काठमाडौ । हाल देशभर मनसुनी वायुसँगै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। देशभरका अधिकांश स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला शनिबार र आइतबारको मौसम?
२०८१ असोज १२ गते शनिबार
दिउँसोː देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
२०८१ असोज १३ गते आइतबार
दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।
रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ । यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् ‘रेड अलर्ट’ मा राखेको छ ।वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ । महाशाखाले धान नकाट्न किसानलाई आग्रह गरिसकेको छ । यस्तै ट्रेकिङमा पनि नजान उहाँको आग्रह छ ।कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बाग्मती, मधेश, कर्णाली र सुदूरपश्चिमका एकरदुई स्थानमा भने अति ठूलो तहको वर्षाको सम्भावना छ ।‘रेड अलर्ट’ भएका जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् । यस्तै, सिरहा, सप्तरी, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप रहेका छन् ।यसैगरी म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा कैलाली, डोटी र अछाम रहेका छन् ।
बङ्गालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर आइरहेकोले देशभर उच्च वर्षाको सम्भावना रहेको हो । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ नसरे पनि मनसुन सक्रिय गराउने न्यून चापीय प्रणाली सघनरूपमा विकास भएको हो । यस्तै उपल्लो वायुमण्डलमा पनि न्यून चापीप प्रणाली विकास भएको छ ।
विशेषगरी भोलि दिउँसोपछि ठूलो वर्षाको सम्भावना छ । पछिल्लो २४ घण्टामा इलामको कन्याममा एक सय ५८ दशमलव आठ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै झापाको अनारमणीमा एक सय ३५ दशमलव ८, नवलपरासी पश्चिमको देउरालीमा एक सय चार, कास्कीको लुम्लेमा एक सय ११ मिलिमिटर वर्षा मापन भएको छ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशैभरको मौसम बदली, भारी वर्षाको सम्भावना
काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?
असोज १० गते बिहीबार
दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका एकदुर्इ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
२०८१ असोज ११ गते शुक्रबार
दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।
रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
काठमाडौं । नेपालीहरूको चाडबाड नजिकिएसँगै सुरक्षामा चुनौतीहरू थपिने गर्दछ। चाडबाड नजिकिएसँगै प्रहरीले चाडबाडलाई सुरक्षित बनाउन मुलुकभरका प्रहरीलाई चौबिसै घण्टा हाई अर्लटमा राखेको छ।यस वर्ष देशभरमा ६० हजारभन्दा बढी प्रहरी दशैं लक्षित सुरक्षा योजनामा परिचालित हुने भएका छन् । प्रहरीले सुरक्षित रूपमा जनताले आफ्ना चाडबाड मनाउन पाउन् भन्ने हेतुले भदौ ३० गते नै राजधानी उपत्यकालगायत ७७ जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको छ ।सबै जिल्ला प्रहरी कार्यालयलाई दशैं लक्षित सुरक्षा योजना बनाउन प्रधान कार्यालयले निर्देशन दिएको र सोहीअनुरूप सबै जिल्ला प्रहरी कार्यालयले दशंै तिहार, छठ, नेपाल संवतका लागि सुरक्षा योजना बनाइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।यस वर्षको चाडबाडलाई सुरक्षित रूपमा सम्पन्न गराउनका लागि देशभर रहेका प्रहरी कर्मचारीलाई किरिया बिदा, सुत्केरी बिदा र अत्यावश्यक बिदाबाहेक अन्य बिदा कटौती गरिएको उहाँले बताउनुभयो ।दशैं सुरक्षा योजनाअन्र्तगत प्रहरीले सुरक्षा योजना, बजार अनुगमन, बजार व्यवस्थापन, दुर्घटना न्यूनीकरण, नागरिक सहयता कक्ष, अन्तर्राष्ट्रिय बोर्डरको अनुगमन, भीड नियन्त्रण, कालोबजारी रोक्न अनुगमन, जबरजस्ती चन्दा असुली विरुद्धको अपरेसनलगायतका काममा प्रहरीले योजना बनाएर अघि बढेको पनि उहाँले जानकारी दिनुभयो ।खास गरी राजधानी काठमाडौंलगायतका ठूला सहरमा रहेका मानिसहरू चाडबाड मनाउन आफ्नै थातथलोमा जाने हुँदा गाउँ भरिने र शहर रित्तिने भएकाले लुटपाट र डकैती गर्ने गिरोहहरू सक्रिय हुने भएकाले चाडबाडमा शहरलाई समेत सुरक्षित राख्नकालागि नागरिकलाई सचेत गराउने र घर छोडेर जांदा ढोका तथा झ्ुयाल राम्रोसंग लगाउने बहुमूल्य बस्तुहरूलाई आफुसगै लैैजान पनि प्रहरीले आग्रह गरेको छ।नागरिकको भरोसायोग्य संगठनको रूपमा रहेको नेपाल प्रहरीले सुरक्षित नेपाल भन्ने अभियानलाई कार्यान्वयनमा लैजान सबै प्रहरी युनिटलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको डीआईजी कार्कीले जानकारी दिनुभयो।
उहाँले विगतका चाडपर्वमा भएको सुरक्षा कमी कमजोरीलाई ध्यानमा राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दशैँ तिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिएको जानकारी दिनुभयो ।
चाडबाडमा हत्या, अपहरण, चोरी, ठगी, महिला हिंसा, कुटपिट, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिराको बिक्रीवितरण, आगजनी, विस्फोटक पदार्थ ओसारपसार, तस्करी, ट्राफिक नियम उल्लंघनजस्ता घटना हुन सक्ने भएकाले त्यसको न्यूनीकरणका लागि चाडपर्व लक्षित सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको पनि उहाँले जानकारी दिनुभयो।
कैलालीको मसुरियामा बसको ठक्करबाट एक जनाको मृत्यु
धनगढी । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार साँझ गौरीगंगा नगरपालिका-९ मसुरियामा सुपप्र ०१-००१ क २४६४ नम्बरको बसले ठक्कर दिंदा सोही ठाउँ बस्ने ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कवीन्द्रसिंह बोहोराले सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिएको बताए ।
बस र चालक गौरीगंगा नगरपालिका-९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
बर्दगोरिया । विद्यार्थीहरूले पढाइमा ध्यान दिँदाको महत्त्व झल्काउने गीत “पढाइ छुट्यो” बुधवार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । सो गीतमा कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको वसन्त मुरारी नमुना विद्यालयका शिक्षक विद्यार्थीहरूले अभिनय गरेका छन् । ६०औ राष्ट्रिय शिक्षा दिवसको अवसर पारी सार्वजनिक गरिएको म्युजिक भिडियोमा दुई विद्यार्थी बिचको प्रेम, पश्चात्ताप र सफलतालाई सहज रूपमा झल्काइएको छ । प्रेम सम्बन्धमा परि पढाइलाई बेवास्ता गर्ने र बिग्रने अवस्थामा पुगेका एक जोडी विद्यार्थीलाई विद्यालय प्रशासनले अभिभावक सहित सम्झाई बुझाई गरेको कथामा देखिन्छ । त्यसपश्चात् उनीहरूले पढाइमा ध्यान दिई जीवन नै सफल भएको भिडियोबाट बुझ्न सकिन्छ । गीतको सृजना सोही विद्यालयका प्रधानाध्यापक ताराप्रसाद जोशीले गरेका छन् भने सोही विद्यालयका शिक्षक परशु केसीले शब्दमा सङ्गीत भरेका छन् । विद्यालयका विद्यार्थी आयुष सुनार, मेनुका बम, नमिता जोशी र शिक्षक खकेन्द्र प्रसाद आचार्यले सङ्गीतमा स्वर भरेका छ । म्युजिक भिडियोमा विद्यार्थी दीपेन्द्र नेपाली र कन्चन रावललाई मुख्य भूमिकाका देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन राजेश तुलाचनले गरेका छन् भने कोरियोग्राफी हितेश ताम्राकारले गरेका छन् । विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्दै सिक्ने र सिकाउने वातावरण तयार गर्न आफूहरूले म्युजिक भिडियो निर्माण गरेको सर्जक तथा प्रधानाध्यापक तारा प्रसाद जोशीले बताएका छन् । “हामीलाई विश्वास छ, घरपरिवारले शिक्षकहरूले भनेको नमानेर पढाइमा ध्यान नदिने भाइबहिनीहरूले यो भिडियो हेरेर पक्कै आफूमा सुधार गर्नु हुनेछ ।” प्रधानाध्यापक जोशीले भने । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समेत रहेका बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनॠषी आचार्यले विद्यालयले निर्माण गरेको म्युजिक भिडियो विद्यार्थी तथा अभिभावकका लागि लाभदायक हुने विश्वास व्यक्त गरे । यस्तै प्रमुख अतिथिको आसनबाट बोल्दै वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले नमुना विद्यालयले साँच्चै नमुना कामको थालनी गरेको बताए । “म्युजिक भिडियो मार्फत शिक्षाको महत्त्व झल्काउने तपाईँहरूको प्रयास सराहनीय छ । यसरी नै विभिन्न माध्यबाट शिक्षाको गुणस्तर सुधारमा सबै जना लाग्नु पर्छ ।” उनले भने । कार्यक्रममा म्युजिक भिडियोका कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा सोमबार वृक्षरोपण गरिएको छ । वडा नम्बर ६ को कार्यालयको वडा बगैंचा वृक्षारोपण कार्यक्रम अन्तर्गत श्री रामजानकी सेवा समाज भक्तिनिया स्थान परिसरमा रहेको बगैंचामा वृक्षारोपण गरिएको हो ।वृक्षारोपण कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित ) ,कृषि इकाई प्रमुख रमेश देवकोटा ,पशुसेवा इकाई प्रमुख युवराज कठरिया लगाएतको सहभागिता रहेको थियो ।वृक्षारोपण कार्यक्रम अन्तर्गत रामजानकी सेवा समाजको बगैचामा कलमी आँप रोपिएको जनाइएको छ । वडा कार्यालयले समग्र वडालाई वातावरणमैत्री र हरियाली बनाउने उदेश्यसहित एक घर एक बिरुवा रोप्ने कार्यक्रम समेत यसअघि देखिनै संचालन गरिरहेको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए ।
बर्दगोरियामा स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समिक्षा सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समिक्षा सप्पन्न गरेको छ ।सोमबार पालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य सस्थाका प्रमुखहरू, जनप्रतिनिधिहरु सहभागी थिए । समिक्षा कार्यक्रममा गाउँपालिका अन्तरगत गरिएका स्वास्थ्य गतिविधिको प्रगति एव भावी योजनाको बारेमा छलफल गरिएको छ ।कार्यक्रममा पालिकाको समग्र स्वास्थ्य स्थितिका बारेमा स्वास्थ्य शाखा प्रमुख मीन धामीसहित ६ वटै वडामा रहेका स्वास्थ्यचौकी तथा इकाई प्रमुखले आर्थिक वर्ष ०८०/०८१ मा गरिएका कार्यक्रम र गतिविधि बारे प्रस्तुतिकरण गरेका थिए ।सो क्रममा उनीहरूले गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा पालिकाभर सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएको जानकारी दिए । यसैगरी उनीहरूले वडास्तरमा भएका स्वास्थ्य इकाइ तथा स्वास्थ्य चौकीमा भएको बिजुलि बत्ती, खानेपानी ,पुर्वाधार लगाएतका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै विभिन्न स्वास्थ्यकर्मी, स्वास्थ्य इकाई प्रमुख ,पत्रकार एवम् स्वास्थ्यका क्षेत्रमा काम गरि महत्वपूर्ण भुमिका निर्बाह गर्ने व्यक्तिहरुला सम्मान गरिएको छ । उनीहरूलाई पालिका उपाध्यक्ष गणेश राज गिरि, प्रशासन शाखा प्रमुख अधिकृत गोविन्द रेग्मीले दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेका छ्न ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले जनताको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखी पालिकाले कार्यहरू गर्दै आएको भन्दै आगामी दिनमा समेत थप प्रभावकारी तवरले कामकारबाही अगाडि बढाउने पालिकाले लक्ष्य लिएको बताए । उनले जनताको स्वास्थ्यका लागि पालिकाले उच्च तवरले लगानी र कार्यक्रम गर्दै आएको भन्दै नागरिकको स्वास्थ्य सेवामा मर्यादित र इमानदारीताका साथ काम गर्न स्वास्थ्यकर्मीलाई सुझाव समेत दिए ।
कार्यक्रम पालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेकोले त्यस क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसवर्ष संविधान दिवसमा कैदी नछाडिने
काठमाडौ । यसवर्ष संविधान दिवसको अवसरमा कैदी रिहा नगरिने भएको छ। हरेक वर्ष चारपटक कैदीलाई माफी मिनाहा गरी रिहा गर्दा संविधान दिवसमा पनि छाडिँदै आएको थियो। तर यसरी महत्त्वपूर्ण उत्सवमा अपराध गरेर कैद भुक्तान गरिरहेकाहरूलाई रिहा गर्दा सन्देश राम्रो नभएको भन्दै यसवर्षको संविधान दिवस असोज ३ मा कुनै पनि कैदी नछुट्ने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। यसअघि संविधान दिवसको अवसरमा कैद मिनाहा गरेर छाड्नै कैदीहरूको सूची माग गरिएको थियो। जसमा करिब एक हजार कैदीको नाम रहेको पनि गृह मन्त्रालयले जानकारी दिएको छ। सूची प्राप्त भइसकेको छ। तर यस वर्ष संविधान दिवसको अवसरमा नछाड्ने भन्ने कुरा भएको छ,’ गृहका एक उच्च अधिकारीले भने, ‘कैद मिनाहा गरेर कैदी छाडिन्छ। तर संविधान दिवसको अवसरमा रिहा गर्दा म्यासेज राम्रो गएन, त्यही भएर यो वर्ष छाडिँदैन।’यसअघि कैद मिनाहा गर्दा गम्भीर अपराध गरेर जेल परेकाहरूलाई पनि छाड्दा सरकार विवादमा परेको थियो।
गत वर्ष संविधान दिवसको अवसरमा नेपालगन्जका रिगल भन्ने योगप्रसाद ढकाललाई सरकारको सिफारिसमा राष्ट्रिपतिले माफी दिएका थिए। माफी पाएर रिहा भएका ढकाललाई अदालतले सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो। तर त्यससको चौतर्फी विरोध भयो र सर्वोच्चमा रिट समेत परेको थियो। सर्वोच्चलाई उनलाई माफी दिने निर्णय बदर गरेपछि उनलाई पुनः पक्राउ गरेर कारागार फर्काइएको थियो।
यस्तै त्यसअघि पनि पटकपटक यस्ता विवादित निर्णय भएका थिए।
संविधानको धारा २७६ मा अदालत वा अन्य न्यायिक निकायले गरेका सजायलाई राष्ट्रपतिले कानुनबमोजिम माफी, मिनाहा गर्न सक्ने व्यवस्था छ।
सजाय माफ वा कैद कम गर्न कारण र आधार खुलाएर नेपाल सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ। यसका लागि कैदमा रहँदा चालचलनमा सुधार आएमा र निजले ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा कैद कट्टा गर्न सकिने उल्लेख छ।
यही आधारलाई टेक्दै सरकारले हरेक वर्ष ठूलो संख्यामा कैदी छाड्दै आएको छ। तर सरकारमा रहनेहरूले आफू निकटलाई छाड्न संविधानको यो व्यवस्थालाई मिच्ने गरेको पाइएको छ।
संविधान दिवसबाहेक गणतन्त्र दिवश, प्रजातन्त्र दिवस र नयाँ वर्षको अवसरमा पनि माफी मिनाहा गरेर कैदी छाड्ने गरिएको छ।
गृह मन्त्रालयले १ हजार ९२ कैदीलाई छाड्ने गरी प्रक्रिया अघि बढाएको थियो।