बौनिया । सुदूरपश्चिम प्रदेशको गौरबको आयोजनाका रूपमा हेरिएको सेती लोक राजमार्ग अन्तर्गत कैलालीको बौनियाँ–टिकापुर सडकखण्ड स्तरउन्नतिको काम सुरु गरिएको छ । बौनियाँ बजारबाट साढे ४ किलोमिटर दक्षिणतर्फ कंक्रिट वाल, सडक नाली तथा सडक भरानको काम शुक्रबारदेखि सुरु गरिएको हो । उक्त सडक खण्डको शुक्रबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले शिलान्यास गरेका छ्न । सेती राजमार्गको कुल २९६ किलोमिटर सडकमध्ये ४.५ किलोमिटर दक्षिण खण्डको स्तरउन्नति गर्न लागिएको पालिका अध्यक्ष कुँवरले बताए । उनले भने, ‘सहर तथा बस्ती भएको ४.५ किलोमिटर सडक निर्माण गर्न लागिएको बताए ।
शुक्रबारबाट निर्माण सुरुभइ असारमसान्तसम्म निर्माण गरी सक्नुपर्ने गरि काम थालिएको निर्माण कम्पनीका शिवराज सापकोटाले बताए । सडक स्तरोन्नति शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष कुँवरले सडक स्तरोन्नति भए बौनिया टिकापुर आउजाउ गर्न सहज हुने बताए । उनले सडक जीर्ण भएका कारण टिकापुर जान सास्ती खेप्नुपरेको बताउदै बौनिया टिकापुरलाई जोड्न सडकले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । कामको सुभारम्भ गर्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सम्झौता अवधि भित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । “सेती राजमार्ग निर्माणको काम उसै पनि ढिला भईरहेको छ । यसलाई चाँडो भन्दा चाँडो सम्पन्न गर्न निर्माण कम्पनीहरु लाग्नु पर्ने छ । सेती राजमार्गमा पर्ने हाम्रो पालिकाको क्षेत्रमा एउटा पक्की पुल सम्पन्न भईसकेको छ ।
अर्को पुल अवको २÷३ महिनामा सम्पन्न हुँदै छ । यो कामलाई पनि हामीले चाँडो सम्पन्न गर्यौ भने हामीहरुलाई नै सहज हुने हो । यो सडक बन्नु भनेको सुदूरपश्चिम प्रदेशको समृद्धीको ढोका खुल्नु हो । त्यसैले पनि हामी सबैजना आ–आफ्नो ठाउँबाट लागी परौं ।” उनले भने ।
कामको शुभारम्भ कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी, निर्माण व्यवसायी शिवराज सापकोटा, रबि शाही लगायत अन्य जनप्रतिनिधी समेत सहभागी थिए । यही सडक अन्तर्गत दुर्गौली–प्रतापपुर १० किलोमिटर सडकखण्ड कालोपत्रेको काम चलिरहेको छ भने कैलाली खण्डको मोहन्याल गाउँपालिका क्षेत्रमा करिब ३ किलोमिटर सडक मात्रै ट्रयाक खोल्न बाँकी छ । यो ट्रयाक खुलेमा टिकापुर खिमडी (ठुलीगाड) को सिधा यातायत सम्पर्क जोडिने छ ।
६ करोड १५ लाख ४९ हजार लागतमा चालु आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न गर्ने गरी पृथ्वी महानिगलाशैनी र पृथ्वी एचबि जेभिले कामको जिम्मा पाएको छ । जस अन्तर्गत करिब एक हजार एक सय मिटर पक्की नाला, सडकको दुबै पट्टी करिब दुई हजार मिटर कंक्रिट वाल र १६ मिटर चौडाइको साढे चार किलोमिटर सडक भरानको काम हुनेछ ।
त्रिदेशिय नाकालाई छुने राजमार्गले कैलाली,डोटी, अछाम हुँदै चिनको ताक्लाकोट सडक सञ्जालसँग जोडिएको बताउँदै २९६ किलोमिटर लामो सेती राजमार्ग सडकको ट्र्याक खोल्ने काम संगै दक्षिण खण्डको स्तरोन्नतिको काम अगाडि बढेको हो ।