असोज १५,धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका-१ सोमबार राति ९ बजेतिर दुई मोटरसाइकल आपसमा ठोकिएका हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराका अनुसार दुर्घटनामा कैलालीको जानकी गाउँपालिका-८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो।
मल्ल दसैँ मनाउन काठमाडौँबाट घर फर्किँदै थिए। तर दुर्घटनामा परेर बाटोमै ज्यान गुमाए।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका मल्ल र चौधरीलाई उपचारका लागि धनगढीको नवजीवन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक दुवैको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।