बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा चैते धान रोप्दै किसानहरु । पालिकाको कृषि विकास शाखाका अनुसार यहाँका १५ प्रतिशत किसानले चैते धान खेती गर्दछन ।
बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ६ मा मुख्यत किसानले चैते धान रोप्ने गरेका छ्न । वडा नम्बर ६ को बासकोटी, तुलसीपुर ,जगतपुर र वडा नम्बर ५ को छराई तथा वडा नम्बर २ का केही स्थानमा किसानले चैते धान रोप्ने गरेका छ्न ।
फागुन मसान्तबाट नै यहाँका किसानले चैते धान रोप्ने गरेका छ्न । यतिबेला रोपिएको धान असारको पहिलो सातातिर पाक्ने गर्दछ । चैते धान पाकेपछि फेरि अर्को धान रोपिन्छ ।
चैते धानको प्रवल सम्भावना भएपनि किसानलाई भने सिचाइको सुविधा नहुदा समस्या हुँदै गएको छ । बाढी र डुवान प्रभावित क्षेत्रमा चैते धानको महत्त्व बढी देखिन्छ ।