बर्दगोरिया १ मुडा गाउँमा पालिका स्तरीय भल्मन्साहरुको लागि सभाहलको शिलान्यास
१६ चैत्र ,बैशाख । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित मुडा गाउँमा पालिका स्तरीय भल्मन्साहरुको सभाहल निर्माण कार्य सुरु हुने भएको छ ।
पालिकाभित्र रहेका भल्मन्साहरुलाई कार्य सम्पादनमा सहजता, योजना तर्जुमा, विभिन्न सभा समारोह तथा कार्यक्रम गर्नका लागि सहजता पुगोस भन्ने उदेश्यका साथ उपभोक्ता समितिमार्फत सभाहल निर्माणको काम अगाडि बढाइएको हो ।बर्दगोरिया गाउँ सरकारको २० लाख तथा स्थानीयको ५ लाख बढीको जनश्रमदानबाट निर्माण हुन लागेको भवनको शुक्रबार पालिका अध्यक्ष कर्ण बहादुर कुवर ,उपाध्यक्ष गणेश राज गिरिले संयुक्त रूपमा सभाहलको शिलान्यास गरेका छ्न ।
बर्दगोरिया भल्मन्सा समाजका अध्यक्ष पदम डगौराको सभाध्यतामा भएको कार्यक्रममा वर्षौपछि स्थानीय सरकारले सभाहल निर्माण गरिदिने भएपछि स्थानीय थारु बुद्धिजीवी तथा समाजसेवी भने खुशी भएका छ्न ।कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले जतिसक्दो छिटो सभाहल निर्माणको काम पूरा हुनेगरी काम गर्नुपर्ने भन्दै यसमा वडा र पालिकाबाट हुने सबै सहयोग गरिने बताए ।
शिलान्यास कार्यक्रममा पालिका उपाध्यक्ष गणेश राज गिरिले समृद्ध र समुन्नत समाज निर्माणमा भल्मसाहरुले पुराउदै आएको योगदानको उच्च प्रसङ्सा गरे । उनले आफ्नो धर्म,सस्कृतिक भेषभुषा तथा रितिरिवाजको संरक्षण गर्नका लागि सबैभन्दा बढी आफै जिम्मेवार बन्नुपर्ने बताए ।
भवनको शिलान्यास गर्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले थारु समुदायसहित यहाँ बसोबास गर्ने सबैको धार्मिक तथा सास्कृतिक क्षेत्रको संरक्षण र सम्बर्द्धनमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।
भलमन्सा (बडघर) प्रथा थारू समुदायमा सदियौँदेखि प्रचनमा रहेको छ। थारू गाउँमा हरेक माघमा समुदायका व्यक्तिहरूले भलमन्सा चयन गर्छन् । समुदायमा हुने झैझगडा, वादविवाद, न्याय निसाफलगायतका काम भलमन्सा प्रथाबाटै हुने गरेको छ ।
गाउँको मुखियाका रूपमा भलमन्सा चयन हुन्छन् । यो प्रथामा भलमन्सासँगै अघारी, चिरक्या, चौकीदार, गुरुवा, केसौको पनि चयन गर्ने गरिन्छ । अघारीले भलमन्साको अनुपस्थितिमा भलमन्साको प्रतिनिधिको रूपमा काम गर्छन् ।
बर्दगोरिया । बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा चैत ११ गते भोलि चर्चित नायक पहल शाह प्रस्तुति हुने भएको छ ।कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नारा दिएको महोत्सवमा भोलि चैत ११ गते चर्चित नायक पल शाह , टेक बि सि ,उद्घोषिका रुपा जि एम लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।
चैत ९ गते देखि १८ गते सम्म सन्चालन हुने महोत्सवमा गायक कमल खत्री ,चक्र बम, पशुपती शर्मा , शान्ती श्री परियार, एलिना चौहान, गायिका अनु चौधरी , देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) मोडल रुबिना अधिकारी , शुशिला कार्की, गायिका तथा उद्घोषिका रुपा घर्तिमगर, मोडल रितु चौधरी कल्पना पाण्डे (कुशुम), हास्य कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।
महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ । साथै टिकट बाट उठेको प्रती टिकट १ रुपैयाँ बर्दगोरियामा रहेको सहारा घरलाई छुटाउने आयोजकले जनाएको छ ।
चौमाला । कैलाली गौरीगङ्गा नगरपालिकामा वित्तीय शिक्षाका बारेमा जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ । केही समय अगाडि स्थापना भएको लघुवित्त मिलन केन्द्रलेको आयोजनामा चाैमालामा रहेको चाैमाला बहुमुखी क्याम्पसमा सो कार्यक्रम सम्पन्न भएको हो ।
लघुवित्त मिलन केन्द्रले बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको लागि वित्तीय शिक्षाको बारेमा ज्ञान दिने उद्धेश्यले साे कार्यक्रमकाे आयाेजना गरेको जनाइएको छ । चाैमाला बहुमुखी क्याम्पसका स्ववियु सभापति हरेन्द्र बुढाकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लघुवित्त मिलन केन्द्र गाैरीगङ्गाका अध्यक्ष तपेन्द्र प्रसाद खनाल रहनु भएको थियाे ।कार्यक्रमकाे विशिष्ट अतिथिका रुपमा स्वराेजगार लघुवित्तका अनुगमन प्रमुख विजय नारायण ठाकुर र इन्फिनिटि लघुवित्तका अनुगमन प्रमुख बिनाेद कुमार भट्टराईकाे सहभागिता रहेको थियो ।
कार्यक्रम ग्लाेबल मनि वीक २०२४ काे अवसरमा आयाेजना गरिएको हाे । ग्लाेबल मनि वीक २०२४ काे यस बर्षकाे नारा आफ्नो पैसाको रक्षा गराै आफ्नो भबिष्यकाे सुरक्षा गराै भन्ने रहेको छ ।
कार्यक्रम काे सञ्चालन लघुवित्त मिलन केन्द्रका सदस्य पदम राज चाैलागाइले गर्नु भएको थियो ।
बर्दगोरिया महोत्सव; भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले शुक्रबार उद्घाटन गर्ने
बर्दगोरिया । कैलालीको बौनियामा संचालन हुन गइरहेको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० को तयारी लगभग पूरा भएको छ । आयोजक बर्दगोरिया सास्कृतिक मञ्चको आयोजनामा संचालन हुन लागेको महोत्सवको सम्पुर्ण तयारी लगभग पूरा भएको आयोजकले जनाएको छ ।निर्माणधिन सेती लोकमार्गको निर्माण कार्यलाई तिब्रता दिन दबाब स्वरुप छैटौं स्करणको सेती लोकमार्ग पहिचान महोत्सव २०८० को शुक्रबार सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले उद्घाटन गर्ने भएका छ्न । महोत्सव उद्घाटन समारोहमा सुदुरपश्चिम प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर विशिस्ट अथितिका रूपमा रहने छ्न ।
महोत्सवको पहिलो दिन चर्चित देउडा गाएक सुरेश शाही लगाएतका कलाकारको बेजोड प्रस्तुति राखिने आयोजकले जनाएको छ । कृषि, ब्यापार, सस्कृति र पर्यटनको विकास, निर्माणधिन सेती लोकमार्गको निकास” भन्ने मुल नाराका साथ आयोजित महोत्सव चैत्र १८ गतेसम्म चल्नेछ । महोत्सवलाई सफल पार्न आयोजकले नायक पल शाहजस्ता ख्यातिप्राप्त कलाकार बौनियामा झार्ने भएको छ ।
महोत्सवमा १ सय वटा व्यापारीक स्टल रहनेछ्न । महोत्सव अवलोकनकर्ताको लागि शुद्ध पिउने पानी, सुरक्षाको उचित प्रवन्ध मिलाइएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती संगै आधुनिक कृषि प्रबिधिको प्रशिक्षण, थारु तथा मगर गाँउ र खानाका परिकारहरु समेत राखिनेछ्न ।
महोत्सव अवलोकनकर्ताको लागि प्रतिव्यक्ति १ सय रुपैयाँको टीकट शुल्क लाग्ने जनाइएको छ । यसैगरी विद्यार्थी ,जेष्ठ नागरिक ,अपांगता भएका व्यक्तिहरुको लागि आवश्यक परिचयपत्रको आधारमा ५० रुपैयाँमा टीकट उपलब्ध गराइने भएको छ भने सिजिनल टिकटको हकमा ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
आयोजककाअनुसार टिकटबाट उठेको रकम प्रति टिकट बराबर १ रुपैया बर्दगोरिया २ मा रहेको सहारा घरलाई आर्थिक सहयोग गरिने आयोजकले जनाएको छ ।
महोत्सवले कला संस्कृतिको संरक्षण, व्यापार व्यवसायमा वृद्धि गर्नुका साथै निर्माणाधीन अवस्थाको राष्ट्रिय गौरवको आयोजनाको कामलाई तीव्रता दिन समेत महोत्सवले दबाब पुग्ने छ भने स्थानीय पर्यटकीय क्षेत्रको पहिचान समेत हुने अपेक्षा गरिएको छ ।
सेती लोकमार्ग भारत, नेपाल र चिन त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्त्वको सडक हो । यो सडक निर्माणाधीन चरणमा भएपनि निर्माणको कामले भने गति लिन सकेको छैन । यस्तै पहिचान र प्रचारप्रसारको प्रखाइमा रहेका पर्यटन र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेका बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्रको वृद्धि विकासमा समेत महोत्सवले टेवा पुर्याउने दाबी गरिएको छ ।
थारु राष्ट्रिय म्युजिक अवार्डको मनोनयन सार्वजनिक
बर्दगोरिया । नेपालमै पहिलोपटक यहि चैत्र २४ गते कैलालीको धनगढीमा हुन गईरहेको प्रथम थारु राष्ट्रिय म्युजिक अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । बुधबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीको उपस्थितिमा १९ विधाका मनोनयन सार्वजनिक गरिएको हो ।नेपालमा पहिलोपटक थारु चलचित्र, म्युजिक भिडियो तथा थारु लोक कला क्षेत्रका कलाकारहरुलाई सम्मान स्वरुप राष्ट्रिय स्तरको कार्यक्रमअन्तर्गत बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रालिको आयोजनामा हुन गइरहेको अवार्डमा १२० छनोट मध्येबाट ६९ जनालाई शीर्ष स्थानमा राखिएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिले जनाएको छ ।
सर्बोत्कृस्ट मोडल पुरुषमा सहभागी १७ मध्य शीर्ष ५ जना छनौट गरिएको थियो भने सर्बोत्कृस्ट मोडल महिलाको सहभागी १६ मध्य शीर्ष ५ छनौट मनोनयन सार्वजनिक गरिएको छ ।मनोनयन सार्वजनिक कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले पछिल्लो समय ‘थारु समुदायमा नयाँ पुस्ताहरुमा आफ्नो कला सस्कृती पलायन हुँदै गइरहेको अबस्थामा यसको संरकक्षणमा सबै गम्भीर बन्नुपर्ने बताए ।आयोजकका अनुसार प्रत्येक विधामा बढिमा पाँच जनासम्म मनोनयनमा परेका छन् । मनोनयनमा परेकाहरूको भोटिङ सुरु भएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिए ।
उनले नेपालमै पहिलो पटक थारु कलासंस्कृती संरक्षण गर्नका लागि थारु राष्ट्रिय म्युजिक अवार्डको आयोजना गर्न लागिएको बताए । चैत्र २४ गते शनिवार धनगढीमा एक भव्य कार्यक्रमका बिचमा अवार्ड वितरण गरिने समेत उनले जानकारी दिए ।
को-को परे मनोनयनमा ?
सेती लोकमार्ग निर्माण र पर्यटन विकासका लागि चैत्र ९ गतेदेखि बर्दगोरियामा महोत्स लाग्दै
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनियामा महोत्सव संचालन हुने भएको छ । निर्माणधिन सेती लोकमार्ग सडकको निर्माण कार्यलाई तिब्रता दिन दबाब स्वरुप छैटौं स्करणको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० को आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।“कृषि, ब्यापार, सांस्कृति र पर्यटनको बिकास, निर्माणधिन सेती लोकमार्गको निकास” भन्ने मुल नाराका साथ बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यही चैत्र ९ गतेदेखि १८ गतेसम्म महोत्सव संचालन हुने भएको हो ।
बिगत लामो समयदेखि निकै महत्वको साथ संचालन हुदै आएको महोत्सवले यसवर्ष पनि निरन्तरता पाउने र महोत्सवले पर्यटन, संस्कृति लगायत सेती लोकमार्ग र समग्र विकासमा महत्व राख्ने आयोजक बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चका अध्यक्ष भरत ताम्राकारले पत्रकार सम्मेलनमा बताए ।
महोत्सवमा १ सय वटा व्यापारीक स्टल रहनेछ्न । महोत्सव अवलोकनकर्ताको लागि शुद्ध पिउने पानी, सुरक्षाको उचित प्रवन्ध मिलाइएको छ । महोत्सव सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरिने आयोजकले जनाएको छ ।
महोत्सव अवलोकनकर्ताको लागि प्रतिव्यक्ति १ सय रुपैयाँको टीकट शुल्क लाग्ने जनाइएको छ । यसैगरी विद्यार्थी ,जेष्ठ नागरिक ,अपांगता भएका व्यक्तिहरुको लागि आवश्यक परिचयपत्रको आधारमा ५० रुपैयाँमा टीकट उपलब्ध गराइने भएको छ भने सिजिनल टिकटको हकमा ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
आयोजककाअनुसार टिकटबाट उठेको रकम प्रति टिकट बराबर १ रुपैया बर्दगोरिया २ मा रहेको सहारा घरलाई आर्थिक सहयोग गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती संगै आधुनिक कृषि प्रबिधिको प्रशिक्षण, थारु तथा मगर गाँउ र खानाका परिकारहरु समेत राखिनेछ्न ।
सेती लोकमार्गको कामलाई तिब्र रुपमा अघि बढाउन दबाब दिने हेतुले केन्द्रीय स्तरका नेता तथा मन्त्रीलाई महोत्सवमा ल्याउने तयारी भईरहेको बताईएको छ । झन्डै १० दिनसम्म संचालन हुने महोत्सवमा करिब ५ लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।
महोत्सवले कला संस्कृतिको संरक्षण सँगै व्यापार व्यवसायमा वृद्धि गर्नुका साथै निर्माणाधीन अवस्थाको राष्ट्रिय गौरवको आयोजनाको कामलाई तीव्रता दिन समेत महोत्सवले दबाब पुग्ने छ भने स्थानीय पर्यटकीय क्षेत्रको पहिचान समेत हुने अपेक्षा गरिएको छ ।
सेती लोकमार्ग भारत, नेपाल र चिन त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्त्वको सडक हो । यो सडक निर्माणाधीन चरणमा भएपनि निर्माणको कामले भने गति लिन सकेको छैन । यस्तै पहिचान र प्रचारप्रसारको प्रखाइमा रहेका पर्यटन र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेका बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्रको वृद्धि विकासमा समेत महोत्सवले टेवा पुर्याउने दाबी गरिएको छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ पारिगडा गाउँमा एक महिला मृत अबस्थामा भेटिएकी छ्न ।
स्थानीय शङ्कर ओलीकि २३ वर्षिय श्रीमती निर्मला ओली आफ्नै घरभित्र झुन्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ ।
प्रहरीकाअनुसार ओली आइतबार बिहान घरभित्र झुन्डिएको अबस्थामा भेटिएकी हुन । उनको श्रीमान विगत १५ महिनादेखि रोजगारीको शिलसिलामा छिमेकी देश भारतमा छन ।
उनको घरमा सासू बुहारी र ओलीकी डेढ वर्षकी छोरी बस्दै आएका थिए । ओलीको मृत्यु बारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ । अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान कार्य अगाडि बढाएको छ ।
घटनाबारे थप जानकारी आउन बाकी रहेको छ ।
बर्दगोरिया । पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुर चोक नजिक गुडिरहेको ट्रकमा आगलागी भएको छ ।
शनिबार दिउँसो बिरगंजबाट धनगढी जाँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा एक्कासि आगो लागेको हो । आगलागीबाट ट्रक र सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ । बिरगंजबाट लाइटर र सुकेको खुर्सानी बोकेर मालबाहक ट्रक धनगढी जाँदै गरेको अबस्थामा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ट्रकको अघिल्लो भाग, सीट र ब्याट्रीमा क्षती पुगेको देखिन्छ भने सामानमा सामान्यतया क्षति भएको छ । आगलागी भएको खवर प्राप्त हुँदासाथ छिमेकी लम्कीचुहा नगरपालिकाबाट दमकल मगायर आगो नियन्त्रणमा लगिएको र सामान र ट्रक दुबै पुर्ण रूपमा क्षति हुनवाट जोगाइएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।
घटनाको बारेमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
नायल तालको वृद्धि विकासमा फोटो पत्रकार महासङ्घको जागरुक्ता,गोदावरीमा अन्तरक्रिया
धनगढी । कैलालीको नायल तालको प्रचारप्रसारका लागि फोटो पत्रकार महासङ्घ कैलालीले शनिवार अन्तरक्रिया गरेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर-१२ मा पर्ने नायल ताल क्षेत्रमै पुगेर स्थानीय तथा सरकारका प्रतिनिधि सँग अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमका सहभागीहरूले पर्यटनको अथाह सम्भावना भएर पनि नायल ताल ओझेलमा परेको दुखेसो गरे । “रारा ताल, फेवा ताल जत्तिकै सम्भावना बोकेको ताल हो यो तर सरकारलाई यसको बारेमा कुनै वास्ता छैन । पूर्व देखि पश्चिम सम्म हेर्नुस्, चुरे पहाडको टाकुरामा रहेको एक मात्र ताल यही हो । यसलाई पर्यटन क्षेत्रका हिसाबले विकास गर्न सक्ने हो भने एउटा पालिकाका लागि मात्र होइन सुदूरपश्चिम प्रदेशकै लागि महत्त्वपूर्ण हुन्छ ।” स्थानीय हरिदत्त जोशीले भने । नायल ताल क्षेत्रमा घण्टेश्वर, मसानी, दोगटी, नन्नरै लगायतका देवी देवताको बास भएकाले यसलाई धार्मिक पर्यटन सँग जोडेर विकास गर्नु पर्ने पनि स्थानीय माग छ । यहाँ देवी देवताको ठुलो शक्ति र महिमाको इतिहास ठुलो छ । स्थानीय चन्द्र बहादुर थापाले भने,… “स्वच्छ मनले यो ठाउँमा भएका देवी देवताको भाकल गरे मनोकाङ्क्षा पूरा हुन्छ ।”
कैलालीको मालाखेती, कञ्चनपुरको वाणी तथा कलुवापुरबाट नायल पुग्न सकिने सडकको ट्र्याक खोलिए पनि स्तरोन्नति भने हुन सकेको छैन । विकासको मेरुदण्ड नै सडक भएकाले यस तर्फ सबैले ध्यान दिनु पर्ने स्थानीयको माग छ । “सबैभन्दा ठुलो कुरा सडक हो । सडक राम्रो भयो भने पो पर्यटनहरू आउने हुन ।” स्थानीय कमल सिंह खत्रीले भने,… “सरकारले सडक राम्रो बनाउनु पर्यो । डाँडाबाट बग्ने पानीले ताल पुरिने समस्या छ त्यसका लागि ताल वरिपरि नाला बनाउनु पर्यो अनि आरसिसी सहितको बाध बनाउनु पर्यो । यत्ति गर्ने हो भने बाकी काम त हामी स्थानीय पनि गर्छौ नि । सरकारको चासो हुनुपर्यो क्या ।”
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा नम्बर-१२ का वडा अध्यक्ष भीमबहादुर खड्काले वडाको बजेटले मात्रै यो सबै कुरा सम्भव नहुने भन्दै यसका लागि नगर, प्रदेश तथा सङ्घीय सरकार सँग समन्वय गरिरहेको बताए । “स्थानीय सरकारले ठुला योजना कार्यान्वयन गर्न सक्ने अवस्था छैन । प्रदेश र सङ्घ सँग माग गर्ने हो । सङ्घीय सरकारबाट तालको बाध निर्माणका लागि सामान्य बजेट आए पनि प्रदेश सरकारको बजेट भने शून्य छ ।” वडा अध्यक्ष खड्काले भने,… “यहाँ मुख्यमन्त्री, मन्त्रीहरू धेरै पटक आए । उनीहरूले नै अनुगमन गरेपछि अब त केही हुन्छ भनेर आस गरियो तर हात लाग्यो शून्य भयो ।”
चुरे पहाडको टाकुरामा देखिने मनोरम नायल तालले समग्र सुदूरपश्चिमको सम्भावना बोकेको त छ नै यस क्षेत्र पाइने महत्त्वपूर्ण जडीबुटी र कृषि उत्पादनले समेत सरकारको बाटो कुरिरहेका छन् । शनिवार फोटो पत्रकार महासङ्घ कैलालीका अध्यक्ष दिनेश विष्टको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सहजीकरण महासङ्घका सचिव राजकुमार साउँदले गरेका थिए ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जोकाही-सुगरखाल स्थित भक्तिनिया धाममा नवनिर्मित राधाकृष्ण मन्दिरको उद्घाटन गरिने भएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले यही फागुन २९ गते मध्याह्न १२ बजे मन्दिरको औपचारिक रूपमा उद्घाटन गर्ने भएका छ्न ।स्थानीय सरकार र नेपाल सरकारको सहलगानी तथा बर्दगोरिया गाउँपालिकाको प्राविधिक सहयोगमा वडा नम्बर ६ को धार्मिक तथा पर्यटकिय क्षेत्र भक्तिनिया धाममा राम जानकी सेवा समाजले मन्दिर निर्माण गरेको हो । संघीय सरकारको ६ लाख ७६ हजार र स्थानीय सरकारको ५ लाख आर्थिक सहयोग तथा स्थानीयको जनश्रमदान बाट मन्दिरले पुर्णता पाएको हो ।
मन्दिर उद्घाटन पुर्व फागुन २६ गते कलश यात्रा, २७ गते प्राण प्रतिष्ठा , २८ गते पुजापाठसहित भगवान राधाकृष्णको मुर्ति स्थापना गरिनेछ भने २९ गते औपचारिक रूपमा मन्दिरको उद्घाटन गरिने राम जानकी सेवा समाजले जनाएको छ । सो कार्यक्रममा उपस्थित भईदिन सबैलाई आग्रह गरिएको छ ।
प्राकृतिक सौन्दर्य, नदी, तालतलैया, खेल मैदान ,नवनिर्मित झोलुङ्गे पुल, धार्मिक तथा साँस्कृतिक सम्पदाले भरिपुर्ण भक्तिनिया धाम पछिल्लो समय आन्तरिक पर्यटको रोजाइको गन्तव्य बन्दै गएको छ ।
हाम्रो सभ्यता, संस्कृति र मानवीयतामा, नैतिकतायुक्त, सभ्य, सद्भावयुक्त, सुखी र शान्त मानव समाज निर्माण गर्न सम्बद्ध सबै पक्षलाई बलियो सन्देश दिनेगरी यस क्षेत्रको विकास र प्रवर्द्धनमा टेवा पुग्ने गरि आगामी दिनमा कार्ययोजनासहित अगाडि बढ्ने र आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य भेटाउने उदेश्य राखिएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित) ले बताए ।