बर्दगोरिया । नेकपा माओवादी केन्द्रको भातृ संगठन थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । मंगलबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को पृथ्वीपुरमा सम्पन्न दोस्रो सम्मेलनले लाल बहादुर चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको छ । मोर्चाका बर्दगोरिया उपाध्यक्ष भोजराज चौधरीको सभाध्यतामा सम्पन्न भएको सम्मेलनको प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व संविधान सभा सदस्य कृष्ण कुमार चौधरी (कुण्डन) रहेका थिए ।
सम्मेलनबाट उपाध्यक्षमा प्रेमा कुमारी चौधरी(वडा नम्बर ६),भोजराज डगौरा (वडा नम्बर ४), राजेश चौधरी (वडा नम्बर ५), कोषाध्यक्षमा उषादेवी कठरिया (वडा नम्बर १) ,सचिबमा राजकुमार चौधरी (वडा नम्बर ६) सहसचिवमा रिता महत्तो थारु (वडा नम्बर १) रहेका छ्न ।यसैगरी सदस्यतर्फ आशाराम चौधरी (वडा नम्बर ६) ,रेखादेवि कठरिया (वडा नम्बर १) ,किसिम लाल डगौरा (वडा नम्बर १) लक्षमण डगौरा (वडा नम्बर ६) ,राजु चौधरी (वडा नम्बर ३) सुनिता चौधरी (वडा नम्बर ४) अनिता देवि चौधरी (वडा नम्बर ५) ,दिलिप सिंह कठरिया (वडा नम्बर २) ,कलम बहादुर डगौरा (वडा नम्बर ६) रामकृष्ण थारु (वडा नम्बर २) बाट सर्वसम्मत चयन भएका छ्न ।
सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व संविधान सभा सदस्य कृष्ण कुमार चौधरी (कुण्डन) ले थारु समुदायको हक अधिकारका स्थापित गर्नका लागि माओवादी केन्द्रले ठूलो भुमिका त्याग र बलिदान गरेको भन्दै अझैपनि दिगो रूपमा सिङ्गो थारु समुदायको अधिकार स्थापितको प्रत्याभूति पुर्ण रूपमा गराउन नसकिएको अबस्था देखिदै आएको हुँदा सबैको साथ सहयोगको अपरिहार्यता आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश कमिटीका सचिबालय सदस्य बिर्ख बहादुर महत्तरा, नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटीका सचिबालय सदस्य गणेश राज गिरि, रुपक सुनार, प्रदेश कमिटी सदस्य रामकृष्ण डगौरा थारु (रन्जित ),नेकपा माओवादी केन्द्र सुदुरपश्चिम कमिटी सदस्य नाथुराम थारु, दल बहादुर तिरुवा तथा लगाएतको उपस्थिति रहेको थियो ।