बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले कृषकहरुलाई हिउँदे घाँस (वर्षिम) को विउ वितरण गरेको छ । कृषकको मागको आधारमा पालिकाको पशु सेवा शाखाले हिउँदे घाँस (वर्षिम) को वितरण सुरु गरेको हो ।
पालिकाको पशु शाखा र पशु इकाईमार्फत बुधबारदेखि सो घासको बीउ वितरणको कार्य थालिएको हो । व्यवसायिक पशुपालन गर्दै आइरहेका कृषकलाई हिउँदे घाँसको बिउ वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ ।
![](https://sudurchitra.com/wp-content/uploads/2023/01/Green-Yellow-Modern-School-Admission-Open-Instagram-Post1.jpg)
यसैबीच बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालय पृथ्वीपुरमा रहेको पशु सेवा इकाईबाट समेत घासको बीउ वितरण गरिएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले किसानलाई घासको बीउ वितरण कार्यको उद्घाटन गर्नुभएको छ ।
घाँसको बिउ वितरण गर्दै वडा अध्यक्ष थारुले कृषकलाई घाँस खेतीमा आकर्षण गर्दै पशुपालन व्यवसायलाई थप बृद्धि गरिने बताउनुभयो ।
पशुपालनको क्षेत्रमा गाउँपालिकाले लगानी गर्दै आएको र घाँस खेतीबिना पशुपालन व्यवसाय सञ्चालन गर्न समस्या हुने भएकाले पशुको आहारको लागि पनि घाँस खेती अनिवार्य भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा सचिब मदन जोशी, पशु सेवा इकाई प्रमुख युवराज कठरिया लगाएतको उपस्थिति थियो ।