बर्दगोरिया । वैशाख १५ गते उद्घाटन भएको १५ शैया दोदोधरा अस्पतालमालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब १ करोड बराबरको स्वास्थ्य उपकरण (मेसिनरी सामाग्री ) हस्तान्तरण गरेको छ ।नवनिर्मित १५ शैया दोदोधरा अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत सहयोग गरेको गरिएको हो । दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढ्न थालेको कुरालाई मध्य नजर गर्दै थप सेवा प्रभावकारी बनाउने उद्देश्य अनुरुप आवश्यक ल्याब सामाग्री माग गरिएको थियो ।पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले दोदोधरा अस्पताललाई थप प्रभावकारी बनाउन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसंग अस्पताललाई आवश्यक पर्ने उपकरण ,औजार र औषधि माग गरे बमोजिम मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत बिहिबार करिब १ करोड बराबरको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दोदोधरा अस्पताललाई सामाग्री हस्तान्तरण गरेको हो ।जनतालाई घर आगनमा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यले संचालन गरिएको १५ शैया दोदोधरा अस्पतालमा अझै आवश्यक पर्ने स्वास्थ्य सामाग्री ,औंषधी पालिकाबाट नभए प्रदेश सरकार र संघीय सरकारबाट माग गर्ने अध्यक्ष कुँवरले बताउनु भयो ।पालिका अध्यक्ष कुँवरले भन्नुभयो यस क्षेत्रमा बसोबास गर्ने सबै जनताले अब उपरान्त स्वास्थ्य सेवा लिन अन्यत्र जान पर्दैन । हामि जनताको सेवा गर्न आएका हौ, त्यसैले हामिले जनतालाई घराअगनमै सेवा पुगोस भन्ने उद्देश्य अनुरुप दोदोधरा अस्पतालमा अत्यावश्यक सेवा दिदै आएको बताउनु भयो ।कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याल , सामाजिक बिकास मन्त्रालयक डाक्टर चेतराज जोशी , बर्दगोरिय्क गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की , बर्दगोरिया गाउँ सरकारका प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, स्वास्थ्य शाखाका मीन बहादुर धामी , दोदोधरा अस्पतालका डाक्टर तिर्थ ढुङ्गाना, बिराज मण्डल लगाएतको उपस्थिति रहेको थियो ।