बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले ट्राफिक प्रहरीलाई मादक पदार्थ सेवन जाँच गर्नका लागि ‘ब्रेथलाईजर’ मेसिन हस्तान्तरण गरेको छ । पालिकाले उक्त मेसिन खरिद गरेर अस्थायी ट्राफिक प्रहरी कार्यालय बौनियालाई हस्तान्तरण गरेको हो ।मापसे गरि सवारी साधन चलाउदा हुने जोखिम न्यूनीकरण र दुर्घटना रोक्नका लागि सहयोग होस भन्दै ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो । बिहिवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले अस्थायी ट्राफिक प्रहरी पोष्ट सडकपुर बौनियाँका इञ्चार्ज दसरथ नाथलाई सो मेसिन हस्तान्तरण गरेका हुन ।उक्त मेसिन प्राप्त भएसंगै चालकले मादक पदार्थ सेवन गरे÷नगरेको पत्ता लगाउन सजिलो हुने ट्राफिक प्रहरी पोस्ट बौनियाका इन्चार्ज नाथले बताए । यस अघि मादकपदार्थ सेवन गरे÷ नगरेको थाहा पाउन स्वास्थ्य संस्थामा नै लैजानु पर्ने अबस्था थियो’ उनले भने ‘ अब भने सडकबाटै मापसे गरे÷ नगरेको पत्ता लाग्ने छ ।’पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत यहाँका विभिन्न सडक खण्डमा सञ्चालन हुने सवारी साधनका चालकले मदिरा सेवन गरेको या नगरेको जाँच गरिने नाथले बताए ।