बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ महेन्द्रराजमार्गको सम्झना चौक नजिक बुधबार ९:३० बजे राती पश्चिम्बाट पुर्वतर्फ गईरहेको मोटरसाइकलले सोही दिशातर्फ गईरहेको साईकललाई ठोक्दा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार मृत्यु हुनेमा लम्की चुहा नगरपालिका-१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सेना रहेका छन् ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सु प प्र ०१००९प ९०७६ नंम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साईकललाई पछाडीबाट ठक्कर दिईएको थियो । दुर्घटनामा घाईते साईकलमा सवार दिनेश तिमिल्सेनालाई उपचारका लागि नेपालगन्ज नर्सिङ होम लगेका थिए । घाईते तिमिल्सेनाको उपचारका क्रममा राती १२:८ बजे मृत्यु भएको हो ।
मोटरसाइकल चालक भजनी नगरपालिका-१० का ३५ वर्षीय नवीन चौधरी सामान्य घाइते भएका छन । मोटरसाईक चालक सहित अन्य २ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको र मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।