दुबई । युनाइटेड अरब इमिरेट्सको एक अदालतले हालै बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा सहभागी हुने ठूलो संख्याका बंगलादेशी नागरिकलाई आजीवनदेखि १० वर्षसम्मको कारावासको सजाय सुनाएको छ ।अबुधाबी फेडरल कोर्ट अफ अपिलले आइतबार उक्त सजाय सुनाएको हो । आन्दोलनका लागि उत्तेजना फैलाएको भन्दै तीनजना बंगलादेशीलाई आजीवन कारावास, ५३ जनालाई १० वर्षको जेल र अर्का एकलाई ११ वर्षको जेल सजाय सुनाइएको छ ।
उनीहरू बंगलादेशको सरकारविरुद्ध त्यहाँ आन्दोलनमा उत्रिएका थिए । उनीहरूको जेलजीवन सकिएपछि ती बंगलादेशीलाई आफ्नै देशमा फिर्ता गरिने जनाइएको छ ।
उनीहरू यूएइको सडकमा बंगलादेशी सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । यूएईमा राजनीतिक पार्टी र लेबर युनियन निषेध छ । एजेन्सी
भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या
काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो ।
सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन् ।
घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।
४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताइएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
३१ वैशाख,काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.२३ रुपैयाँ रहेको छ ।यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४१ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२६ रुपैयाँ रहेको छ ।
माल्दिभ्समा भारतविरोधी पार्टीले पायो दुईतिहाइ मत
माले । दक्षिण एसियाली मुलुक माल्दिभ्समा राष्ट्रपति मोहम्मद मुइजुको पार्टीले संसदीय निर्वाचनमा फेरि अत्यधिक बहुमत हासिल गरेको छ । उनको दललाई चीन समर्थित र भारतविरोधी पार्टीका रूपमा चिनिन्छ ।
प्रान्तीयस्तरको परिणामानुसार उनको पार्टी पिपुल्स नेसनल कंग्रेस (पीएनसी)ले कुल ९३ सिटको हाउसमा ६६ स्थान जितेको छ । यो विजयले मुइजुले लिएको चीनसँग निकटको सम्बन्धलाई जनताले अनुमोदन गरेको रूपमा हेरिएको छ ।
उनी लामो समयदेखि आफ्नो देशमा भइरहेको भारतको प्रभावलाई निस्तेज गर्न चीनसँग नजिक रहँदै आएका छन् । दुईतिहाइ मत प्राप्त भएकाले उनको पार्टीले आफूले चाहेअनुसार संविधान समेत संशोधन गर्न सक्नेछ ।
मुख्य विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले जम्मा १५ सिट मात्र जितेको छ । आइतबारको मतदानअघि संसद्मा सो पार्टीका बहुमत थियो ।
यो मुइजुको उल्लेखनीय उपलब्धि हो,” माल्दिभ्सका एक विश्लेषक तथा वेस्टर्न अस्ट्रेलिया युनिभर्सिटीका लेक्चरर अजीम जाहिरले भने ।
मुइजु शक्तिमा आएपछि उनले भारतीय सेनाका टुकडीलाई समेत माल्दिभ्सबाट फिर्ता पठाउने प्रतिबद्धता गरेका थिए । भारतीय सैनिकका दुई ब्याच यसअघि नै फिर्ता गरिएका छन् । उनीहरूका ठाउँमा सिभिलियन प्राविधिक स्टाफ ल्याइएको छ ।
भारतीय सेनालाई खासमा दुई हेलिकोप्टर ‘अपरेट’ गर्ने क्रममा केही वर्षअघि भित्र्याइएको थियो । गएको जनवरीमा बेइजिङ गएर उनले चीनसँग केही सम्झौतामा हस्ताक्षर समेत गरेका थिए । मार्चमा चीनसँग माल्दिभ्सको सैनिक सहायतासम्बन्धी सम्झौता पनि भएको थियो ।
आइतबारको चुनावमा करिब ७३ प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । बीबीसीबाट ।
बेइजिङ । चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ ।
प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ ।
चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ।
चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, देशको रकेट शृङ्खला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक (नीलो पुस्तिका) पनि सोही पत्रकार सम्मेलनमा जारी गरी यसबारे थप जानकारी दिइएको छ ।
काठमाडौ । जिम्बावे सरकारले मृत्यु दण्डको सजाय अन्त्य गरेको छ। जिम्बावेका सूचना मन्त्री जेनफैन मुसवेरेले राष्ट्रव्यापी रुपमा सङ्कलन गरिएको सल्लाह सुझावको आधारमा देशमा रहेको मृत्यु दण्डको सजाय अन्त्य गर्ने निर्णय गरिएको बताएका छन्।
बीबीसीका अनुसार जिम्बावेमा पछिल्लो २० वर्षदेखि कुनैपनि व्यक्तिलाई मृत्यु दण्डको सजाय दिइएको छैन।
सरकारको उक्त निर्णय पछि अब कैदीहरूको सजाय आजीवन कारावासमा परिणत हुनेछ।
सरकारले मृत्यु दण्डको सजाय अन्त्य गर्ने निर्णय कहिलेबाट लागू हुनेछ भन्ने विषयमा खुलाइएको छैन।
राष्ट्रपति एमर्सन मनाङ्गाग्वा जिम्बावेमा मृत्यु दण्डको सजायका विरोधी हुन्। ६० को दशकमा उनलाई पनि मृत्यु दण्डको सजाय सुनाइएको थियो। तर, पछि उनको सजाय रद्द गरेर कारावासमा परिणत गरिएको थियो।
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भड्किएको दुई पक्षीय युद्धमा परि मृत्यु भएका नेपाली प्रति गहिरो दुख व्यक्त गरेका छन् ।
पूर्वराजा शाहले विषम परिस्थितिमा रहेका नेपालीको उपचार, उद्दार र नेपाल फर्काउने कार्यमा तत्परता देखाउन र कुटनैतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पूर्व राजा शाहले अध्ययन र रोजगारीका शिलशिलामा त्यहाँ रहेका हजारौं नेपालीहरु युद्धको चपेटामा परेकोमा चिन्तासमेत व्यक्त गरेका छन् ।
विज्ञप्तिमा आजको दुनियाँमा कहिं पनिं द्धन्द र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनु पर्ने धारणा उललेख गरिएको छ ।
काठमाडौं । आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको मृत्यु भएको पुष्टि गरे । उनले पनि १० जना नेपालीको मृत्यु भएको, दुई जना सुरक्षित अवस्थामा रहेको, चारजना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।
परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । “करिब १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,” मन्त्रालय स्रोतले भन्यो, “मृतकको शव संकलनको काम भइरहेको छ ।”
उनीहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका हुन् । ज्यान गुमाउनेमा कैलालीको घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, कैलालीको बौनियाका आशिष चौधरी, दार्चुलाको लेकम गाँउपालिका–५ का दिपेश विष्ट, बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपाली, डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा रहेका छन् ।
यसैगरी सल्यानको सारदा–३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह, सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको ज्यान गएको छ । शनिबार हमासले इजरायलमा गरेको रकेट आक्रमणमा परेर उनीहरूको ज्यान गएको हो ।
साउदीको जेलमा ४८० नेपाली
साउदी । नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ। केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ भने, केही विभिन्न मुलुकका जेलमा छन्।
जेलमा पर्नुको कारण छोटो समयमा धेरै पैसा कमाउने लोभमा त्यहाँको कानुनविपरीतको काम गर्नु नै हो। अहिले साउदी अरेबियाको जेलमा ४ सय ८० नेपाली रहेको दूतावासको तथ्यांकले देखाउँछ। यो हालसम्मको तथ्यांक हो।
जेल पर्नेमध्ये ८० प्रतिशत मदिरा बनाउने र ओसारपसारको आरोपमा कैद सजाय भोगिरहेका छन्। बाँकी भने, साउदीको नियमविपरीत काम गरेर जेल परेको दूतावासले जनाएको छ। साउदीमा अवैधानिक तरिकाले कार्यरत कम्पनी छोडेर भाग्ने नेपालको संख्या पनि दैनिक बढ्दो दरमा रहेको छ। दूतावासका अनुसार विभिन्न सेवा सुविधा र तलबको लोभमा परी हालसम्म कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १२ हजारभन्दा बढी छ।
साउदी अरबस्थित दूतावासमा आउने उजुरीमध्ये सबैभन्दा धेरै पारिश्रमिक नदिएको छ भने कम्पनीले समयमा अस्थायी बसोबासको कागजपत्र ९अकामा० उपलब्ध नगराउने, आपतकालीन अवस्थामा घर जान बिदा नदिने, लामो समय काममा लगाउने, जोखिमयुक्त क्षेत्रमा काममा लगाउने तथा सम्झौताविपरीत काममा लगाउने उजुरी परेको छ।
साउदीमा बिना जानकारी सम्बन्धित कम्पनीबाट भागेमा साउदीको नियम र कानुनअनुसार कामदारले पाउने सेवा सुविधाबाट बञ्चित रहने छन्। जबसम्म सम्बन्धित कम्पनीले भागेका कामदारमाथि एक्जिट लगाउँदैन तबसम्म स्वदेश फिर्ता हुन पाउँदैनन्। एक्जिट लगाएको २ महिनाभित्र स्वदेश फिर्ता नभए साउदीको नियमअनुसार १–२–३ हजार जरिवाना थपिँदै जान्छ।
साउदीमा रक्सी ओसारपसारमा कार्यमा जेल परेकाहरूलाई र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुनःसाउदी अरेबिया फर्कन नसक्ने गरी बन्देजसमेत गरिन्छ भने लागुऔषधमा पनि साउदीमा कडा नियम रहेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।