनि निर्वाचित उहाँ यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुदै आउनु भएको थियो ।
ओट्टावा , असोज ५ गते ।
क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । गत सोमबार भएको संसदीय निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । मतगणना जारी रहेकाले अहिले उहाँको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उहाँ र उहाँको पार्टीको जितसँगै उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ ।
निर्वाचनमा उहाँको दल र उहाँ फेरि विजयी हुने पुर्वानुमानअनुसार नै उहाँ विजयी हुनुभएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।उहाँ यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुदै आउनु भएको थियो । त्यसपछि उहाँले पछिल्लो ६ बर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जित्नु भएको हो ।
अहिले ४९ बर्ष हुनुभएका टु«ुडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित हुनु भएको राज्यद्धारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ । सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए ।
प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिनुभएको छ ।
अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उहाँको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।
रमेश बम, बौनिया (कैलाली)।
कैलालीको बर्दगोरिया गाउँपालिकामा लागु औषध विरुद्ध प्रहरीले सचेतनामुकल कार्यक्रम थालेको छ । विशेष गरी पछिल्लो समय बढ्दो लागु औषध दुर्व्यसनी तथा दुरुपयोग र ओसारपसार रोकथाम र नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय सडकपुर बौनियाले सचेतनामुलक कार्यक्रम थालेको हो ।
लागू औषध नियन्त्रणका लागि प्रहरीले यहाँका सरोकारवाला निकाय तथा स्थानीयसंग परामर्श र साझेदारीलगाएतका कार्यक्रम गर्दै आएको कार्यालयका प्रहरी सहायक निरीक्षक नमराज भट्टले बताउनुभयो । यसैक्रमा मंगलबार इलाका प्रहरी कार्यालय बौनिया परिसरमा स्थानीयसंघ लागू औषध दुर्व्यसनी नियन्त्रण, यसबाट शारीरिक तथा मानसिक असरका साथै कानुनी कारबाही बारे सचेतिकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक भट्टले पछिल्लो समय युवापुस्ता बढी लागू औषध सेवन, यसको ओसारपसारमा सक्रिय बनेको बताउदै यसप्रति सवै सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले लागू औषध दुर्व्यसनी रोक्न र यसको ओसारपसार नियन्त्रण गर्न प्रहरी बढी सक्रिय बनेको बताउदै अभिभावकसमेत जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
लागु औषध दुव्र्यसनमा फसेसँगै आर्थिक जोहो गर्नकै लागि कतिपयले लुटपाट ,चोरीतस्करी जस्ता पेशामासमेत युवापुस्ता समाहित हुने गरेको पाइएको उहाँले बताउनुभयो ।
बाल शिक्षक र विद्यालय कर्मचारीलाई तलब बढाउने जैमिनीको निर्णय, यस्तो छ नयाँ तलवमान
सुजन प्रेमी
बागलुङ, ५ असोज २०७८ ।
बागलुङको जैमिनी नगरपालिकाले बाल शिक्षक र विद्यालय कर्मचारीको तलव बढाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिकाको बैठकले विद्यालयमा कार्यरत विद्यालय सहयोगी, बालविकास सहजकर्ता र प्रशासन सहायक (लेखापाल) को तलव बढाउने निर्णय गरेको हो ।
यसअघि दिइँदै आएको तलवमानमा थप गरी १५ हजार तलव पुराउने तर ७ हजार स्थानीय पालिकाले थप्नुपर्ने केन्द्र सरकारले बजेट वक्तव्यमा उल्लेख गरेपछि उनिहरुलाई औचित्यको आधारमा तलव बृद्धि गरेको जैमिनी नगरपालिकाले जनाएको छ ।
निर्णय भएपछि अब कक्षा १ देखि ३ र कक्षा १ देखि ५ सम्म भएको. विद्यालयका सहयोगीको तलव १० हजार रुपैयाँ भएको छ भने कक्षा १ देखि ८ सम्म, कक्षा १ देखि १० सम्म, कक्षा र कक्षा १ देखि १२ सम्म सञ्चालन भएको विद्यालयका सहयोगीको तलव १३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको जैमिनी नगरपालिकाका शिक्षा उप सचिव खेम प्रुाद आचार्यले जानकारी दिनुभयो । अब बालबिकास सहजकर्ताले १५ हजार र विद्यालय सहायक (लेखापाल) ले १८ हजार ५ सय रुपैयाँ तलव पाउनेछन् ।
सोमबार मात्रै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेललाई शिक्षकहरुले सरकारले तोके अनुसार औचित्यका आधारमा तलव पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका थिए ।
सिवाईसी सहकारीको १२ औ साधारणसभा सुरु, २३ वटै सेवाकेन्द्रमा विस्तारित मञ्च सञ्चालन
बागलुङ, ४ असोज २०७८ ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १२ ओैं साधारण सभाको अबसरमा आइतवारबाट सेवा केन्द्र स्तरीय विस्तारित मञ्च तथा साधारणसभा शुभारम्भ भएको छ । साविक धौलागिरि अन्चलमा सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीको बागलुङ,म्याग्दी र पर्वतका २३ वटा सेवा केन्द्रमा एकै पटक विस्तारित मञ्च तथा साधारणसभा शुभारम्भ भएको हो ।
सिवाइसीका २३ वटै सेवा केन्द्र मार्फत छुट्टाछुट्टै विस्तारित मञ्चका कार्यक्रमहरु आयोजना गरी सदस्यहरुको राय तथा सुझाव संकलन सहित प्रतिनिधिमुलक निर्णय सभा यही असोज ९ गते बागलुङ बजारमा गरिने छ । विस्तारित मञ्च शुभारम्भको अवसरमा सदस्यहरुलाई सस्थाका सचिव जयराम भारीको प्रगती प्रतिवेदन एवं प्रस्तावित निति तथा कार्यक्रम र कोषाध्यक्ष सितादेवी कडेल सापकोटाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
सस्थाले आर्थिक वर्ष २०७८ असार मसान्त सम्म १८ हजार ४ सय ६५ शेयर सदस्य,३२ करोड ५४ लाख ५० हजार शेयर पुँजी तथा कुल सम्पत्ति १ अर्व ९५ करोड ,७४ लाख पु¥याएको विस्तारित मञ्चमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीले चालु आव २०७८÷०७९ मा कूल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पु¥याउने लक्ष्य राखेको छ ।
चालु वर्षसम्ममा ३० वटा विभिन्न प्रकृतिका सहकारीहरु एकीकरण गरिसकेको सहकारीले बागलुङ, पर्वत र म्याग्दीबाट २३ वटा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएकोमा थप १३ वटा सेवा केन्द्र तथा स्याटेलाइट कार्यालय वृद्धि गरी विकेन्द्रित सेवा प्रवाह गर्ने र काश्की जिल्लामा समेत कार्यक्षेत्र विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सहकारीले कृषक, न्यून आय भएका, रोजगारी गुमाएका सदस्य तथा बागलुङमा सक्रिय सञ्चारकर्मीहरुलाई लक्षित गरी नीति तथा कार्यक्रममा समेटेको छ ।
सहकारीका सदस्यले आफु सदस्य रहेको सेवा केन्द्रमा आगामी ७ गते सम्म उपस्थित भई सुझाव सल्लाह दिने व्यवस्था गरिएको सहकारीका केन्द्रीय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिनु भयो ।
सो अवसरमा सवै सेवा केन्द्रमा उत्कृष्ट सदस्य, असल उद्यमी , असल बचतकर्ता र असल बालबचतकर्ता लाई सम्मान गरिएको थियो । सो अवसमार ८० बर्ष नाघेका जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षणकालागी नगद ५ हजार सहित सम्मान गरिएको छ ।
संस्थाले जेष्ठ नागरिक पेन्सन, जेष्ठ नागरिकलाई औषधि उपचारको लागि शुल्क, सुत्केरी पोषण सुविधा, आफन्त गुमाएका परिवारमा मृत्यु राहत, नव दुलही स्वागत लगायतका समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको छ । एटिएम, मोबाइल बैंकिङ, क्युआर कोड, मिष्डकल बैकिङ लगायतका डिजिटल प्रविधिहरुमार्फत सदस्यलाई स्थानीय स्तरमै सेवा दिंदै आएको संस्थाले आगामी आ.व. मा सुरक्षित संस्था निर्माण गर्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै जाने सहकारीले जनाएको छ ।
गाउँगाउँमा सेतो पुतलीकाे बिगबिगी, ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’ ले सर्वसाधारण हैरान
म्याग्दी, ४ असोज २०७८ ।
म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् ।
जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ । सेतो पुतलीबाट विशेषगरी विद्यार्थी र युवायुवती बढी प्रभावित भएका चिकित्सकले बताएका छन् ।
गत भदौ पहिलो सातादेखि सुरुआतभएको समस्याबाट जिल्लाका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । गत भदौको दोस्रो साता झुस आँखामा परेर समस्या भएपछि उपचारका लागि बेनी अस्पताल पुगेका युवा पुनलाई तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल पठाइएको थियो । पुनको आँखाको रेटिना पूरै बिग्रिसकेकाले ज्योति गुमेको बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुङ्गानाले जानकारी दिनुभयो ।
चिकित्सकीय भाषामा सेतो पुतलीको झुसबाट आँखाको ज्योतिमा पर्ने नकारात्मक असरलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नामकरण गरिएको छ । ग्रामीण भेगमासमेत सापुका बिरामी बढेका स्थानीयले बताएका छन् । जिल्लाका बेनी नगरपालिकासहित मालिका, मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा आँखाका बिरामी बढेका र यसो हुनुका कारण सेतो पुतलीको झुस नै रहेको आँखा उपचार शाखाका दिनेश बानियाँले बताउनुभयो ।
चिकित्सकका अनुसार सापुका लक्षणमा सुरुमा आँखा रातो हुने, चिप्रा नलाग्ने तथा उज्यालोमा हेर्न नकिदैन । साथै आँखाको दृष्टिमा कमी तथा नानी सेतो हुँदै जाने र पीप जम्छ । “यसको उपचार भनेकै जतिसक्दो छिटो पीप निकाल्नु हो”, हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले भन्नुभयो, “४८ घण्टाभित्र उपचार भए निको हुन सक्छ ।”
झुस आँखामा परेपछि समस्या भई आँखा उपचार केन्द्रमा उपचारका लागि आउने बढेका आँखा उपचार केन्द्रकी नेत्र सहायक ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार झुसले भदौ दोस्रो सातापछि कम्तीमा १२ सङ्क्रमित उपचारका लागि केन्द्रमा आएका छन् । उनीहरूमध्ये बेनी अस्पतालबाट चार, नेत्रज्याति सङ्घ आँखा उपचार केन्द्रबाट चार गरी आठ जनालाई पोखरा पठाइएको थियो अन्यको बेनीमै उपचार भइरहेको छ ।
आँखाको नानीमा पुतलीको धेरै झुस गाडिएका कारण आँखा सुक्खा हुने भएकाले उपचारमा समस्या हुने गरेको र त्यस्ता बिरामीलाई पोखरा पठाइएका सङ्घ आँखा उपचार केन्द्रका नेत्र अधिकृत दिनेश बानियाँले बताउनुभयो ।
बागलुङ, पर्वत र कास्कीमासमेत सेतो पुतली बढ्दै गएको पाइएको छ । साँझ बत्ती बाल्ने समयमा देखापर्ने पुतलीको बाक्लो झुण्ड बिहान उज्यालो भएसँगै हराउने गरेको सर्वसाधारण बताउँछन् ।
सेतो पुतलीको प्रजननको याम पनि भएका कारण यो समयमा अघिल्ला वर्षभन्दा बढी मात्रामा पुतली देखिएका छन् भने बिरामीको सङ्ख्या पनि उत्तिकै बढेको मेडिकल डाइरेक्टर डा श्रेष्ठले जानकारी दिनुभयो ।
कसरी हुन्छ सङ्क्रमण
चिकित्सकका अनुसार सेतो पुतली छोएर वा अन्य माध्यमबाट यसको रौँ आँखासम्म पुगेमा सापुको सङ्क्रमण फैलिन सक्छ । सङ्क्रमण भएमा आँखा दुख्ने, रातो हुने तर चिप्रा नआउने, आँखाको नानी सेतो हुँदै जाने, आँखा सुख्खा हुने जस्ता लक्षण देखिन्छन् । उपचारमा ढिलाइ भए क्रमशः आँखा कम देख्दै दृष्टि नै पूर्णरूपमा गुम्नसक्ने बताइएको छ ।
बेनी आँखा उपचार केन्द्रका चिकित्सक बानियाँका अनुसार प्रायः एउटा आँखामा मात्रै देखिने यो रोगले धेरै छिटो असर गर्ने गर्छ । यो रोगले जुनसुकै उमेर समूहका मानिसलाई सताए पनि बालबालिकालाई बढी आक्रमण गरेको पाइन्छ ।
झुसबाट बच्नका लागि भरसक सेतो पुतली भएको ठाउँमा नजान, जानै परे चस्मा लगाउन र आफू बसेको ठाउँमा पुतली आए सजग हुन र हात वा शरीरका अन्य भागमा पुतली बसेमा वा छोइएमा साबुन पानीले हात धुन चिकित्सकको सुझाव छ । यसैगरी सुत्ने बेलामा घरका झ्याल ढोका बन्द राख्ने, झुल प्रयोग गर्ने र बच्चालाई सुरक्षित राख्न सक्ने हो भने झुस समस्याबाट बच्न सकिने जनाइएको छन् ।
सिवाईसी साकोस जैमिनी सेवाकेन्द्रको १२ औं साधारणसभा सुरु, सेवाकेन्द्रका सदस्यहरु सम्मानित
सुजन प्रेमी
बागलुङ, ३ असोज २०७८ ।
सिवाईसी साकोस जैमिनी सेवाकेन्द्रको १२ औं साधारणसभा सुरु भएको छ । बागलुङ जिल्लाको अग्रणी सहकारीको रुपमा स्थापित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जैमिनी सेवाकेन्द्रको सेवाकेन्द्र स्तरीय विस्तारित मञ्च तथा साधारणसभा सुरु भएको हो ।
कोरोना जोखिमका कारण आइतबारदेखि असोज ७ गतेसम्म विस्तरित मञ्च सञ्चालन गरी शेयर सदस्यहरुलाई साधारणसभामा सहभागी गराउने उद्देश्यले प्रतिनिधिमूलक साधारणसभा आयोजना गरिएको सिवाईसी साकोस जैमिनी सेवाकेन्द्रका संयोजक कृष्ण प्रसाद रिजालले जानकारी दिनुभयो ।
जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले कार्यक्रमको उद्घाटन गर्दै गरिवी निवारणमा सहकारीले महत्वपूर्ण भूमिका खोलेको भन्दै प्रशंसा गर्नुभयो । वित्तिय साक्षरता देखि लखु उद्यम बिकासको कार्यक्रममा नगरपालिकाले पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले सिवाईसी सहकारीले हरेक सदस्यको मर्म बुझेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सिवार्ईसी साकोसका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले हरेक शेयर सदस्यको चाहना अनुसार चलेकाले सिवाईसी सहकारी अरुभन्दा उत्कृष्ठ हुन सफल भएको धारणा राख्नुभयो । सिवाईसीले सँधै ग्राहकमूखि योजना बनाएर अघि बढ्ने भन्दै उहाँले राज्यको दायित्व पुरा गर्नका लागि पनि सिवाईसीले सघाएको बताउनुभयो ।
कार्यक्रममा असल बचतकर्ता, असल ऋणी तथा जेष्ठ नागरिक लगाएतलाई सम्मान गरिएको छ । असल बचतकर्ता थुमा देवी क्षेत्री, असल बाल बचतकर्ता अंश श्रीस र असल उद्यमी एलु थापालाई सम्मान गरिएको सिवाईसी साकोस जैमिनी सेवाकेन्द्रका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।
यस्तै ज्येष्ठ नागरिक नारायणदत्त पौडेललाई नगद ५ हजार रुपैयाँ सहित सम्मान गरिएको छ भने गंगा बहादुर छन्त्याल ,माया थापा, गिता देवि दलाली र प्रेम बहादुर बोहाराले असल ऋणीको परिचयपत्र प्राप्त गर्नुभएको छ । जेष्ठ नागरिकलाई पेन्सन सुविधा दिने गरेको सिवाईसी सहकारीले कार्यक्रमको अवसरमा शेयर सदस्य जगन्नाथ शर्मा पौडेललाई भदौ महिनाको पेन्सन बापतको रकम सहित पेन्सन पट्टा हस्तान्तरण गरिएको छ । असल ऋणीको परिचय प्राप्त गर्नेहरुलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराइनुका साथै बिना धितो अन्यलाई भन्दा बढी ऋण प्रवाह गर्न सकिने सिवाईसी साकोसका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले बताउनुभयो ।
सिवाइसीका २३ वटै सेवा केन्द्र मार्फत छुट्टाछुट्टै विस्तारित मञ्चका कार्यक्रमहरु आयोजना गरी सदस्यहरुको राय तथा सुझाव संकलन सहित प्रतिनिधिमुलक निर्णय सभा यही असोज ९ गते बागलुङ बजारमा गरिने छ ।
संस्थामा अहिले २ अर्व भन्दा बढी सम्पति रहेको छ भने करिव २० हजार शेयर सदस्यहरु रहेका छन् । जैमिनी सेवाकेन्द्र कुश्मिसेरामा मात्रै १ हजार १ सय भन्दा बढी शेयर सदस्यहरु रहेका छन् ।
बिनामारेको एक कृषि तथा पशुपंक्षी फार्मको प्रारम्भिक साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल
बागलुङ, ३ असोज २०७८ ।
बिनामारेको एक कृषि तथा पशुपंक्षी फार्मको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । शनिबार बागलुङको जैमिनी नगरपालिका ५ बिनामारे स्थित श्री कृष्ण गण्डकी कृषि तथा पशुपंक्षी फार्मको प्रारम्भिक साधारणसभा सम्पन्न भएको हो ।
जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलको उपस्थितिमा भएको साधारण सभामा कृषकहरुले दुध ढुवानी र विक्रिका लागि नगरपालिकाले सहजिकरण गरिदिनुपर्ने माग गरेका छन् ।
जैमिनीलाई दुध, मासु र अण्डामा आत्मनिर्भर बनाउन लागि परेको भन्दै कृषकहरुले नगरपालिकाका बिभिन्न ठाउँमा उत्पादन भएका दुध भण्डारणको लागि कम्तिमा २ हजार लिटरको चिलिमभ्याटको व्यवस्था गरिदिनु नगरपालिकालाई आग्रह गरेका छन् ।
प्ररम्भिक साधारणसभाले दिपक पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमा भवानी पाण्डे उपाध्यक्ष, टङ्कनाथ शर्मा सचिव, बिष्णु शर्मा सहसचिव र उमा शर्मा चालिसे कोषाध्यक्ष रहनुभएको छ ।
यस्तै सदस्यहरुमा तेजेन्द्र केसी, नारायण शर्मा, सोमनाथ शर्मा, शिवहरी पाध्या, कृष्ण बहादुर हमाल, रमा देवि शर्मा, कुमारी रोका क्षेत्री र
भवानी प्रसाद शर्मा रहनुभएको छ ।
यता बिक्रम पौडेल संयोजक रहनुभएको ३ सदस्यीय लेखा समिति र तीन सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । लेखा समितिका सदस्यहरुमा गोबिन्द पौडेल र राम पौडेल रहनुभएको छ भने सल्लाहकार समितिमा टङ्क केसी, जैमिनी नगरपालिकाका पशु शाखा अधिकृत द्वय कृष्ण ढकाल र नेत्र आचार्य रहनुभएको छ ।
भरतमणि बने ‘कमेडी च्याम्पियन ‘सिजन २’ को विजेता, विक्की र सन्ताेषले दर्शककाे मन जिते
काठमाण्डौ, ३ असाेज २०७८ ।
भरतमणि पौडेल कमेडी च्याम्पियन ‘सिजन २’ को विजेता बन्नुभएकाे छ । शनिवार राति भएको ग्रान्ड फिनालेमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरत विजेता बन्नुभएकाे हाे ।
विजेता बन्नुभएका भरतले उपाधिसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार जित्नुभएकाे छ । त्यस्तै विक्की अग्रवाल दोस्रो र सन्तोष थापा हुनुभएकाे छ ।
कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’ बाट प्रसारण हुँदै आएको कार्यक्रमकाे निर्णायकमा हास्य कलाकारहरू सन्तोष पन्त र मनोज गजुरेल, चलचित्र निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा हुनुहुन्थ्याे ।
पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि चर्चामा आउनुभएका भरतले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर चौतर्फी प्रशंसा पाउनुभएकाे थियाे । पछिल्लाे समयमा विक्की र सन्ताेषकाे प्रस्तुति पनि अधिक रूचाइएकाे थियाे ।
कमेडी च्याम्पिनको पहिलाे सिजनमा धादिङका हिमेश पन्त विजेता बन्नुभएकाे थियाे ।