बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालयले सडक छेउछाउ खाली गर्न निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले पृथ्वीपुरदेखि राजीपुर, सुगरखाल हुँदै जोकाहीसम्मको सडक पानी पिचको तयारी भएको हुँदा सडक छेउछाउ खाली गर्न निर्देशन दिएको हो ।
यदि सूचनाको अटेर गरि सडकमा गाईबस्तु बाध्ने, दाउरा घाँस राख्ने, घर निर्माण सामाग्री थुपार्ने कार्य गरेको पाइएमा सडक पानी पिचका क्रममा लाग्ने जेसीबीसम्मको खर्च स्वम व्यक्तिले तिर्नुपर्ने तथा समान जफतसम्म हुने जनाएको छ ।
यसैगरी सूचना प्रकाशित भएको ३५ दिनभित्र सो कार्य नगरी सडक मापदण्ड विपरितको कार्य गरेको पाइएमा प्रचलित नियमअनुसार कारबाही गरिने वडा अध्यक्ष रामकृष्ण डगौरा थारुद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
ग्राभेलिङ सडकका कारण लामो समयदेखि यहाँका नागरिकले धुलो धुवामा आवातजावत गर्नुपर्ने अबस्थालाई मध्यनजर गरि सो सडक पानी पिच गर्न लागिएको र यसमा सहयोग गर्न वडा अध्यक्ष थारुले वडाबासीलाई आग्रह गर्नुभयो ।