बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीपुरमा यसवर्ष पनि गुरही पर्वको अवसरमा सांस्कृतिक कार्यक्रमको हुने भएको छ । वडा नम्बर ६ मा रहेको जनजागरण युवा क्लबले हरेक वर्ष जस्तै यो वर्षपनि गुरही असरैना कार्यक्रमको आयोजना गर्न लागेको हो ।कार्यक्रमको एक भव्य समारोहकाबीच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवँरले उटघाटन गर्ने कार्यक्रम रहेका छ ।
थारु भाषा कला,सस्कृति हमार पिहचान ,यकर संरक्षण कर्ना हमार साझा अभियान “ भन्ने नाराका साथ गुरही असरैना कार्यक्रम यही श्रावण २५ गते दिउँसो ३ बजेदेखि संचालन हुने आयोजकले जानकारी दिएको छ ।
विगत २१ सय वर्षदेखि मनउदै आएको गुरही असरैना कार्यक्रममा यसपटक स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सहभागीता रहनेछ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय थारु कलाकारका साथै टिकटक स्तरको पनि प्रस्तुती रहने आयोजक जनजागरण युवा क्लवले जानकारी दिएको छ ।
कार्यक्रमको माध्यमबाट थारु समाजमा हराउदै गईरहेको परमपरागत चलनहरुको पुनः स्थापित गराउन यस्तो कार्यक्रमको आवश्यकता रहेको क्लवले औल्याएको छ । यसरी समाजमा रहेको पौराणीक चलनले नै सभ्य समाज निर्माण हुनु र पहिचान जर्गेना गर्न सकिने समाजका जानकारहरुले बताएका छन ।
बर्दगोरिया ६ न वडामा थारु रितिरिवाज अनुसार गुरही असरैना (सेलाउने) चलनको प्रचार प्रसार र पृथ्वीपुर नमुना गाउँ बनाउने उदेश्यले गुरही असरैना कार्यक्रमको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक सागर चौधरीले जानकारी दिएका छन ।
गुरही असरैना कार्यक्रम परापुर्बकाल देखिनै मानउने प्रचान छ । आजभोली संस्कृति संरक्षण गर्ने र प्रचारप्रसार हुने भएकोले सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाउने युवा पुस्ता वढी उत्साहित देखिन्छन ।
विशेष त यो पर्व थारु समुदायको पहिलो तिहुवारको रुपमा मान्ने गरिन्छ । गुरही पर्व थारु समाजले मनाउने भए पनि नाग पंचमी भने सवै नेपालीहरुले मनाउने गर्दछन । कैलालीका विभिन्न क्षेत्रका साथै आसपासका गाउँ टोल तथा अन्य गाउँपालिका बाट समेत गुरही असरैना कार्यक्रममा सहभागीका हुने आयोजको विश्वास रहेको छ ।
गुरही असरैना कार्यक्रममा थारु समुदायका परिकार र कला संस्कृति र मौलिकता झल्काउने भेषभुसा,सांस्कृतिक झाकीसहितको प्रदर्शन गरिने सास्कृतिक संयोजक सागर चौधरीले बताएका छन । कुनै पनि जाती तथा समाजको पहिचान भनेको नै कला संस्कृति रहेकोले कला,संकृतिको प्रबर्द्धन गर्नु सवैको दायित्व भएको उनले बताए ।
गुरही असरैना कार्यक्रममा थारु माहालोक गायक मनिराम करिय मगरिया , खुशीराम रात्गैया ,चन्द्र भुसन कठरिया, प्रेम चौधरी ,पिल्तुङ चत्ला, राज बन्धु , राजु चौधरी, धना चौधरी , माेडेल बिबस जिएच ,माेडेल लक्ष्मी चौधरी , मोडेल नानु कुइन( अनु )लगाएत कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।