धनगढी । मानवसेवा आश्रमले सदूरपश्चिम कैलालीकाे धनगढीमा आयाेजना गरेकाे श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ कथावाचनकाे पहिलाे दिन बिहीबार ५१ लाख ७६ हजार रूपैयाँ बराबर दान संकलन संकलन भएकाे छ ।
मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले हिजाेदेखि पशुपति टोलमा सुरू भएकाे महायज्ञमा दान गर्नेहरूकाे उत्साहजनक सहभागिता रहेकाे छ ।
महायज्ञमा बिहीबार एकैदिन ६ जना मनकारी दातहरूले भवनकाे एक काेठा निर्माणकाे लागि दान गर्नुभएकाे हाे भने बुढीगंगा नगरपालिका बाजुराले मानवसेवा आश्रम धनगढी शाखाकाे भवनकाे एक काेठा निर्माण गर्ने प्रतिवद्धता जनाएकाे छ ।
धनगढी उपमहानगरपालिका-२ निवासी निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेठ्ठीले स्वर्गीय बुवा मदनसिंह सेठ्ठीकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएकाे छ । त्यस्तै उहाँकाे श्रीमती रमा स्वाँर सेठ्ठीले स्वर्गीय बुवाआमा तप्तबहादुर स्वाँर र सूर्यदेवी स्वाँरकाे स्मृतिमा एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुएकाे हाे ।
धनगढी उपमहानगरपालिका- २ निवासी माया मेट्राे अस्पताल प्रा.लि.का सञ्चालक धिरेन्द्र साउँदले स्वर्गीय हजरबुवा दानबहादुर साउँद र हजुरआमा मिनादेवी साउँद र स्वर्गीय ठूलीआमा चम्पादेवी साउँदकाे स्मृतिमा महायज्ञमा ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नु भएकाे छ । धनगढी उपमहानगरपालिका-४ निवासी पदम भण्डारीले स्वर्गीय बुवाआमा वीरबहादुर भण्डारी र लक्ष्मीदेवी भण्डारीकाे स्मृतिमा भवनकाे एक काेठा निर्माण सहयाेगार्थ ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ याेगदान गर्नुभयाे । त्यस्तै धनगढी उपमहानगरपालिका- ४ बसपार्क निवासी थिरबहादुर स्वाँर/शिल्पादेवी स्वाँरले भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ प्रदान गर्नुभएकाे छ । धनगढी उपमहानगरपालिका- ५ निवासी सिद्धराज भट्टले पनि भवन एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ महायज्ञमा दान गर्नुभएकाे हाे ।
त्यस्तै धनगढी उपमहानगरपालिका-३ निवासी साेम ढकाल/पद्मा ढकालले निर्माणका लागि ५५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे छ । त्यस्तै धनगढी उपमहानगरपालिका-४ निवासी चन्द्रादेवी पनेरूले स्वर्गीय पति जगतनाथ पनेरूकाे स्मृतिमा वृद्धभत्ताकाे रकम स्वरूप ५१ हजार ५ सय ५५ रूपैयाँ याेगदान गर्नुभएकाे छ ।धनगढी उपमहानगरपालिका- ११ निवासी कृतिका उपाध्यायले ५ हजार १ सय ५५ रूपैयाँ, उद्यमीशील आमा समूहद्वारा भवन निर्माण सेवाका लागि १५ हजार ५ सय ५५ रूपैयाँ याेगदान भएकाे छ ।
त्यस्तै महायज्ञमा आनन्द अग्रवालले ११ हजार रुपैयाँ, बालकुमारी बुढाथोकीले ५ सय ५ रुपैयाँ, बह्मलाल पौडेलले १ हजार १ रुपैयाँ, डम्बरबहादुर शाहीले १ हजार १ सय ५५ रुपैयाँ, देवराज विष्टले १५ हजार, १ सय ५५ रुपैयाँ , धुव्रराज ओझाले ५ हजार १ रुपैयाँ, दिलबहादुर विश्वकर्मा ६ सय ५५ रुपैयाँ, गिता मल्लले १५ हजार ५ रुपैयाँ, गोमा चौलागाईले ७ हजार, हरिलाल खनालले १ हजार १ सय ५५ रुपैयाँ, ईन्द्रप्रसाद लेखकले ५ हजार २५ रुपैयाँ, कन्दकलाकुमारी राना ११ हजार, केदारनाथ पौडेल र खडकबहादुर धामी, कृष्णादेवी शाहीले ३ हजार ३ सय रुपैयाँ, ललिता जोशीले ३ हजार, लिलादेवी घिमिरेले १ हजार १० रुपैयाँ, महेन्द्रराज पन्तले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, मन्जु भट्टले १५ हजार रुपैयाँ, राजेन्द्रबहादुर साउँद १५ हजार ५ सय ५ रुपैयाँ, शशी कुँवर फुयाल र महेश फुयालले २७ हजार ५ रूपैयाँ, शिवपुरी उत्तर रामेश्वर ज्योतिलिङ्ग धाम व्यवस्थापन परिवार तथा नारी जागर समूहले ५१ हजार रुपैयाँ र सुशीलकुमार अग्रवालले १ लाख ५१ हजार रूपैयाँ दान गर्नुभएकाे हाे ।
मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाकाे २०७५ साल मंसिर १ गते धनगढी -५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेकाे हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।
हिजाेदेखि सुरू भएकाे महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।