बेइजिङ । चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ ।
प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ ।
चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ।
चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, देशको रकेट शृङ्खला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक (नीलो पुस्तिका) पनि सोही पत्रकार सम्मेलनमा जारी गरी यसबारे थप जानकारी दिइएको छ ।
काठमाडौ । जिम्बावे सरकारले मृत्यु दण्डको सजाय अन्त्य गरेको छ। जिम्बावेका सूचना मन्त्री जेनफैन मुसवेरेले राष्ट्रव्यापी रुपमा सङ्कलन गरिएको सल्लाह सुझावको आधारमा देशमा रहेको मृत्यु दण्डको सजाय अन्त्य गर्ने निर्णय गरिएको बताएका छन्।
बीबीसीका अनुसार जिम्बावेमा पछिल्लो २० वर्षदेखि कुनैपनि व्यक्तिलाई मृत्यु दण्डको सजाय दिइएको छैन।
सरकारको उक्त निर्णय पछि अब कैदीहरूको सजाय आजीवन कारावासमा परिणत हुनेछ।
सरकारले मृत्यु दण्डको सजाय अन्त्य गर्ने निर्णय कहिलेबाट लागू हुनेछ भन्ने विषयमा खुलाइएको छैन।
राष्ट्रपति एमर्सन मनाङ्गाग्वा जिम्बावेमा मृत्यु दण्डको सजायका विरोधी हुन्। ६० को दशकमा उनलाई पनि मृत्यु दण्डको सजाय सुनाइएको थियो। तर, पछि उनको सजाय रद्द गरेर कारावासमा परिणत गरिएको थियो।
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भड्किएको दुई पक्षीय युद्धमा परि मृत्यु भएका नेपाली प्रति गहिरो दुख व्यक्त गरेका छन् ।
पूर्वराजा शाहले विषम परिस्थितिमा रहेका नेपालीको उपचार, उद्दार र नेपाल फर्काउने कार्यमा तत्परता देखाउन र कुटनैतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पूर्व राजा शाहले अध्ययन र रोजगारीका शिलशिलामा त्यहाँ रहेका हजारौं नेपालीहरु युद्धको चपेटामा परेकोमा चिन्तासमेत व्यक्त गरेका छन् ।
विज्ञप्तिमा आजको दुनियाँमा कहिं पनिं द्धन्द र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनु पर्ने धारणा उललेख गरिएको छ ।
काठमाडौं । आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको मृत्यु भएको पुष्टि गरे । उनले पनि १० जना नेपालीको मृत्यु भएको, दुई जना सुरक्षित अवस्थामा रहेको, चारजना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।
परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । “करिब १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,” मन्त्रालय स्रोतले भन्यो, “मृतकको शव संकलनको काम भइरहेको छ ।”
उनीहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका हुन् । ज्यान गुमाउनेमा कैलालीको घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, कैलालीको बौनियाका आशिष चौधरी, दार्चुलाको लेकम गाँउपालिका–५ का दिपेश विष्ट, बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपाली, डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा रहेका छन् ।
यसैगरी सल्यानको सारदा–३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह, सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको ज्यान गएको छ । शनिबार हमासले इजरायलमा गरेको रकेट आक्रमणमा परेर उनीहरूको ज्यान गएको हो ।
साउदीको जेलमा ४८० नेपाली
साउदी । नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ। केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ भने, केही विभिन्न मुलुकका जेलमा छन्।
जेलमा पर्नुको कारण छोटो समयमा धेरै पैसा कमाउने लोभमा त्यहाँको कानुनविपरीतको काम गर्नु नै हो। अहिले साउदी अरेबियाको जेलमा ४ सय ८० नेपाली रहेको दूतावासको तथ्यांकले देखाउँछ। यो हालसम्मको तथ्यांक हो।
जेल पर्नेमध्ये ८० प्रतिशत मदिरा बनाउने र ओसारपसारको आरोपमा कैद सजाय भोगिरहेका छन्। बाँकी भने, साउदीको नियमविपरीत काम गरेर जेल परेको दूतावासले जनाएको छ। साउदीमा अवैधानिक तरिकाले कार्यरत कम्पनी छोडेर भाग्ने नेपालको संख्या पनि दैनिक बढ्दो दरमा रहेको छ। दूतावासका अनुसार विभिन्न सेवा सुविधा र तलबको लोभमा परी हालसम्म कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १२ हजारभन्दा बढी छ।
साउदी अरबस्थित दूतावासमा आउने उजुरीमध्ये सबैभन्दा धेरै पारिश्रमिक नदिएको छ भने कम्पनीले समयमा अस्थायी बसोबासको कागजपत्र ९अकामा० उपलब्ध नगराउने, आपतकालीन अवस्थामा घर जान बिदा नदिने, लामो समय काममा लगाउने, जोखिमयुक्त क्षेत्रमा काममा लगाउने तथा सम्झौताविपरीत काममा लगाउने उजुरी परेको छ।
साउदीमा बिना जानकारी सम्बन्धित कम्पनीबाट भागेमा साउदीको नियम र कानुनअनुसार कामदारले पाउने सेवा सुविधाबाट बञ्चित रहने छन्। जबसम्म सम्बन्धित कम्पनीले भागेका कामदारमाथि एक्जिट लगाउँदैन तबसम्म स्वदेश फिर्ता हुन पाउँदैनन्। एक्जिट लगाएको २ महिनाभित्र स्वदेश फिर्ता नभए साउदीको नियमअनुसार १–२–३ हजार जरिवाना थपिँदै जान्छ।
साउदीमा रक्सी ओसारपसारमा कार्यमा जेल परेकाहरूलाई र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुनःसाउदी अरेबिया फर्कन नसक्ने गरी बन्देजसमेत गरिन्छ भने लागुऔषधमा पनि साउदीमा कडा नियम रहेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
भारतले जुलाई १४ मा चन्द्रयान ३ प्रक्षेपण गर्ने
नयाँ दिल्ली— भारतले आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट जुलाई १४ मा शुक्रबार दिउँसो २ः३५ बजे अन्तरिक्ष यान चन्द्रयान ३ प्रक्षेपण गर्ने भएको छ।
इसरो प्रमुख एस सोमनाथले भने कि चन्द्रयानले २३ वा २४ अगस्टमा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने प्रयास गर्नेछ। रकेट सबै तयार छ। यसलाई बुधबार नै लन्चिङ भेहिकलमा फिट गरिएको थियो। यस मिशनको सम्पूर्ण बजेट ६५१ करोड रुपैयाँ छ।
चन्द्रयान–३ को ल्यान्डर चन्द्रमामा अवतरण गर्न सफल भएमा भारत यस्तो गर्ने चौथो देश बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले आफ्नो अन्तरिक्ष यान चन्द्रमामा अवतरण गराइसकेका छन् ।
यस मिसनमा भारतले चन्द्रमाको सतहमा ल्यान्डर अवतरण गर्नेछ । यस ल्यान्डरमा एक रोभर पनि छ जसले चन्द्रमाको सतहमा घुम्नेछ र त्यहाँ केही प्रयोग गर्नेछ। ल्यान्डर एक दिन चन्द्रमामा रहनेछ। एक चन्द्र दिन १४ पृथ्वी दिन बराबर हुन्छ।
चन्द्रयान–३ को ल्यान्डर चन्द्रमाको सतहमा अवतरण गर्नका लागि त्यहाँ सूर्य निस्किसकेको हुनुपर्छ । ल्यान्डरको लागि सूर्यको किरण आवश्यक छ। चन्द्रमामा १४–१५ दिनमा सूर्य उदाउँछ र बाँकी १४९१५ दिनमा सूर्य उदाउँदैन ।
चन्द्रयान–३ ले चन्द्रमाको तापक्रम कति छ रु सतहमा कति भूकम्प आउँछ रु त्यहाँको प्लाज्माको वातावरण कस्तो छ र त्यहाँको माटोमा के के तत्व छन् रु भन्ने कुरा पत्ता लगाउनेछ ।
मार्चमा परिक्षण पास गरेको चन्द्रयान–३ ले प्रक्षेपणका क्रममा कम्पन र ध्वनि कम्पन सहन सक्ने क्षमताको परीक्षण सफलतापूर्वक पास गरेको थियो ।
साथै, अमेरिकी अन्तरिक्ष एजेन्सी नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन ९नासा० ले चन्द्रमाको लेजर रेन्जिङको पनि अध्ययन गर्नेछ।
मृत्यु मार्ग बन्दै वैदेशिक रोजगार, ११ महिनामा १ हजार बढीको विदेशमै ज्यान गयो
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढिले मृत्यु भएको छ ।वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको ११ महिनामा सातै प्रदेशका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक हजार ६३ जना श्रमिकको मृत्यु भएको हो ।
चालू आवमा मधेश प्रदेश र कोशी प्रदेशबाट मात्रै ४ सय ९४ जनाको मृत्यु भएको छ जसमध्ये १६ जना महिला श्रमिक रहेका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट २ सय ३५, गण्डकी प्रदेशबाट एक सय ३९ श्रमिकले ज्यान गुमाएका छन् भने बाग्मती प्रदेशका एक सय २५, कर्णाली प्रदेश ५० र सुदूरपश्चिम प्रदेशबाट २० जना श्रमिकले ज्यान गुमाएका छन् ।
चालू आर्थिक वर्षमा ३ सय जना श्रमिक अङ्ग भङ्ग भएका छन् । अङ्ग भङ्ग हुनेमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रहेको सचिवालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, कोशी प्रदेशबाट पुरुष ६३ र महिला ३ गरि ६६ जना वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले अङ्ग भङ्ग भएका छन् भने लुम्बिनी प्रदेशबाट ६५, गण्डकी प्रदेशबाट ५३, मधेश प्रदेश ५० ,बाग्मती प्रदेशबाट ४४ जना श्रमिक अङ्ग भङ्ग भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट भने १२ जना र कर्णाली प्रदेशबाट १० जना श्रमिक अङ्ग भङ्ग भएको बोर्ड सचिवालयले जनाएको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि भित्रै ज्यान गएमा बोर्डमार्फत हकवालाले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ । बीमा गरेबापत भने १४ लाख पाउने व्यवस्था छ तर स्वदेश रहँदै मृत्यु भएमा भने १३ लाख मात्र पाइने व्यवस्था रहेको छ । बीमा कम्पनीबाटै १५ वटा घातक रोग लागेमा रु ५ लाख पाइने छ ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ संचालित तीन महिने आधारभुत सिलाईकटाई तालिम आइतबार सम्पन्न भएको छ । तालिमको एक कार्यक्रमकाबिच समापन गरिएको छ ।
बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लिका व्यवस्थापक सागर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया वडा नम्बर ३ का वडा अध्यक्ष मनॠषि आचर्य रहेका थिए ।
कार्यक्रमको अथितिमा बर्दगोरिया गाउँकार्यपालिका सदस्य भिम बिक, न्यायिक समिती सदस्य ३ न वडा सदस्य राम बहादुर चौधरी ,कपिल गुरुङ ,भावना बिक रहेका थिए । तालिममा वडाका ६ वटै टोलबाट जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागि रहेको थियो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को आयोजनामा बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लि को सहकार्यमा २०७९ चैत्र ५ देखि पालिकाको वडा नम्बर ३ मा उक्त सिलाइ कटाई तालिमको सुरुवात भएको थियोे ।
तालिमको प्रशिक्षण जोशिपुर गाउँपालिका वडा नम्बर ६ का आशोक रानाले गर्नु भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ३ का अध्यक्ष आचर्यले यो ३ महिने सिलाइ कटाई तालिममा अनुशासित रूपमा सहभागी भइ सफलता पुर्वक तालीम हासिल गर्नु भएकोमा सहभागीहरुलाई बधाइ सहित धन्यवाद दिए ।
सो क्रममा उनले तीन महिनामा आफुले सिकेको सिप व्यवहारीक जिवनमा लागु गरी आफ्नो आर्थिक स्तर उन्नति गर्न समेत सहभागी हरुमा अनुरोध गरे । यस्तै आ व ०८०/८१ मा थप बजेत थपेर मेसिन सहित को तालिमको लागि पहल गर्ने पनि बताउनु भयो । कार्यक्रमलाई बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले सन्चालन गर्नु भएकोे थियो ।
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।
नियमका अनुसार नयाँ मूल्य सूची अनुसार पेट्रोलमा करिब साढे ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेर आएको छ । इन्धनको मूल्य बढेर आएसँगै निगमको १५ दिनको नाफा घटेर करिब ६० करोड प्रक्षेपण रहेको निगमको भनाई छ ।
बर्दगोरियामा रहेका सहकारी संस्थाहरुका लागि संचालित COPOMIS सम्बन्धि तालिम सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेका सहकारी संस्थाहरुका लागि संचालित तिनदिने तालिम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको आयोजनामा भएको तालिमको मंगलबार गाउँपालिकाका आर्थिक विकास संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
तालिममा सहकारी संस्थालाई कसरी अनलाइन प्रणालीमार्फत संचालन र सेवा प्रवाह गर्न सकिन्छ ? यसको व्यवस्थापन ,पुजि परिचालन ,बचत तथा ऋण लगानी तथा गरिबी न्यूनीकरणमा – के कसरी फाइदा पुर्याउन सकिन्छ ? भन्ने बारेमा सहकारी संस्थाका संचालक, अध्यक्ष तथा प्रतिनिधिलाई जानकारी गराइएको थियो । तालिममा बर्दगोरिया गाउँपालिका भित्र संचालनमा रहेका विभिन्न ४२ ओटा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । उनीहरूलाई प्रशिक्षक कृष्ण प्रसाद न्यौपाने प्रशिक्षण दिनुभएको थियो ।
तालिमको समारोहमा वडा नम्बर २ का अध्यक्ष गोविन्द विकले सहकारी संस्थाको माध्यमबाट समाजलाई आर्थिक रूपमा सबल बनाउन सकिने भएको हुँदा यसको दिगो विकास र व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।उहाँले सहकारी संस्थाहरुको संचालनकोबाट आर्थिक समृद्धिलाई गतिशील बनाउने भएकाले गरिबी घटाउन र समाजमै स्वरोजगारको बाताबरण सृजना गर्ने सफल माध्यम भएको हुँदा दिगो व्यवस्थापनमा जोड दिनुभयो ।
तालिमको समापन गर्दै पालिकाका आर्थिक विकास संयोजक रामकृष्ण डगौरा थारुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगरी सहकारीको वृद्धि विकासमा ध्यानदिन आग्रह गर्नुभयो ।
उहाँले सहकारीको माध्यमबाट बचत तथा ऋण परिचालन, र यसको व्यवस्थापनबाट आयआर्जन र रोजगारी सिर्जनागर्न सकिने कुरामा जोड दिनुभयो । तालिममा सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।