बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले सडक सुधारको कामलाई पुनः अगाडि बढाएको छ । विकास र समृद्धिको मार्गचित्रलाई अनुसरण गर्दै अगाडि बढेको पालिकाले ६ वटै वडामा रहेका सडकबाटाहरु पुनः मर्मत सुधार र स्तरोन्तिको कामलाई अगाडि बढाएको हो ।
लामो समयदेखि सडक मर्मत नहुदा आवातजावतमा हुने समस्यालाई मध्यनजर गरि सडक सुधारको काम अगाडी बढाइएको पालिकाले जनाएको छ । विशेषगरी ठेक्का प्रक्रियामार्फत सडक सुधारको काम गर्दा बर्सेनि लाखौ रकम खर्च हुने र काम प्रभावकारी नहुने हुँदा पालिका आफैले सडक सुधार ,सडक मर्मत र सडक स्तोरन्न्तीको काम अगाडि बढाएको हो । आफ्नै जनशक्ति र आफ्नै स्रोत साधनबाट पालिकाले गतवर्ष देखि नै पालिकामा कच्ची सडक स्तोरन्न्ती गर्दै आएको छ ।जसअन्तर्गत पालिकाको वडा नम्बर २ बौनिय गाउँदेखि ५ नम्बर जोड्ने झन्डै दुई किलोमीटर सडकबाटलाई पानी पिचको कार्य थालिएको छ । शुक्रबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले यसको उद्घाटन गरेका छ्न । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक, वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी ,वडा नम्बर २ का निवर्तमान वडा अध्यक्ष भेखु चौधरी लगायतको उपस्थिति थियो ।अध्यक्ष कुवरकाअनुसार अब मुख्य सडकका खाल्डाखुल्डी पुर्ने, ग्राभेल गरिएका सडकको मर्मतसहित पानीपिच गर्ने, र ग्राभेल गर्न बाकी सडकमा ग्राभेल बिछ्याउने काम हुनेछ । खासगरी वर्षातमा हुने समस्यालाई मध्यनजर गरि यो कार्य अगाडि बढाउन लागिएको हो । असार मसान्त अगावै सक्नेगरी गुणस्तरीय र प्रभावकारी तवरले काम गर्ने जनाइएको छ ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ सन्तोषि टोलमा रहेको श्री बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बिहीवार संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर रहनुभएको थियो भने विशिस्ट अथितिमा पालिका उपाध्यक्ष गणेश राज गिरि(लालदीप) रहनुभएको थियो ।साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकाभित्र रहेका सबै सहकारी संस्थाको वृद्धि विकासका लागि आफुले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । पालिका अध्यक्ष कुवरले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताए । उनले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउदै सहकारीले स्थानीय स्तरमा आर्थिक उन्नति र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको बताए । कार्यक्रमका विशिस्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरिले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको बताउदै उनले स्थानीय स्तरमा आफुले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका वक्ताहरुले संस्थाको आर्थिक वृद्धि र सेयर सङ्ख्या वृद्धि र कार्यक्षेत्र बिस्तार गरि पुजि बढाउनतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा बेस नेपाल संस्थाकी अध्यक्ष बालकुमारी सुनारने सहकारी संस्थाहरुले महिला दिदिबहिनीहरुको जिविको पार्जनका क्षेत्रमा समेत लगानी गरि उनीहरुलाई आर्थिक हिसाबले शसक्त पार्ने बाटोमा समेत ध्यान दिन आवश्यक रहेको बताइन ।कार्यक्रममा समग्र बर्दगोरिया गाउँपालिकाको विकास र समृद्धिमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सहकारी संस्थाकाले पालिका अध्यक्ष कर्ण बहादुर कुवर र उपाध्यक्ष गणेश राज गिरिलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।कार्यक्रममा संस्थाका कोषाध्यक्ष ध्वज बहादुर सुनारले प्रबन्धक बाबुराम पाण्डेलाई आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण पेस गरेका थिए भने व्यवस्थापक बाबुराम पाण्डेले आयव्यय प्रस्तुत गरेका थिए । यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थिले आर्थिक वर्ष २०८१/२०८२ को लागि कुल ६० लाख १३ हजार बराबरको अनुमानित आयव्यअ सार्वजनिक गरेका थिए । कार्यक्रममा संस्थाबाट ऋण लागि नियमित किस्ता तिर्ने जोगिलाल कठरियासहित नियमित बचत गर्ने सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।
बर्दगोरिया महोत्सवको अवधि दुईदिन थपियो,भोलि गायक पुस्कल शर्मा र अनु चौधरी आउने
बर्दगोरिया । कैलालीको बौनियामा जारी सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’२०८१ को समय दुईदिन थप गरिएको छ । कृषि, व्यापार, संस्कृति र विकास, निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने नाराका साथ यही पौष ९ गतेदेखि बौनियामा जारी महोत्सवको समय दुईदिन थप गरिएको हो ।आयोजक बौनिया बजार व्यवस्थापन समितिकाअनुसार पौष १८ गतेसम्म संचालन हुने भनिएको महोत्सव पौष २० गतेसम्मको समय थपिएको हो । महोत्सव अबलोकन गर्ने दर्शकको मागबमोजिम समय थप गरिएको आयोजकले जनाएको छ ।
निर्माणधिन सेती लोकमार्गको निर्माण कार्यलाई तिब्रता दिन दबाब स्वरुप सातौ स्करणको सेती लोकमार्ग पहिचान महोत्सव २०८१ को पौष ९ गते सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका थिए ।
आयोजकका अनुसार पौष १८ गते चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा, गायिका अनु चौधरी र मोडेल रितु चौधरीको मुख्य प्रस्तुती रहने छ । महोत्सवले कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय वृद्धि गर्नुका साथै निर्माणाधीन अवस्थाको राष्ट्रिय गौरवको आयोजनाको कामलाई तीव्रता दिन समेत महोत्सवले दबाब पुग्ने छ भने स्थानीय पर्यटकीय क्षेत्रको पहिचान समेत हुने अपेक्षा गरिएको छ ।
सेती लोकमार्ग भारत, नेपाल र चिन त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्त्वको सडक हो । यो सडक निर्माणाधीन चरणमा भएपनि निर्माणको कामले भने गति लिन सकेको छैन । यस्तै पहिचान र प्रचारप्रसारको प्रखाइमा रहेका पर्यटन र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेका बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्रको वृद्धि विकासमा समेत महोत्सवले टेवा पुर्याउने दाबी गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा रन्जित चौधरी ,अन्यमा को?
बर्दगोरिया । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा रामकृष्ण डगौरा थारु (रन्जित ) निर्वाचित भएका छ्न । कमिटीको आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन ।शनिबारदेखि बर्दगोरियामा सुरु भएको अधिवेशनले अध्यक्षमा डरौरासहित ४१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा निर्वाचित डगौरा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समेत हुन । जनताको विकास र समृद्धिका लागि पालिकाकै उनी दोस्रो कार्यकाल वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन ।
अधिवेशनबाट उपाध्यक्षमा लाल बहादुर विक “जीतमान” भिखु चौधरी, बाधु चौधरी निवाचित भएका छ्न भने सचिबमा भेषराज जैशी र सह-सचिव सुन्दर गौतम निर्विरोध निर्वाचित बने । यसैगरी कोषाध्यक्षमा चन्द्र लुहारसहित ४१ सदस्यीय नयाँ कमिटी बनेको छ । बाकी मनोनीत सदस्यहरु भने यसपछि छनोट गरिने जनाइएको छ ।
यसअघि सर्वसहमतिबाट नयाँ कमिटी गठनको प्रक्रिया थालिएपनि आकाङ्छिहरुले निर्वाचन बाटै कमिटी गठन गरिनुपर्ने अडान लिएपछि निर्वाचन प्रक्रियामार्फत कमिटी गठन भएको जनाइएको छ ।
बर्दगोरिया २ को मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवनको शिलान्यास
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन निर्माण हुने भएको छ ।
विल्डअन नेपाल, बर्दगोरिया गाउँपालिका र मोति भागिरथी आधारभूत विद्यालयको त्रिपक्षीय साझेदारीमा विद्यालयको तीन कोठे पक्की भवनसहित दुई कोठे पक्की शौचालय बन्ने भएको हो । सो विद्यालयमा निर्माण हुने पक्की भवनको शुक्रबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले शिलान्यास गर्नुभएको छ । विद्यालयको पक्की भवनको शिलान्यास भएसँगै निर्माण कार्य सुरु भएको विद्यालयका प्रधानाध्यापक टेक बहादुर बमले बताउनुभयो । विद्यार्थीहरुको पठनपाठनमा सजिलो होस् भनेर भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । तीन कोठे विद्यालय भवनको शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले शैक्षिक क्षेत्रको विकासका लागि आफू अहोरात्र लागिपरेको बताउनुभयो ।
अध्यक्ष कुवरले शैक्षिक क्षेत्रको पूर्वाधार विकासका लागि आफूले सक्दो पहल गरिरहको भन्दै अब शिक्षाको गुणस्तरमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले गुणस्तरिय शिक्षाको सवालमा आफुले कसैसंग पनि सम्झौता नगर्ने समेत बताउनुभयो । उहाँले सम्झौता बमोजिम पारदर्शिताका साथ समयावधी भित्रै विद्यालयको भवन निर्माण सम्पन्न गर्न विल्ड अन नेपाल धनगढीलाई निर्देशन दिनुभयो ।
विद्यालय भवनको शिलान्यास कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक टेक बहादुर बमले राख्नुभएको थियो भने,कार्यक्रमको सञ्चालन शिक्षक शिवराज गौतमले गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तराम डगौराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष कर्ण बहादुर कुवर रहनुभएको थियो ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष गोविन्द विक,विल्डअन नेपाल धनगढीका फिल्ड कोडिनेटर महेश राना,स्थानीय समाजसेवी,सञ्चारकर्मी, लगायतको सहभागिता रहेको थियो ।
आजको विनिमय दर ; अमेरिकी डलर अहिलेसम्मकै उच्च
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको पनि आज मूल्य बढेको छ। तर, युरो पाउन्ड लगायतका मुद्रा भने सस्तिएका छन्।राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।
यसअघि गएको शुक्रबार (पुस ५ गते) अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा पुगेर केही घटेको थियो।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा थियो। गत साताको बुधबार र बिहीबार पनि अमेरिकी डलरले सबैभन्दा महँगो मूल्यको रेकर्ड बनाएको थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ३२ र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ५७ र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ १९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८४ र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५६ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ७८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६२ पैसा थियो।
काठमाडौ । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव छ। यतिबेला (मंगलबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम साधारणतया बदली छ। त्यसैगरि कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।
साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती र मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
आज बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
बर्दगोरिया । कैलालीको बौनियामा हुन गईरहेको सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’२०८१ को तयारी पूरा भएको छ । कृषि, व्यापार, संस्कृति र विकास, निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने नाराका साथ बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा संचालन हुन लागेको महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । निर्माणधिन सेती लोकमार्गको निर्माण कार्यलाई तिब्रता दिन दबाब स्वरुप सातौ स्करणको सेती लोकमार्ग पहिचान महोत्सव २०८१ को मंगलबार दिउँसो एक बजे सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्ने आयोजक बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज स्वारले जानकारी दिए । उनले महोत्सव उद्घाटनको दिन विभिन्न झाकी,नृत्य तथा सास्कृतिक कार्यक्रम राखिने बताए । पौष १८ गतेसम्म संचालन हुने महोत्सवमा राष्ट्रिय कलाकारतर्फ गायिका ज्योती मगर, गायक राम जि खाण, हेमन्त शर्मा, राजु परियार ,चक्र बम, अर्जुन सापकोटा ,गायिका अनु चौधरी,उद्घोषिका तथा गायिका मन्जु पौडेल, कल्पना कुशुम,शोभा त्रिपाठी,उमा देवि खनाल लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति रहने कलाकार संयोजक दिपक गौतमले बताए । महोत्सव अवलोकनका लागि विद्यार्थीका लागि ७० र अन्य सर्बसाधारणका लागि भने १०० रुपैयाँका दरले टिकट दस्तुर लाग्ने आयोजकले जनाएको छ । महोत्सव अवधीभर करिब ५० हजार दर्शकले अवलोकन गर्ने र महोत्सब अबधिभर करीब १ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सवले कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय वृद्धि गर्नुका साथै निर्माणाधीन अवस्थाको राष्ट्रिय गौरवको आयोजनाको कामलाई तीव्रता दिन समेत महोत्सवले दबाब पुग्ने छ भने स्थानीय पर्यटकीय क्षेत्रको पहिचान समेत हुने अपेक्षा गरिएको छ ।
सेती लोकमार्ग भारत, नेपाल र चिन त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्त्वको सडक हो । यो सडक निर्माणाधीन चरणमा भएपनि निर्माणको कामले भने गति लिन सकेको छैन । यस्तै पहिचान र प्रचारप्रसारको प्रखाइमा रहेका पर्यटन र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेका बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्रको वृद्धि विकासमा समेत महोत्सवले टेवा पुर्याउने दाबी गरिएको छ ।
महोत्सवमा खानाका स्टलहरु, घरेलु उद्योगमा निर्मित विभिन्न सामग्रीहरुका साथै बालबालिकाहरुका लागि रमाइलो मेलाको व्यवस्था पनि गरिने आयोजकले बताएका छन् । यसैगरी महोत्सवलाई थप आकर्षक पार्न महोत्सव स्थलमा थारु गाउँ समेत रहनेछ जहाँ विभिन्न प्रकारका थारु परिकार सङ्गै थारु कलाकारको प्रस्तुति हेर्न पाइनेछ ।
विगत ६ वर्षदेखि निरन्तर आयोजना गर्दै आइरहेको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’ मा यसपटक बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि लगायतका स्टल रहने छन् ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मेला सञ्चालन हुने भएको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्द्धन, कृषि हस्तकला ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन भन्ने मूल नारा सहित संस्कृति प्रवर्द्धन तथा दोश्रो माघी मेला २०८१ सञ्चालन हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँको बृहत प्रचारप्रसार, स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन एवम यस ठाउँको विकास गर्ने मुल उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा वडा नम्बर ६ सुगरखाल स्थित रामजानकी भक्तिनिया अस्थान मन्दिर परिसरमा रहेको खेल मैदानमा गत वर्ष देखि मेला सञ्चालन हुँदै आएको छ ।
यस वर्षको माघी मेला माघ १ गते देखि सुरु भई माघ ५ गते सम्म सञ्चालन हुने जनाईएको छ । मेलामा विभिन्न सांस्कृतिक झाँकी, नाचगान तथा थारु गाउँ लगायत विभिन्न कलाकारहरुको प्रस्तुति मुख्य आकर्षणको रूपमा रहने आयोजक संस्कृति प्रवर्द्धन तथा माघी मेला व्यवस्थापन समितिका अध्यक्ष कलम बहादुर डगौराले बताउनु भयो ।
मेलामा व्यापार व्यवसाय गर्न इच्छुक व्यापारीहरूको लागि पुस १५ गते बाट स्टल बुकिङ खुल्ला गरिने पनि आयोजकले बताएको छ ।
विद्यालय स्तरीय फुटबल प्रतियोगिता : छात्रतर्फ बर्गिस टीकापुर र छात्रातर्फ कर्णाली मावि उपाधी उचाल्न सफल
बर्दगोरिया । कैलालीको बर्दगोरियामा प्रथम विद्यालय स्तरीय जिल्ला व्यापी छात्रा/छात्र फुटबल प्रतियोगिता २०८१ समापन भएको छ । प्रतियोगितामा छात्रतर्फ बर्गिस टीकापुर उपाधी उचाल्न सफल भएको छ । मंगलबार भएको फाइनल खेलमा खड्ग मेरोरिय (बर्गिस) टीकापुरले राष्ट्रिय मावि देउकलियालाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधी चुम्न सफल भएको छ । उपाधी संगै नगद ५१ हजार ट्रफी र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको राष्ट्रिय मावि देउकलियाले नगद ३१ हजार सहित ट्रफी संगै प्रमाणपत्र हात पारेको छ ।
यसैगरि छाततर्फ कर्णाली मावि उपाधी उचाल्न सफल भएको छ । कर्णाली मावि टीकापुरले माउन्ट सैपाल टीकापुरलाई ट्राईबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । उपाधी संगै कर्णाली माविले नगद ५१ ह्जार ,ट्रफि संगै प्रामणपत्र पाउँदा उपाधी बाट बन्चित भएको माउन्ट सैपाल बिधालयले नगद ३१ ह्जार ट्रफि संगै प्रमाणपत्रमा चित्त बुझाएको छ ।
बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि विशिस्ट अतिथी रहनु भएको थियो ।
प्रतियोगिता समापन गर्दै पालिका अध्यक्ष कुँवरले भने प्रतियोगिताले विद्यार्थीको खेल प्रतिको रुचि बढाउनुका साथै स्वस्थ रहन महत्त्वपूर्ण भुमिका खेलेको छ । प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै पालिका बाट हुने सहयोग गर्ने बताए । उनले भने खेल हो हार जित हुन्छ त्यसमा आतिनु हुदैन आज हार भए भोलि जित हुन्छ त्यसैले खेल क्षेत्रलाई नछोड्न अनुरोध गरे ।
प्रतियोगितामा छात्रतर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी राष्ट्रिय मावि का चेतन शाही बन्न सफल भए । उनले नगद ५५ सय प्राप्त गरेका छन भने सर्बाधिक गोलकर्ता पनि चेतन शाहीनै बन्न सफल भए । उनले नगद ३१ सय प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक मोरल नेप्लिजका सुरेन्द्र भाट बन्न सफल भए उनले नगद ३१ सय प्राप्त गरेका छन ।
यसैगरि प्रतियोगिताको उदयमान खेलाडी राष्ट्रिय मावि का बिकेश सहकारी बन्न सफल भए । उनले नगद ३१ सय संगै ट्रफी हात पारे । यसै गरि उत्कृष्ट डिफेन्डर बर्गिसका नितेश रावल बन्न सफल भए । उनले नगद ३१ सय संगै ट्रफी हात पारे । यसै गरि उत्कृष्ट प्रशिक्षक बर्गिसका हेमराज क्षेत्री भए उनले पनि नगद ३१ सय प्राप्त गरे । यसै गरि छात्र तर्फ राष्ट्रिय मा वि का ग्रीस जाग्री उत्कृष्ट मिड फिल्डर बन्न सफल भए । उनले नगद ३१ सय हात पारे ।
प्रतियोगितामा छात्रातर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी माउन्ट सैपालकी उषा शाही बन्न सफल भईन । उनले नगद ५५ सय प्राप्त गरेकि छन भने सर्बाधिक गोल कर्ता उषा शाही नै बन्न सफल भईन । उनले नगद ३१ सय प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक कर्णाली मा वि कि श्रीषा चौधरी बन्न सफल भइन उनले नगद ३१ सय प्राप्त गरेकि छन ।
प्रतियोगिताको उदयमान खेलाडी कृष्ण मावि कि गिता बुढा बन्न सफल भईन । उनले नगद ३१ सय संगै ट्रफी हात पारिन । यसै गरि कृष्ण मा वि कि शान्ति बि क उत्कृष्ट डिफेन्डर बन्न सफल भईन । उनले नगद ३१ सय संगै ट्रफी हात पारिन । प्रतियोगितामा मिड फिल्डर छात्रा तर्फ बालकल्याण कि बिस्णा बस्नेत बन्न सफल भइन । उनले नगद ३१ सय हात पारिन ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, २ का अध्यक्ष गोबिन्द बि क, ३ का अध्यक्ष मन्ऋषी आचार्य ,कार्यापालिका सदस्य सरस्वती बि क, मिरा आलेमगर, गुरुकुल इङ्लिश मेडियम स्कुलका संस्थापक माधव थापा लगाएतको सहभागिता रहेको थियो । प्रतियोगितामा ३२ छात्र र १६ छात्राहरुको टिम सहभागीता रहेको थियो ।