कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ ।परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए ।बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन् ।
देशभर एक हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।
ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् ।स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिए । विसं २०८० मा तीनजना हुँदै नयाँ शैक्षिकसत्रमा दुईजनामा सीमित भएको छ ।
उनका अनुसार विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए । विसं २०७९ मा त्यो संख्या १० जनामा झर्यो । विद्यालयमा एकजना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एकजना कार्यालय सहयोगी कार्यरत छन् । बर्सेनि विद्यार्थीको संख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ । ३५ वर्ष अगाडि स्थापित विद्यालयमा दशकअगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो । तर, अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको संख्या निकै कम भएको छ ।
धुसगाउँ भौगोलिक हिसाबले विकटमा हुँदा धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रअ अधिकारी बताउँछन् । गाउँभन्दा नजिकै गुल्मीको पुर्तिघाटमा निजी विद्यालय रहेको हुँदा गाडीले घर नजिकै लिन आउँदा धेरै विद्यार्थी त्यता जान थालेको उनी बताउँछन् ।
उनले भने, “विद्यार्थी कम हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेको, आफूहरूमा नैराश्य छाएको छ । पछिल्लो समय गाउँमा बालबालिका पनि कम छन् । भएका पनि सहरबजार जाने प्रचलन बढेको छ ।”
विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन नपाइएको उनले बताए । “दिन बिताउन साह्रै गाह्रो हुन्छ, पहिलेको जस्तो भुइँमा बसेर पढ्नुपर्ने अवस्था छैन, धेरै सुविधा थपिएको छ,” उनले भने ।
यस गाउँका स्थानीय बसाइँसराइ गरी चितवन, रुपन्देही गएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरेको तर धेरै विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको बताए । रासस
बर्दगोरियाको बालकन्या मावि २०८० को एसइईमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट आदर्श सामुदायिकको नतिजा पालिकै उत्कृष्ट
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वडा नम्बर १ मा रहेको बालकन्या माध्यमिक विद्यालय २०८० को एसइई परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ पालिकाकै उत्कृष्ट बनेको छ । बालकन्या माविले उत्कृष्ट जिपिएसहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
पालिकामा रहेका ६ वटा सामुदायिक र ५ वटा संस्थागत गरी ११ वटा माध्यमिक तहका विद्यालयहरू संचालित छन् । सोमध्ये २०८० को एसइई परीक्षामा बालकन्या माविले पालिका स्तरमा पहिलो स्थान हासिल गरेको छ ।पालिकामा रहेका ११ वटा माध्यमिक विद्यालय मध्यबाट बालकन्या माध्यमिक विद्यालयकी छात्रा प्रियङ्का शाहीले ३.७७ जिपिए ल्याउन सफल भएकी छ्न । यसैगरी बालकन्या माविकै छात्र सत्य बुढाले ३.६९ जिपिए ल्याएका छ्न । संस्थागत विद्यालयतर्फ भने नोवेल माध्यमिक विद्यालयकी छात्रा चन्द्रकला खड्काले ३.६९ र पालिकमै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको आदर्श सामुदायिक विद्यालयकी अम्बिका चौधरीले ३.६६ जिपिए ल्याएकी छ्न ।यसैगरी नोवेल माविकै छात्र रितेस चौधरीले ३.६१ जिपिए ल्याउन सफल भएका छन ।
२०८० को एसईई परीक्षामा बर्दगोरियाका ६ वटा सामुदायिक विद्यालयबाट ६ सय ६५ र ५ वटा संस्थागत विद्यालयका १२२ गरी जम्मा ७ सय ८७ विद्यार्थी सहभागी थिए ।
नतिजाअनुसार सामुदायिक विद्यालयका ६६५ जना परीक्षार्थी मध्य १ सय ४० र संस्थागततर्फका १ सय २२ जना परीक्षार्थी मध्य ८६ जना विद्यार्थी पास भएका छ्न ।
सामुदायिक विद्यालयतर्फ महुन्याल मावि बास्कोटी (साधारण धारतर्फ) ८.०३५ प्रतिशत तथा प्राविधिक धारतर्फ ८३.३३ प्रतिशत ,कालिका मावि नौनियाबाट १७.२८ प्रतिशत ,वसन्त मुरारी नमूना माविबाट १४.२२ प्रतिशत, मावि कोटातुल्सीपुरबाट १६.३२ प्रतिशत ,जगदम्विके माविबाट ११.८४ प्रतिशत र बालकन्या माविबाट ३७.८३ प्रतिशत विद्यार्थी पास भएका छ्न ।
यसैगरी संस्थागत विद्यालयतर्फ नवलपुर बालबाटीकाबाट ६७.८५, आदर्श सामुदायिकबाट ९५.८३, नोवेल माविबाट ७०.३७, जगततारा इङलिस बोर्डिङ स्कुलबाट ७० र सनराइज बोर्डिङ स्कुलबाट ५४.५४ प्रतिशत विद्यार्थी पास भएका छ्न ।
प्राप्त नतिजाअनुसार विद्यार्थी सङ्ख्याको आधारमा सामुदायिक भन्दा संस्थागत विद्यालयको नतिजा राम्रो आएको छ ।
२०७९ को एसईई परीक्षामा भने महुन्याल माध्यमिक विद्यालय बासकोटीका अर्जुन आचार्यले ३.९२ जिपिए ल्याउँदै पालिका टपर,महुन्याल माविकै झरना सिंह ठकुरीले ३.७६ जिपिए ल्याउदै पालिकामा दोश्रो र नोबेल एकेडेमीकी नमिता खतिवडाले ३.७५ जिपिएसहित पालिकामा तेस्रो बनेकी थिइन ।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् ।कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी ९नन ग्रेडेड० उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।
एसईईको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् ।५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।
७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।
सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सोमबार सूचना जारी गर्दै एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ।
२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर हेर्न सकिने सूचनामा उल्लेख छ।
परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट प्रकाशित गर्नको लागि १० वटा वेबसाइट र पाँच वटा संस्थालाई एसएमएस र आईभीआरबाट रिजल्ट प्रकाशित गर्न अनुमति प्रदान गरेको छ।
३० वैशाख ,सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरूलाई कुनै राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र राजीनामा दिई सो को जानकारी गराउन सूचना जारी गरेको छ ।शिक्षक तथा कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने गाउँ शिक्षा समितिको बैठकबाट निर्णय भएको सूचनामा उल्लेख छ । गाउँपालिकाले बिहीबार सूचना जारी गरी शिक्षक तथा कर्मचारीलाई दलको सदस्यता त्याग्न १५ दिनको समय दिएको हो ।गाउँपालिका भित्रका विद्यालयहरूमा कार्यरत कुनै पनि शिक्षक-कर्मचारीहरूले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेको वा सदस्यता लिएको भए १५ दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजीनामा दिई सो को जानकारी यस कार्यालयमा पेस गर्न र पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धी उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने भनी गाउँ शिक्षा समितिको मिति २०८१/०१/२४ को बैठकबाट निर्णय भएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ शिक्षा अधिकारी सरस्वती भण्डारीद्वारा जारी सूचनामा भनिएको छ ।कपुरकोट गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरू कुनै पनि राजनैतिक दलको सक्रिय सदस्यता लिइएको वा कार्यकारी पदमा क्रियाशील रहेको भएमा निजहरूलाई उल्लेखित पदहरूबाट राजीनामा गराइ सो को जानकारी पालिकालाई गराइ सार्वजनिक शिक्षा तथा सेवा प्रवाहलाई निष्पक्ष र मर्यादित बनाउन महत्त्वपूर्णमा सहयोगको लागि हार्दिक अनुरोध छ ।’
दर्खास्त नपरेपछि शिक्षकका लागि पाँचौँ पटक विज्ञापन
काठमाडौँ । प्युठानको एउटा विद्यालयले शिक्षकका लागि पाँच पटक सूचना निकालेको छ । ग्रामीण र दुर्गम क्षेत्रमा शिक्षकको अभाव छ भन्ने यो पछिल्लो उदाहरण हो ।
गौमुखी गाउँपालिका वडा नं १ मा रहेको अर्खा माध्यमिक विद्यालयले माध्यमिक तह संघीय अनुदान कोटाको विज्ञान विषयको पदका लागि पाँचौँ पटक सूचना निकालेर दर्खास्त आह्वान गरेको हो । पटक पटकको विज्ञापनमा दर्खास्त नपरेपछि पाँचौँ पटक विज्ञापन गर्नु परेको विद्यालयका प्रधानाध्यापक लिलु प्रसाद पौडेलले जानकारी दिए । दर्खास्त नपरेपछि विद्यालयले पछिल्लो पटक अध्यापन अनुमति पत्र नभएकाहरूले पनि निवेदन दिन सक्ने गरी दर्खास्त आह्वान गर्न बाध्य भएको छ ।
पहिलो पटक गत फागुन २६ को निर्णय अनुसार १५ दिनको म्याद राखेर दर्खास्त आह्वान गरिएको थियो । त्यति बेला कुनै निवेदन परेन । दोस्रो पटक ७ सात दिनको म्याद राखेर निवेदन आह्वान गरेकोमा त्यति बेला पनि कुनै दर्खास्त नपरेको प्रधानाध्यापक पौडेलले बताए । उनका अनुसार तेस्रोमा पटक पनि दर्खास्त परेन ।
चौथो पटक दुई जनाको निवेदन परेकोमा दुवै उम्मेदवार नआएपछि विद्यालयले पाँचौँ पटक दर्खास्त आह्वान गरेको हो । आवेदन नै नपरेपछि अध्यापन अनुमति पत्र नभएको योग्य व्यक्तिले समेत दर्खास्त दिन सक्ने, तर अध्यापन अनुमति पत्र भएको व्यक्तिलाई प्राथमिकता दिने गरी पाँचौँ पटक सूचना निकालेको प्रधानाध्यापक पौडेलले बताए ।
अध्ययन अनुमति पत्र नभएका व्यक्तिको फोन आएकाले विद्यालयले अध्ययन अनुमति पत्र नभएकाले पनि निवेदन दिन सक्ने गरी दर्खास्त आह्वान गरेको हो । बिहीबारसम्म जम्मा दुई जनाको निवेदन परेको छ ।
उक्त पदका लागि करिब ४३ हजार पाँच सय तलब स्केल छ । ग्रामीण क्षेत्रका विद्यालयमा ट्युसनलगायतका अतिरिक्त कक्षाबाट थप आम्दानी नहुने भएकाले शिक्षकहरू आउन नचाएको पौडेलले बताए । गाउँपालिकाका सूचना अधिकारी दुर्गा प्रसाद सुवेदीले संघीय अनुदानमा रहेको पदमा शिक्षकको अभाव रहेको जानकारी दिए ।
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवा सुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो । नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी भएको छ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि बजेटमार्फत नै प्राथमिकतामा समेटिन लागेको हो । विद्यालयको भौतिक संरचनालाई मात्र होइन शैक्षिकस्तर सुधार अपरिहार्य भएकाले सम्भव भएसम्म अधिकतम बजेट छुट्याउने योजना रहेको उनले बताए ।
वडाहरूलाई अब स्वायत्त बनाइने गरी थप १० करोड रकम विनियोजन गरिनेछ । वडाको जनसङ्ख्या, भूगोल, उत्पादन, कर सङ्कलनको अवस्थालगायत मापदण्डका आधारमा बजेट दिइने छ,” नगरप्रमुख श्रेष्ठले भने । राज्यकोषबाट सुविधा लिनेले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढाउनुपर्नेमा जोड दिए। हाल नगरपालिका क्षेत्रका ३७ वटा सामुदायिक विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन् ।
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुखसहित १६ जना शिक्षक तथा कर्मचारीहरूलाई कारबाही सिफारिस गरेको छ ।गत चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि उनीहरूलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय भएको हो । नगर कार्यपालिकाको बैठकले शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, शिक्षा शाखा अधिकृत रविलाल मिजार, शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपालीसहित शिक्षक तथा कर्मचारीलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।बैठकले शिक्षा शाखा प्रमुख हमाललाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ (क) बमोजिम कारवाही गर्ने र काज फिर्ता गर्ने निर्णय गरेको छ । शिक्षा शाखा अधिकृत सातौँ रविलाल मिजारलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ बमोजिम विभागीय कारवाही र दफा ६४ बमोजिम निलम्बन गर्ने निर्णय भएको छ।यसै गरी शिक्षा शाखा सहायक पाँचौँ बल बहादुर नेपालीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ क बमोजिम, शिक्षक कर्मचारीहरूलाई शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ (क) बमोजिम र नगरपालिकाको स्रोतबाट करारमा नियुक्ति पाई छानबिनको क्रममा कारवाहीको सिफारिस गरिएका शिक्षक वा कर्मचारीलाई करारनामा बमोजिम सम्झौता भङ्ग गर्ने निर्णय नगरपालिकाले गरेको छ । मिजार निलम्बनमा परेका छन् भने करारका कर्मचारीको सम्झौता भंग गरिएको छ ।