मनिला । फिलिपिन्समा ‘कुखुराको भाले जुधाइ’ प्रतियोगिताका लागि गएको एक समूहलाई अपहरण गरेको आरोपमा ६ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । अपरहणमा परेको ६ जनाको समूह आगामी जनवरीमा राजधानी मनिलामा हुने भाले जुधाइ प्रतियोगितामा भाग लिन जाँदै थियो ।
फिलिपिन्समा भाले जुधाइ निकै लोकप्रिय बाजी राख्ने खेलको रूपमा चिनिन्छ ।
उनीहरू अचानक रहश्यमय ढंगले बेपत्ता हुँदा भाले जुधाइ खेल जगत नै मर्माहत भएको छ । कोभिड महामारीपछि सरकारले आफ्नो आर्थिक घाटा परिपूर्तिमा भाले जुधाइको लाइभ स्ट्रिमिङबाट उठेको करले सहयोग गरेको पाइएको छ ।
तर, फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टोले परम्परागत भाले जुधाइ खेललाई पुन: निरन्तरता दिने क्रममा यसको अनलाइन प्रतिस्पर्धा माथि प्रतिबन्ध लगाएका थिए ।