विद्यालय स्तरीय फुटबल प्रतियोगिता : छात्रतर्फ बर्गिस टीकापुर र छात्रातर्फ कर्णाली मावि उपाधी उचाल्न सफल
बर्दगोरिया । कैलालीको बर्दगोरियामा प्रथम विद्यालय स्तरीय जिल्ला व्यापी छात्रा/छात्र फुटबल प्रतियोगिता २०८१ समापन भएको छ । प्रतियोगितामा छात्रतर्फ बर्गिस टीकापुर उपाधी उचाल्न सफल भएको छ । मंगलबार भएको फाइनल खेलमा खड्ग मेरोरिय (बर्गिस) टीकापुरले राष्ट्रिय मावि देउकलियालाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधी चुम्न सफल भएको छ । उपाधी संगै नगद ५१ हजार ट्रफी र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको राष्ट्रिय मावि देउकलियाले नगद ३१ हजार सहित ट्रफी संगै प्रमाणपत्र हात पारेको छ ।
यसैगरि छाततर्फ कर्णाली मावि उपाधी उचाल्न सफल भएको छ । कर्णाली मावि टीकापुरले माउन्ट सैपाल टीकापुरलाई ट्राईबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । उपाधी संगै कर्णाली माविले नगद ५१ ह्जार ,ट्रफि संगै प्रामणपत्र पाउँदा उपाधी बाट बन्चित भएको माउन्ट सैपाल बिधालयले नगद ३१ ह्जार ट्रफि संगै प्रमाणपत्रमा चित्त बुझाएको छ ।
बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि विशिस्ट अतिथी रहनु भएको थियो ।
प्रतियोगिता समापन गर्दै पालिका अध्यक्ष कुँवरले भने प्रतियोगिताले विद्यार्थीको खेल प्रतिको रुचि बढाउनुका साथै स्वस्थ रहन महत्त्वपूर्ण भुमिका खेलेको छ । प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै पालिका बाट हुने सहयोग गर्ने बताए । उनले भने खेल हो हार जित हुन्छ त्यसमा आतिनु हुदैन आज हार भए भोलि जित हुन्छ त्यसैले खेल क्षेत्रलाई नछोड्न अनुरोध गरे ।
प्रतियोगितामा छात्रतर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी राष्ट्रिय मावि का चेतन शाही बन्न सफल भए । उनले नगद ५५ सय प्राप्त गरेका छन भने सर्बाधिक गोलकर्ता पनि चेतन शाहीनै बन्न सफल भए । उनले नगद ३१ सय प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक मोरल नेप्लिजका सुरेन्द्र भाट बन्न सफल भए उनले नगद ३१ सय प्राप्त गरेका छन ।
यसैगरि प्रतियोगिताको उदयमान खेलाडी राष्ट्रिय मावि का बिकेश सहकारी बन्न सफल भए । उनले नगद ३१ सय संगै ट्रफी हात पारे । यसै गरि उत्कृष्ट डिफेन्डर बर्गिसका नितेश रावल बन्न सफल भए । उनले नगद ३१ सय संगै ट्रफी हात पारे । यसै गरि उत्कृष्ट प्रशिक्षक बर्गिसका हेमराज क्षेत्री भए उनले पनि नगद ३१ सय प्राप्त गरे । यसै गरि छात्र तर्फ राष्ट्रिय मा वि का ग्रीस जाग्री उत्कृष्ट मिड फिल्डर बन्न सफल भए । उनले नगद ३१ सय हात पारे ।
प्रतियोगितामा छात्रातर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी माउन्ट सैपालकी उषा शाही बन्न सफल भईन । उनले नगद ५५ सय प्राप्त गरेकि छन भने सर्बाधिक गोल कर्ता उषा शाही नै बन्न सफल भईन । उनले नगद ३१ सय प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक कर्णाली मा वि कि श्रीषा चौधरी बन्न सफल भइन उनले नगद ३१ सय प्राप्त गरेकि छन ।
प्रतियोगिताको उदयमान खेलाडी कृष्ण मावि कि गिता बुढा बन्न सफल भईन । उनले नगद ३१ सय संगै ट्रफी हात पारिन । यसै गरि कृष्ण मा वि कि शान्ति बि क उत्कृष्ट डिफेन्डर बन्न सफल भईन । उनले नगद ३१ सय संगै ट्रफी हात पारिन । प्रतियोगितामा मिड फिल्डर छात्रा तर्फ बालकल्याण कि बिस्णा बस्नेत बन्न सफल भइन । उनले नगद ३१ सय हात पारिन ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, २ का अध्यक्ष गोबिन्द बि क, ३ का अध्यक्ष मन्ऋषी आचार्य ,कार्यापालिका सदस्य सरस्वती बि क, मिरा आलेमगर, गुरुकुल इङ्लिश मेडियम स्कुलका संस्थापक माधव थापा लगाएतको सहभागिता रहेको थियो । प्रतियोगितामा ३२ छात्र र १६ छात्राहरुको टिम सहभागीता रहेको थियो ।
मैत्रीपूर्ण पुटबल प्रतियोगिताको उपाधी बौनिया बजारका व्यापारी टीमलाई,उप-बिजेता बन्यो कर्मचारी टीम
बर्दगोरिया । कैलालीको बर्दगोरियामा संचालित दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी बौनिया बजारका ब्यापारीको टीमले उचालेको छ । शनिबार भएको फाइनल खेलमा बर्दगोरिया गाउँपालिका कर्मचारी टीमलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै प्रतियोगिताको उपाधी उचालेको हो ।पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको शनिबार फाइनल खेलमा निर्धारित समयमा दुबै टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको हो ।
पेनाल्टी सुट आउटमा बौनिया बजारका व्यापारीले बर्दगोरिया कर्मचारी टीमलाई ३-२ ले पराजित गर्दै प्रतियोगिताको उपाधी उचाल्यो । यस अघि सेमिफाइनलमा आयोजक बर्दगोरिया पत्रकार मञ्चको टीमलाई १-० ले पराजित गर्दै कर्मचारी टीम फाइनलमा पुगेको थियो ।
यसपटक प्रतियोगिताको उपबिजेता बर्दगोरिया कर्मचारी टीम यस अघिको मैत्रीपूर्ण खेलको बिजेता समूह हो ।प्रतियोगिताको बिजेता टीमले ट्रफी, प्रमाणपत्र र खसी पाएको छ भने उप-बिजेता टीमले ट्रफी ,प्रमाणपत्र र बोका पाउन सफल भएको छ ।
प्रतियोगिताको बिजेता उप-बिजेता दुबै टीमलाई पालिका उपाध्यक्ष गणेश राज गिरिले पुरस्कार वितरण गरेका छ्न ।
प्रतियोगितामा स्थानीय व्यापारी, कर्मचारी, बित्तीय संस्थामा आबद्ध कर्मचारी ,स्थानीय शिक्षक लगायत ८ वटा टीमहरुको सहभागिता रहेको थियो । बर्दगोरिया पत्रकार मञ्चले गतवर्ष देखि मैत्रीपूर्ण फुटबल खेल खेलाउँदै आएको छ ।
जोशीपुर ६ मा वडा स्तरीय खेलकुद कार्यक्रम सुरु
जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ मा वडा स्तरीय खेलकुद कार्यक्रम सुरु भएकोछ ।जोशीपुर गाउँपालिका ६ नम्बर वडाको आर्थिक सहयोगमा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरुभएको हो ।
६ नम्बर वडा भित्रका विभिन्न खेलमा रुचि भएका सबै खेलाडीहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले वडाको विनियोजित बजेट बाट कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
खेलकुद उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व संविधानसभा सदस्य हरि श्रीपाइली रहनु भएको थियो ।
यस्तै विशिष्ट अतिथिमा जोशीपुर गाउँपालिका ६ नम्बर वडा अध्यक्ष भोजराज डँगौरा रहनुभएको थियो ।
प्रतियोगितामा क्रिकेट, फुटबल, ब्याडमिन्टन लगायतको खेल सञ्चालन हुने ६ नम्बर वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि भोजराज डँगौराले बताउनु भयो ।
वडा स्तरीय खेलकुद कार्यक्रम सञ्चालन समितिको आयोजनामा भइरहेको प्रतियोगिता लोखरी स्थित खेलमैदानमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।
६ नं वडा सदस्य खडक चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा वडा सचिव सुरेश चौधरी सदस्य राजेन्द्र प्रसाद बडायक, विष्णु नेपाली, समाजसेवी दीर्घराज बिनाडी लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो ।
वडा स्तरीय खेलकुद कार्यक्रम सञ्चालन समितिको अध्यक्ष महेश मल्लको सभाध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका सदस्य दिल बहादुर कठरियाले गर्नुभएको थियो ।
टी-२० आई क्रिकेट: नेपालसँग अमेरिका १७ रनले पराजित
काठमाडौ ।अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन खेलको टी–२० आई सिरिजमा १–० को अग्रता लिएको छ। शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो।
सिरिजको दोस्रो खेल आइतबार बिहान हुनेछ। टी–२० आईमा नेपाल र अमेरिका पहिलोपटक भेट भएका हुन्।
नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाउन सक्यो
अमेरिकालाई कम स्कोरमा रोक्न नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ३ विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चे। रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एक-एक विकेट लिए।
अमेरिकाका लागि सयान जहगिंरले सर्वाधिक ६० रनको अविजित पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ३४ बलमा ६ चौका र २ छक्का हाने। आन्द्रेसले ३० र मिलिन्दले २२ रन थपे। जसदिप सिंहले १६ रन बनाए।
त्यसअघि अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो।
एक समय १८.५ ओभरमा ५–१५९ को अवस्थामा रहेको नेपालले ५ रन जोड्न चार विकेट गुमाएकाे थियाे।
एक समय १८.५ ओभरमा ५–१५९ को अवस्थामा रहेको नेपालले ५ रन जोड्न चार विकेट गुमाएकाे थियाे।
कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए। ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका रोहित अर्धशतक नजिक पुग्दा रन आउट भए।
दिपेन्द्र सिंह ऐरि २८ रन बनाउँदा क्याच आउट भए। अमेरिकाविरुद्ध राम्रो सुरुवात गरेको नेपाल अन्तिम समयमा सम्हालिन सकेन। १९ औँ ओभरमा नेपालले लगातार दुई विकेट गुमायो। १९ औँ ओभरको पाचौँ बलमा दिपेन्द्रलाई गुमाएको नेपालले अन्तिम बलमा करण केसीलाई शून्य रनमा नै गुमाउन पुग्यो।
अन्तिम ओभरको दोस्रो बलमा आरिफ शेखलाई शून्य तथा चौथो बलमा सोमपाल कामीलाई २ रनमा नेपालले गुमायो।
पहिलो विकेटका लागि ओपनर आशिफ शेख र अनिल शाहले ४८ रनको साझेदारी गरे। ओपनर अनिल शाह २७ रन बनाउँदा अलि खानको बलमा एलबीडब्लु धरापमा परे। १८ बलमा २ चौका र १ छक्का हानेका अनिल २७ रन बनाउँदा पेभेलियन फर्के।
२७ बलमा ४ चौका सहयोगमा २७ रन नै बनाएका अर्का ओपनर आशिफ हरमित सिंहको बलमा बोल्ड आउट हुन पुगे। कुशल भुर्तेल १० र गुल्सन झा ११ रनमा पेभेलियन फर्के।
अमेरिकाका लागि हरमित सिंह, शुभम नेत्रभल्कर र जसदिप सिंहले समान २ विकेट लिए। अलि खान र नोस्टुसले समान एक विकेट आफ्नो नाममा गरे।
अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ३ खेलको टी–२० आई सिरिज खेल्नेछ। त्यसपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्नेछ तालिका छ।
साफ यू–२० च्याम्पियनसिप फुटबल: समूह ‘ए’ को अन्तिम खेलमा आज, नेपाल र बंगलादेश भिड्दै
काठमाडौ । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज (बिहीबार) घरेलु टोली नेपाल बंगलादेशसँगै भिड्दैछ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। यो खेलको विजेता टोली समू विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन्।
समूह ए मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन्।
समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ। समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ। समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली युवा टोली बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ। उता श्रीलंकामाथि २–० को जित निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ। समूह बी बाट भने भारत, भुटान र मालदिभ्स तिनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ।
भारतले पहिलो खेलमा भुटानमाथि १–० को कठिन जित निकालेको थियो। भुटानले भने आफ्नो दोस्रो खेलमा बुधबार मालदिभ्सलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुग्ने सम्भावना जिवित राखेको छ।
समूह चरणको अन्तिम खेलमा शुक्रबार भारत र मालदिभ्स खेल्न बाँकी छ। यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ।
साफ यू–२० च्याम्पियनसिपः आज भारत र भुटान भिड्दै
काठमाडौ । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आज सोमबार भारत र भुटान भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।
समूह बी मा रहेको भारत र भुटानले खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछन्। यी टोलीसँगै समू बी मा मालदिभ्स पनि छ ।
आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपको सुरुवात गरेको छ।
समूह ए मा नेपाल र श्रीलंकासँगै बंगलादेश छ। समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपमा आजदेखि सुरु हुँदैछ ।
उद्घाटन खेलमा नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेल जित्दै नेपाल आफूलाई दाबेदारको रूपमा उभ्याउन चाहन्छ ।दशरथ रंगशाला खेल्न योग्य नभएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तिम समय खेल स्थल सारेको हो ।
नेपालसहित ६ देशको सहभागी रहनेछ । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन् ।
भारत र श्रीलंकाबीचको पहिलो ओडिआई आज
काठमाडौ । घरेलु टोली श्रीलंकाविरुद्धको ३ खेलको ओडिआई सिरिज आज बाट सुरु हुँदैछ । सिरिज अन्तगर्तको पहिलो खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्डेडियममा खेल नेपाली समय अनुसार शुक्रबार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।भारतीय टोलीमा टि ट्वान्टी आई क्रिकेटबाट संन्यास लिएका रोहित शर्मा, विराट कोहली ओडिआई टोलीमा फर्कनेछन् ।
कोहली र शर्माले सन् २०२३ को नोभेम्बर १९ मा अस्ट्रेलियासँगको विश्वकप फाइनलमा हार पछि ओडिआई खेलका लागि पहिलो पटक मैदानमा देखिने छन् ।
दुर्घटनाका कारण मैदान बहिर रहेका ऋषभ पन्त पनि सन् २०२२ पछि पहिलो पटक ओडिआई टिममा छन् । यता, श्रीलंका पनि नयाँ कप्तानको जिम्मेबारी पाएका चरिथ असलंकाको कप्तानीमा मैदान उत्रदैछ । श्रीलंका आफ्ना प्रमुख चार तीव्र गतिका बलर बिना नै मैदान उत्रदै छ ।
भारतलाई श्रीलंकाविरुद्ध एक सयौं खेल जित्ने लक्ष्यमा छ । दुई टिमबीच हालसम्म १ सय ६८ ओडिआई खेल भएका छन् । जसमा भारत ९९ खेलमा विजयी हुँदा श्रीलंकाले मात्र ५७ खेल जितेको छ ।
एक खेल बराबर हुँदा ११ खेल नतिजाबिहिनरुपमा सकिएको छ ।
स्पेन युरो–२०२४ को फाइनलमा
काठमाडौं । युवा फरवार्ड लामिन यमलको उत्कृष्ट प्रदर्शनप्रेरित स्पेन फ्रान्सविरुद्ध २–१ को जित निकाल्दै युरो–२०२४ को फाइनल प्रवेश गरेको छ ।
मंगलबार राति जर्मनीको म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न खेलमा फ्रान्सले पहिले अग्रता बनाए पनि जोगाउन सकेन । खेलको आठौँ मिनेटमा रान्डाल कोलो मुआनीको गोलमा फ्रान्सले अग्रता बनाएको थियो । कप्तान किलियन एमबाप्पेको क्रसमा ६ यार्ड बक्सभित्र रहेका मुआनीले हेडर गोल गर्दै डिडियर डेसच्याम्प्सको टिमलाई अग्रतामा राखेका थिए ।
तर, दुई पटकको च्याम्पियन फ्रान्सको अग्रता लामो समय टिक्न पाएन । स्पेनका १६ वर्षीय युवा फरवार्ड लामिन यमलले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काए । लामिनले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार सेकेन्ड बारको ‘टप कर्नर’ गोल भएको थियो । यो गोलसँगै यमल युरोपियन च्याम्पियनसिपको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने ।
यसको चार मिनेटपछि नै स्पेनले सन् २०१८ को विश्वकप विजेताविरुद्ध २–१ को अग्रता बनायो । स्पेनका ड्याली ओल्मोले गरेको प्रहार फ्रान्सका रक्षक जुलेस काउन्डेबाट ‘डिफ्लेक्ट’ हुँदै गोल भएपछि तीन पटकको च्याम्पियन स्पेनले अग्रता बनाएको हो ।
पहिलो हाफको २५ मिनेटभित्रै तीन गोल भए पनि दोस्रो हाफमा गोल नहुँदा स्पेन २–१ को जितसहित १२ वर्षपछि युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।
स्पेन यसअघि सन् २००८ र २०१२ को लगातार युरोपियन च्याम्पियन बनेको थियो । त्यसअघि स्पेनले सन् १९६४ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।
स्पेनले गत संस्करणमा पनि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । तर, इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा स्पेनको यात्रामा पूर्णविराम लागेको थियो ।
स्पेनले अब उपाधिका निम्ति नेदरल्यान्ड्स र साविक उपविजेता समेत रहेको इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
युरो कप : आज स्पेन र फ्रान्स भिड्दै
काठमाडौँ । युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
जर्मनीमा जारी प्रतियोगितामा स्पेन सबैभन्दा बढी गोल गर्ने टिम हो । स्पेनले जारी प्रतियोगितामा ५ खेल जित्दा ११ गोल गरेको छ भने दुई गोल मात्र खाएको छ ।
फ्रान्सले भने सेमिफाइनल पुग्ने क्रममा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । स्पेन चौथो पटक र फ्रान्स तेस्रो पटक युरो च्याम्पियन बन्ने होडमा छन् । फ्रान्स र स्पेनबिच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ ।जसमध्ये स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् । स्पेन र फ्रान्सबिचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ल्याण्ड र नेदरल्याण्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छ ।