बर्दगोरिया ६ मा भुमिहीनलाई जग्गाको निस्सा बितरण शुरु, माघ २९ गतेसम्म निस्सा बाडिने
पृथ्वीपुर । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा बिहिवारदेखि जग्गाको निस्सा बितरण कार्य सुरु भएको छ । राष्ट्रिय भुमी आयोग संग भएको सम्झौता बमोजिम भुमिहिन शुकुम्बाशी ,भुमिहिन दलित, र अव्यवस्थित बसोबासिहरुलाई जग्गाको निस्सा बितरण गरिएको हो ।
बर्दगोरिया गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) ले बिहिवार स्थानियलाई औपचारिक रूपमा जग्गाको निस्सा बितरणको काम उद्घाटन गरेका छ्न । पालिकाको लक्ष्य अनुसार कयौं बर्षदेखि अव्यवस्थित र भुमिहिनहरुले एलानी जग्गाको उपभोग गर्दै आएपनि हातमा लालपुर्जा नपाएर जग्गाको मालिक बन्न पाएका थिएनन् ।
सोही अनुरुप निस्सा बितरण कार्यलाई अगाडी बढाउदा अब सबै जग्गाको मालिक बन्ने जग्गाको निस्सा बितरण गर्दै वडा अध्यक्ष चौधरीले बताए । जग्गाको निस्सा पाउँदा स्थानियमा खुशी छाएको छ । वडा अध्यक्ष चौधरीकाअनुसार आफुले उपभोग गर्दै आएका जग्गा धनिले अब चाडै लालपुर्जा समेत पाउने बताए
उनले जग्गा जोत,उपभोग गर्दै आएको प्रमाण स्वरुप जग्गाको निस्सा बितरण गरिएको बताए । जग्गाको नाप नक्सा अहिले प्रदान गरिएको निस्साको आधारमा हुने उनले बताए ।
राष्ट्रिय भुमी आयोगसंग भएको सम्झौता बमोजिम भुमिहिन शुकुम्बाशी ,भुमिहिन दलित, र अव्यवस्थित बसोबासिहरुलाई जग्गाको निस्सा बितरणको काम वडा कार्यालयबाटै थालिएको छ ।
निस्सा वितरणको कार्य सहजताको लागि वडा नम्बर ६ मा रहेका सबै ९ वटा टोलहरुलाई क्रमिक रूपमा निस्सा वितरण हुनेछ । बिहिवार भने विशालनगरका स्थानीयलाई निस्सा बाडिएको थियो । बर्दगोरिया ६ मा माघ २९ गतेसम्म जग्गाको निस्सा वितरण हुनेछ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बेमौसमी रूपमा नयाँ जातको आलु खेती थालिएको छ। पछिल्लो समय बर्दगोरियामा गरिदै आएको पुरानो जातको आलुको उत्पादनमा ह्रास आउदै गएपछि बेमौसमी रूपमा नयाँ जातको आलुको खेती थालिएको हो ।
पालिकाको कृषि शाखाकाअनुसार यसपटकदेखि जुम्लामा उत्पादन हुँदै आएको कुमाल सेतो १ जातको आलुलाई यहाँ बेमौसमी रूपमा परीक्षण गरिदैछ । आलुको गुणस्तरीय बिउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बिउ विस्थापित गर्न र बिउ आलुमा आत्मनिर्भर बनाउन यो कार्यको सुरुवात गरिएको पालिकाका कृषि शाखा प्रमुख झङ्कर रावतले बताए ।
उनले पछिल्लो समय राशायानिक मलको बढ्दो प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास आउनुका साथै मौसम परिवर्तनको असरले किसानले लगाउदै आएको पुरानो आलुको उत्पादन घट्दै गएपछि योपटक देखि पालिकामा जुम्लामा उत्पादन हुदै आएको कुमाल सेतो १ जातको आलुको बेमौसमी खेती सुरु गरिएको हो । जसका लागि किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिदैछ ।
पालिकामा बेमौसमी रूपमा कुमाल सेतो १ जातको आलु खेती गर्न इच्छुक किसान, किसान फार्मलाई अनुदानमा बीउ बितरण गरिदैछ । बर्दगोरिया गाउँपालिकामा आलु खेती भएपनि बर्षौदेखि एउटै बिउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकिराको समस्या देखियो,’ उनले भने ‘गुणस्तरीय बिउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले यो कार्य थालिएको कृषि शाखा प्रमुख रावतले बताए ।
पालिकामा बेमौसमी रूपमा परीक्षण थालिएको कुमाल सेतो १ जातको आलु माघमा लगएर तीन महिनामै उत्पादन हुने अपेक्षा राखिएको छ । जसले उत्पादन शक्ति बढाउनुका साथै पालिकालाई आलुमा आत्मनिर्भर गराउन मद्दत पुर्याउने अपेक्षा छ ।
शुक्रबारदेखि कुमाल सेतो १ जातको आलुको बीउ वडा नम्बर ६ मा रहेको कृषि इकाईबाट किसानलाई वितरण गरिएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) ले किसानलाई बीउ हस्तान्तरण गरेका छ्न । यसको खेती गर्न इच्छुक किसानले पालिकाको कृषि शाखा र कृषि इकाइमा सम्पर्क गर्न सक्नेछ्न ।
अदुवा भन्दा पिँडालु महँगो
दिपायल । दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पालन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ ।
कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन । वीपी नगर र कैलालीको धनगढी, अत्तरियालगायतका बजारमा बिक्री भइरहेको छ ।
बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिकाका किसान सधैँभरी व्यवसायरुपमा गर्दै आएको अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन् ।
पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा अदुवाको मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका–२ का नरबहादुर शाहीले बताए। उनले भने, ‘अदुवाभन्दा कम मिहिनेत लाग्ने पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती सुरु गरेको बताए’, थोरैबाट सुरु गरेको पिँडालु खेतीबाट वार्षिकरुपमा रु ३० देखि ४० हजारसम्म आम्दानी हुने गरेको पनि बताए । आफुले पिँडालु खेती गरेपछि यस क्षेत्रका दर्जनभन्दा बढीले किसानले पिँडालु खेती गरिरहेका शाहीले बताए।
कुनै समय प्रतिकेजीको रु ९० मा बेचिने अदुवा यतिबेला प्रतिकेजी रु २० का दारले बिक्री गर्न बाध्य भएपछि पिँडालु खेती गरेको बडीकेदार गाउँपालिका–५ का तेज कोटकेनीले बताए उनले भने, ‘अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु रु ३० का दरले बिक्री गरिरहेका छन् । उनले भने, ‘पहिले कसैले पनि खरिद नर्गने पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधैँभरी किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ । स्थानीयस्तरमा बजारीकरण नभएका कारण किसान सस्तोमा बेच्न बाध्य छन्, उनले गुनासो गरे, घरघरमा सिंहदरबार अए पनि किसानलाई कसैले नहेरेको पनि बताए ।
दुई रोपनीबाट सुरु गरेको पिँडालु खेतीबाट राम्रौ आम्दानी भएको बडीकेदार–४ का घनबहादुर ताडीले बताए । साठीदेखि ७० रोपनीमा लगाउन गरेको अदुवा खेती विचौलिया व्यापारीका कारण मिहिनेत गरे जति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको बताए । यस वर्ष रु १५ हजार बराबरको पिँडालु बिक्रीबाट आम्दानी भएको ताडीले बताए । यस क्षेत्रमा बढी मात्रमा उत्पादन हुने अदुवाको मूल्यसँगै बजारमा नबिक्ने भएका कारण अदुवा खेती छोडेर कोही फलफूल खेती त कोही पिँडालु खेति गरिरहेको ताडीले बताए ।
किसानको जीविकोपार्जन गर्दै आएको अदुवा खेती पछिल्लो समय बजार र कम मूल्य भएका कारण अधिकांश किसान पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताए । यस क्षेत्रमा पिँडालु राम्रौ उत्पादन हुने भएकाले स्थानीय सरकारबाट पिँडालु पकेट क्षेत्र बनाई कार्यान्वयन गर्ने सबै किसानलाई सहुलियतमा अनुदान दिन र बजारीकारण र कोल्ड सेन्टरका लागि पहल गरिने शाहीले बताए ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । पालिकाको कृषि सेवा शाखाकाअनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व १० प्रतिशतले बढेको छ ।
कृषि शाखा प्रमुख झंकर बहाहुर रावतले यसवर्ष पालिकामा धान उत्पादन प्रति हेक्टर ३ दशमलव ४ प्रतिहेक्टर छ । “गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो”, उहाँले भन्नुभयो, “तर यसवर्ष धानको उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो ।”यसका साथै उन्नत जातको धानको बीउ प्रयोग गरिनु,प्राङ्गारीक मलको प्रयोग, सुक्ष्मतत्व मलको प्रयोग ,जिङ्क, कृषि पोषण,कृषि क्रान्तिको प्रयोग,मौसमको अनुकूलता, समयमा बीउबिजनको उपलब्धता र समयमा पानी परेका कारण पनि धान उत्पादन वृद्धि भएको हो ।
यसवर्ष बर्दगोरियामा चार हजार ६ सय ३२ मेट्रिक टन धान उत्पादन भएको छ । पालिकाको कुल २३ सय हेक्टर क्षेत्रफल मध्य १३ सय ८० हेक्टरमा धानबाली हुने गर्दछ । पालिकाले वडा नम्बर २ लाई नै मुख्यगरि धानखेतीको लागि पकेट क्षेत्र निर्धारण गरेको छ। यहाँका किसानले मुख्यत सर्जु ५२, हाइब्रेड जातको धान, सावा मनसुली जातको धानखेती गर्दै आएका छ्न।
भजनीमा अफ्रिकन स्वाइन फिभरबाट बंगुरहरू मरेपछि रोगको संक्रमणबारे अध्ययन थालियो
नगरपालिकाका भेटेरेनरी अधिकृत हरिलाल जैशीका अनुसार असोजदेखि फार्ममा बंगुर भटाभट मर्न थालेपछि परीक्षण सुरु गरिएको थियो । परीक्षणबाट बंगुरमा अफ्रिकन स्वाइस फिभर रोग प्रमाणीकरण भएको थियो ।
‘भटाभाट बंगुर मर्न सुरु भएको जानकारीपछि कात्तिक १४ गते बंगुरको रोग धनगढी पशु ल्याबमा पहिलो परीक्षण गरिएको थियो,’ जैशीले भने । काठमाडौंको पशुपक्षी रोग अन्वेषण प्रयोगशालाबाट कात्तिक १६ गते अफ्रिकन स्वाइन फिभर भएको प्रमाणीकरण भएको जैशीले बताए ।
उनले अफ्रिकन स्वाइन फिभर अफ्रिकन स्वाइन फिभर रोगको प्रमाणीकरण भएपछि फार्ममा बचेका ७० वटा थप बंगुरका पाठापाठीलाई समेत मारेर डिस्पोजल गरिएको बताए । ‘सुदूरपश्चिमको यो एउटा बंगुर फार्ममा मात्रैं अफ्रिकन स्वाइन फिभर रोग कसरी देखियो रु’ उनले भने, ‘यस सम्बन्धमा अध्ययन भइरहेको छ ।’ भेटेरेनरी अधिकृत जैशीले भजनीका अन्य बंगुर फार्मबाट कुनै पनि रोगबाट बंगुर मरिरहेको वा बिरामी खबर अहिलेसम्म प्राप्त नभएको बताए ।
अरु ठाउँबाट खबर नआएकोले बडिमालिका फार्ममा मात्रै कसरी यो अफ्रिकन स्वाइन फिभर रोग देखियो आफै आर्श्चयमा परेको उनले सुनाए । उनका अनुसार प्रारम्भिक अध्यायनअनुसार फार्म सञ्चालकले फार्मसँगै जोडिएको सटरमा मासुपसल पनि चलाएका थिए । ‘मासु पसलमा बाहिरबाट मारेर ल्याएको बंगुरको मासुसमेत बिक्री गरिने गरेको बुझिन्छ,’ उनले भने, ‘कुनै अन्य किसानले मारेर ल्याएको बंगुरबाट यो फार्ममा अफ्रिकन स्वाइन फिभर सरेको अनुमान प्रारम्भिक रूपमा गरेका छौं ।’ नजिकै सीमावर्ती भारतीय किसानको फार्ममा पालिएका बंगुरबाट यहाँसम्म मासुका माध्यम वा अन्य कारण पनि यो संक्रमण रोग सरेको हुन सक्ने उनले बताए ।
नेपाल र भारतको सीमावर्ती भजनी नगरपालिका ३ का स्थानीय किसानको पशु चौपायका खरिदबिक्री भारतीयसँग पनि हुने गरेको छ । बडिमालिका बंगुर फार्मका सञ्चालक बुढाले समेत आफ्नो फार्ममा कसरी यो रोगको संक्रमण भएको पत्तो पाउन नसकेको बताएका छन् । भेटेरेनरी अधिकृत जोशीले यो रोग मान्छेमा नसर्ने तर बंगुरमा मात्रै सर्ने गरेको बताए । ‘संक्रमित बंगुरको खाएको वस्तु चराले लिएर अर्को बंगुर फार्ममा खसालेको अवस्थामा त्यहाँको बंगुरले खाएमा वा संक्रमित बंगुरको खोरबाट मान्छेको जुत्ताचप्पल वा अन्य कुनै माध्यम अर्को बंगुरको खोरमा संक्रमण हुन सक्छ,’ उनले भने, ‘त्यसैले संक्रमित बंगुरको खोरसमेत नस्ट गर्नुपर्नेहुन्छ ।’
बर्दगोरियामा जग्गाको निस्सा वितरण सुरु, लालपूर्जाबिहीनहरु जग्गाको मालिक बन्ने प्रक्रिया सुरु
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले जग्गाको निस्सा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) वितरण कार्य सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरेको हो ।
सोमबार वडा नम्बर ३ मा भूमिहीन, अव्यवस्थित बसोबासीलाई निस्सा दिइएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवर र उपाध्यक्ष गणेश राज गिरिले स्थानीयलाई निस्सा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो क्रममा गाउँपालिकाका अध्यक्ष कुवरले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताए । उनले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताए । ‘यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उनले भने । ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुने अध्यक्ष कुवरको भनाइ थियो । सोही क्रममा पालिका अध्यक्ष कुवरले बर्दगोरियामा नदी कटानको जोखिम न्यूनीकरण, सडक स्तरोन्नति ,खानेपानी निर्माणको काम छिटोभन्दा छिटो सम्पन्न गर्ने बताएका थिए । उनले जनताको स्वास्थ्यलाई मध्यनजर गरि छिटो एम्बुलेन्स सेवा वडा नम्बर ३ बासीलाई उपलब्ध गराउने बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरिले जग्गाको निस्सा प्राप्तीले ‘जग्गा मेरो हो’ भनेर ढुक्कका साथ भोगचलन गर्न पाइने बताइन् । उनले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर गाउँपालिकाले निस्सा दिएको बताए । ‘तपाईहरुको पूर्जा छैन । त्यो नहुँदा पसल सञ्चालन गर्नसमेत नातागोताको सहारा लिनु परेको छ । बैंकले ऋण दिदैंन’, उनले भने । ‘अब तपाईहरुको आत्मसम्मानको समय सुरु हुँदैछ । उनले जग्गाको लालपूर्जा संघीय मन्त्रीले आएर वितरण गर्ने बताए ।’
भजनीमा बाढीको त्रासले सयौँ बिघा जमिन बाँझै
टीकापुर । बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् । बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन् ।
बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने भएकाले पनि धेरैले खेती गर्दैनन् । विगतमा खेती गर्नेले समेत यस वर्ष खेती गर्ने आँट गरेनन् ।
भजनीका हरिबहादुर चौधरीले गत वर्ष निकै मेहनत गरेर धान खेती गर्नुभएको थियो । कात्तिक २ गते आएको बाढीले हरिबहादुरको दुई बिघा काटेर खेतमै थुपारेको धान बाढीमा मिसियो । “गत वर्ष धानको दाना देख्न पाइएन, त्यसैले यस वर्ष दुई बिघा जमिन बाँझो राखेको छु”, हरिबहादुर भन्नुहुन्छ, “ममात्र होइन मेरा छिमेकीले पनि यस वर्ष धान रोपेनन्, हामीले चैते धान खेतीमात्र ग¥यौँ, विगतमा दुई पटक धान रोप्ने गरिन्थ्यो ।”
खेती गर्दा बढी खर्च लाग्ने तर उत्पादन पाउने ठेगान नभएको र सरकारले समेत क्षतिपूर्ति थोरै दिने भएकाले खेती नगरेको किसान मानबहादुर साउँद बताउनुहुन्छ ।
“मेहनत र लगानी चाहिन्छ । एक बिघामा धान खेती गर्न रु ५० हजारसम्म खर्च हुन्छ तर बाढीले उत्पादन पाउने ठेगान नभएपछि यस वर्ष धेरैले खेत बाँझो राखे”, उहाँले भन्नुभयो, “यस वर्ष करिब एक हजार बिघा जमिन बाँझो देखिन्छ । यहाँका किसानलाई जग्गा भएर पनि समस्या छ । खेती लगाउन पाए पो उत्पादन हुन्छ, उत्पादन भए पो पेट पाल्न, खर्च चलाउन सहज हुन्छ ।”
भजनीकै बलबहादुर बुढा पनि बाढीका कारण खेती स्याहार्न नमिल्ने भएकाले यहाँका किसानले खेत बाँझै राखेको बताउनुहुन्छ । “हुलाकी सडक आसपासका किसानले खेतमा पस्ने आँट गरेनन्”, बलबहादुरले भन्नुभयो, “अहिले भजनीका अधिकांश किसानका खेत तलाउजस्तै देखिन्छन् । विगतमा खेती गर्न मिल्ने जमिन पनि यस वर्ष बाँझै राखिएका छन् ।”
भजनी नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी डुबान क्षेत्रमा खेत बाँझो राख्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “यहाँ कति जमिन बाँझो राखिएको भन्ने तथ्याङ्क हामीले राखिसकेका छैनौँ, तर अधिकांशका जमिन बाँझो छन्”, चौधरीले भन्नुभयो, “पानी बढी जम्ने र डुबान हुने जोखिम रहेका जमिनमा धान रोपिएको छैन । विकल्पका रुपमा यहाँका किसानले चैते धान खेती गर्छन् ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा व्यवसायीक पशुपालनतर्फ किसानहरुको आकर्षण बढ्दै गएको पाइएको छ । पशुपालनबाट राम्रो आम्दानी हुन सक्ने सम्भावना र सरकारबाट अनुदान समेत पाइने देखिएपछि किसानको आकर्षण पशुपालनतर्फ देखिएको हो ।
यहाँका किसानहरुको आवश्यकता तथा मागमा आधारित कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकता दिदै गएपछि पशुपालन व्यवसायमा किसानको आकर्षण देखिएको पालिकाको पशु शाखा कार्यालयले जनाएको छ । पशु शाखाका अनुसार हालसम्म पालिकाभित्रका १ सय ४७ वटा फर्म दर्ता गरि किसानले व्यवसायीक रूपमा पशुपालन गर्दै आएका छ्न । जसमा पुरुष भन्दा महिलाको सङ्ख्या बढी छ ।
सुरुवाती चरणमा व्यवसायीक फर्म पुरुषको नाममा दर्ता गराउने किसानको सङ्ख्या बढी देखिएको थियो । तर पछिल्लो समय भने ती दर्ता भएका फर्म समेत महिलाको नाममा गराउनेको सङ्ख्या बढ्दो छ । पालिकामा दर्ता भएका १४७ फर्म मध्य पुरुषको नाममा पछिल्लो समय ६० वटा फर्म देखिन्छन् भने बाकी सबै महिलाको नाममा नामसारी गरिएको पाइन्छ । व्यवसायीक कारोबारमा सहजता, सरकारी अनुदानमा सहजता र बैंकिङ कारोबारमा समेत सहुलियत कर्जा पाइने देखिएपछि यस्तो भएको पाइएको हो ।
पशु शाखा प्रमुख जयप्रसाद कोइरालाकाअनुसार पालिकालाई पशुपालनमा समेत नमूना बनाउनका लागि पशु शाखा स्वयं स्थलगत रूपमा खटिने गरेको छ । समुदायमा गरिएका पशुहरुमा कुनै प्रकारको समस्या देखिए वा पशु बिरामी भए भने पशु शाखाका प्राविधिकहरु स्थलगत रूपमा पुग्ने गरेका छ्न । किसानलाई सेवा प्रवाहमा सहजता होस भन्नका लागि हालसम्म पालिकामा पशु शाखा कार्यालय बौनिया र पशु इकाई पृथ्वीपुर (वडा नम्बर ६) बाट सेवा प्रदान गर्दै आएको शाखा प्रमुख कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार पालिकामा व्यवसायीक पशुपालनमा महिलाको समेत आकर्षण बढ्दो देखिदै गएको छ ।व्यवसायीक रूपमा पशुपालन गर्ने किसानले बाखा, बङ्गुर, भैंसी ,गाई फाम र माछा पालनना राम्रो आम्दानी समेत गर्दै आएको पाइएको शाखा प्रमुख कोइरालाको भनाई छ ।
शाखाले पशुपालक किसानहरुलाई मुख्यतया पशु स्वास्थ्य, पशु विकास र रोजगारी गरी तीन किसिमका कार्यक्रम गर्दै आएको पशु शाखा प्राविधिक अनिल ओलीले बताउनुभयो । उहाँका अनुसार पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत शाखाले पशुहरुको स्वास्थ्य परिक्षण र उपचार सेवा प्रदान गर्ने, महामारी रोगबिरुद्धका खोप कार्यक्रमहरु सञ्चालन गर्ने, आकस्मिक रोगहरु देखापरेमा स्थलगत निरक्षण गर्दै निराकरण गर्दै आएको छ ।
यस्तै पशु विकास कार्यक्रमअन्तर्गत नस्ल सुधार कार्यक्रम, पशुपालक किसानलाई तालिम, व्यवसायीक कार्यक्रमहरु सञ्चालन गर्ने सिजन अनुसार घाँसका बीउ वितरण लगायतका कार्यक्रम गर्ने गरिएको छ ।उहाँकाअनुसार पालिकाको तथ्यांक र किसानको व्यवसायिकता हेर्ने हो भने सञ्चालन कार्यक्रमहरुबाट धेरै पशुपालक लाभान्वित भएको देखिन्छ ।
सुर्खेत । पहिरोका कारण सुर्खेत-जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरू बीचमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । पाण्डेका अनुसार अस्थायी प्रहरी पोष्ट हुम्ला कालिकोटबाट प्रहरीको टोली र स्थानीयको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।
पशु शाखा बर्दगोरियाबाट ३९ हजार १ सय ३७ पशुको उपचार, १० हजार किसान लाभान्वित
बर्दगोरिया । पछिल्लो समय कैलालीको बर्दगोरिया गाउँपालिकामा पशुपालक किसान पशु नश्ल सुधारतर्फ आकर्षित हुन थालेका छन् ।
आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसान कृत्रिम गर्भाधान प्रक्रियामा आकषिर्त भएको पशु शाखा कार्यालय बर्दगोरियाले जनाएको छ ।
पशुसेवा शाखाले कृतिम गर्भाधान सेवा विस्तार गरेसँगै किसान यसतर्फ आकर्षित हँदै गएको पशु शाखा प्रमुख जय प्रसाद कोइरालाले जानकारी दिए । उनकाअनुसार यो एक वर्षको अवधिमा ८२० वटा पशुको नश्ल सुधार गरिएको छ । जसमा ४४७ गाई, ३२० भैंसी, र ५७ वटा बाख्राको नश्ल सुधार गरिएको छ ।
शाखा प्रमुख कोइरालाका अनुसार कृतिम गर्भधानबाट जन्मेका बच्चालाई रोग नलाग्ने, गर्भ नतुहिने, जन्मेको बच्चा मर्ने सम्भावना कम हुने र त्यसबाट जन्मेका पशु बढी दूधालु हुने भएसँगै किसान यसतर्फ आकर्षित भएका हुन् ।’
पशु उपचार तथा रोग निदान सेवा
पालिकामा संचालित पशु उपचार तथा रोग निदान सेवाबाट ९ हजार ९५६ किसान लाभान्वित बनेका छ्न । जसमा ६ हजार ३३८ महिला र पुरुष किसानको सङ्ख्या ३ हजार ६०८ रहेको छ ।
गत साउनदेखि हालसम्म यो सेवाबाट ३९ हजार १ सय ३७ पशुको उपचार गरिएको छ । जसमा भेडाबाख्राको सङ्ख्या २३ हजार ५३९, गाईगोरु ४ हजार ३३०, भैशीको सङ्ख्या ४ हजार ३२१, बङ्गुर २ हजार ३५६, हास कुखुरा ४ हजार ३ सय ८० र कुकुरको सङ्ख्या २३० रहेको छ ।