काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश,बाग्मती प्रदेश लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको भइरहेको छ।
काठमाडौ । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ। जसको प्रभावस्वरुप यतिबेला (शनिबार बिहान) कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ।
देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। अहिले कोसी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कस्तो होला आइतबार र सोमबार देशभरको मौसम?
२०८१ कात्तिक ४ गते आइतबार
दिउँसोː देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।रातिː कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०८१ कात्तिक ५ गते सोमबार
दिउँसोː देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।रातिː देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
दाङमा सर्प महोत्सवको तयारी
दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिए।
महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताए।
सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि जानकारी प्रदान गरिने छ।
महोत्सवमा सर्प विज्ञको पनि सहभागिता रहनेछ। मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा पुगेको उल्लेख गर्दै उनल सर्प लोप हुँदा पर्यावरणमा असर पुग्ने बताए। ‘सर्प संरक्षण अहिलेको आवश्यकता हो,’ उनले भने।
त्यस अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका–२० हजारभन्दा बढीलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ।
महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ। दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ। तीमध्ये सात प्रजातिका सर्प विशालु भेटिएका छन्। रासस
टी-२० आई क्रिकेट: नेपालसँग अमेरिका १७ रनले पराजित
काठमाडौ ।अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन खेलको टी–२० आई सिरिजमा १–० को अग्रता लिएको छ। शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो।
सिरिजको दोस्रो खेल आइतबार बिहान हुनेछ। टी–२० आईमा नेपाल र अमेरिका पहिलोपटक भेट भएका हुन्।
नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाउन सक्यो
अमेरिकालाई कम स्कोरमा रोक्न नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ३ विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चे। रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एक-एक विकेट लिए।
अमेरिकाका लागि सयान जहगिंरले सर्वाधिक ६० रनको अविजित पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ३४ बलमा ६ चौका र २ छक्का हाने। आन्द्रेसले ३० र मिलिन्दले २२ रन थपे। जसदिप सिंहले १६ रन बनाए।
त्यसअघि अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो।
एक समय १८.५ ओभरमा ५–१५९ को अवस्थामा रहेको नेपालले ५ रन जोड्न चार विकेट गुमाएकाे थियाे।
एक समय १८.५ ओभरमा ५–१५९ को अवस्थामा रहेको नेपालले ५ रन जोड्न चार विकेट गुमाएकाे थियाे।
कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए। ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका रोहित अर्धशतक नजिक पुग्दा रन आउट भए।
दिपेन्द्र सिंह ऐरि २८ रन बनाउँदा क्याच आउट भए। अमेरिकाविरुद्ध राम्रो सुरुवात गरेको नेपाल अन्तिम समयमा सम्हालिन सकेन। १९ औँ ओभरमा नेपालले लगातार दुई विकेट गुमायो। १९ औँ ओभरको पाचौँ बलमा दिपेन्द्रलाई गुमाएको नेपालले अन्तिम बलमा करण केसीलाई शून्य रनमा नै गुमाउन पुग्यो।
अन्तिम ओभरको दोस्रो बलमा आरिफ शेखलाई शून्य तथा चौथो बलमा सोमपाल कामीलाई २ रनमा नेपालले गुमायो।
पहिलो विकेटका लागि ओपनर आशिफ शेख र अनिल शाहले ४८ रनको साझेदारी गरे। ओपनर अनिल शाह २७ रन बनाउँदा अलि खानको बलमा एलबीडब्लु धरापमा परे। १८ बलमा २ चौका र १ छक्का हानेका अनिल २७ रन बनाउँदा पेभेलियन फर्के।
२७ बलमा ४ चौका सहयोगमा २७ रन नै बनाएका अर्का ओपनर आशिफ हरमित सिंहको बलमा बोल्ड आउट हुन पुगे। कुशल भुर्तेल १० र गुल्सन झा ११ रनमा पेभेलियन फर्के।
अमेरिकाका लागि हरमित सिंह, शुभम नेत्रभल्कर र जसदिप सिंहले समान २ विकेट लिए। अलि खान र नोस्टुसले समान एक विकेट आफ्नो नाममा गरे।
अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ३ खेलको टी–२० आई सिरिज खेल्नेछ। त्यसपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्नेछ तालिका छ।
काठमाडौ । बडादसैँ अर्थात् शरद नवरात्रको सातौँ दिन आज नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ।दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेका कारण बुधबार षष्ठी तिथिमा गर्ने कर्म गर्न लागिएको हो।पञ्चाङ्ग (पात्रो)का अनुसार बुधबार षष्ठी तिथि ३ घडी ५१ पला मात्र षष्ठी छ । अर्थात् बिहान ७ बजेर ३३ मिनेटपछि सप्तमी तिथि लाग्छ। सूर्योदय हुँदाको तिथि लिनुपर्ने मान्यताअनुरूप बुधबार षष्ठीकै कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले बताए।नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक(एक स्वरूपको आराधना गर्ने परम्परा छ। त्यसैअनुरूप षष्ठी तिथिमा कात्यायनीको पूजा(आराधना गरिन्छ। षष्ठी तिथिमा बेलको रुखनजिक गएर ‘बिल्व निमन्त्रण’ गर्ने विधि पनि छ। यो बेलको पत्र सप्तमी तिथिमा दशैँघरमा भित्र्याइने नवपत्रिका (फूलपाती) मा समावेश गरिन्छ।मिथिला लगायतका श्रद्धालुले यो विधि मंगलबार नै गरिसकेका छन्। त्यसैले कतिपयले त बुधबार नै फूलपाती भित्र्याउँदैछन्।पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्। यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो। सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।
नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ। यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा चल्ने गर्दछ। यो समयमा देवीभागवत महापुराण र दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ। रासस
काठमाडौ । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो। स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्।नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो।चौथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो। पाँचौँ दिन सोमबार पनि चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजा आराधना गरिएको थियो। नवरात्रको छैटौँ दिन आज भने स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो।दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यस वर्ष भने चौथी तिथि वृद्धि भई दुई दिनको सूर्योदयकालमा तिथि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ। नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ। रासस
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थोरै वृद्धि हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि युरो, पाउन्ड, अस्ट्रेलियन डलरको मूल्य घटेको थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा छ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा थियो। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थोरै बढेको हो। त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा थियो।
आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा थियो। आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा थियो। त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५२ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा थियो।आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १६ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६० पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १९ पैसा थियो।
काठमाडौ । हाल कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। साथै कोसी र बागमती प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भैरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान महाशाखाले गरेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।कस्तो होला बुधबार र बिहीबारको मौसम?
२०८१ असोज २३ गते बुधबार
दिउँसोː कोसी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।रातिː कोसी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०८१ असोज २४ गते बिहिबार
दिउँसोː कोसी र मधेस प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिː कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित बौनिया बजारमा सोमबारदेखि बौनिया स्केटिङ्ग पार्क संचालनमा आएको छ । पार्कको गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको छ । पछिल्लो समय बालबालिकामा मोवाइलको लत बढदै गएकोले उनीहरुलाई खेलतर्फ आकर्षित गर्नका लागि स्केटिङ्ग पार्क संचालनमा ल्याइएको प्रोपाइटर हरिकृष्ण कठरियाले बताएका छ्न । नेपालीहरुको महानपर्व बिजया दशमी तथा शुभ दिपावलीको अवसर पारी सुभारम्भ गरिएको बौनिया स्केटिङ एण्ड खेल संसारमा दसैं अवधिभर विशेष छुटको प्याकेज रहेको बौनिया स्केटिङ एण्ड खेल संसारका एक प्रोप्राइटर कठरियाले जानकारी दिएका छन् ।हरिकृष्ण कठरिया र अबिनाश चौधरीको संयुक्त लगानीमा संचालित बौनिया स्केटिङ एण्ड खेल संसारले स्केट पारखीको लागि विभिन्न सुबिधाहरु थप्दै र ब्यवस्थित बनाउदै लैजाने प्रोपराइटर कठरियाले बताएका छन् ।कठरियाका अनुसार सुभारम्भको अवसरमा १०० रुपैयामा स्केटिङ खेल शुल्क तथा मोजाको शुल्क ५० रुपैयाँ तोकिएको छ । उनकाअनुसार यस खेलले बालबालिकामा शारीरिक स्फुर्ती बढने र शारीरिक तथा मानसिक स्त्तर वृद्धि विकासमा टेवा पुर्याउने बिश्वास राखिएको छ ।कठरियाका अनुसार बौनियामा स्केटिङ्ग पार्क संचालन गर्नुको मुख्य उदेश्य नै यहाका बालबालिकाहरु खेल खेल्नका लागी बाहिर जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै अभिभावकहरुको रुचि र माग अनुसार नै यो पार्क संचालनमा ल्याईएको हो ।खेल सिकाउनका लागि अनुभवी प्रशिक्षक संगै सम्भाबित दुर्घटनालाई ख्याल गरी सुरक्षाका सामग्री प्रयोगको ब्यवस्था गरिएको संचालक कठरियाले बताए ।स्केटिङ्ग पार्कको उद्घाटन गर्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले बौनिया बजारमा स्केटिङ्ग पार्क संचालन हुनु समग्र बर्दगोरियाबासीको लागि खुसीको बिषय भएको बताए । उनले यो खेल नया पिढीका लागि अति आवश्यक भएकोले बालबालिकाहरुलाई यस खेलप्रति रुचि देखाउन आग्रह गरे ।उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज स्वार, इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी प्रमुख वीर बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।
कस्तो रहला आजको मौसम ?
काठमाडौं । कासी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तरी भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।