बागलुङ, २२ बैशाख २०७८ ।
जैमिनीमा १२ शैयाको कोरोना अस्पताल तयारी अवस्थामा राखिएको छ । गत बर्ष नै कोरोना संक्रमितको उपचार गरेको जैमिनी अस्थाई कोभिड १९ अस्पताल कुश्मिसेरालाई पुनः तयारी बनाइएको हो ।
कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो क्वार्टरमा सञ्चालित आइशोलेसनमा १२ बेड क्षमता रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन विदुर शर्माले जानकारी दिनुभयो । तत्काल कोरोनाका बिरामी देखिए कुश्मिसेरामा नै भर्ना गरेर राख्न सकिनेगरी अस्पताल तयार भएको उहाँको भनाई छ ।
अहिले चौतर्फी समस्याको रुपमा रहेको अक्सिजन भने यहाँपनि अभाव देखिएको छ । एक बेड एक अक्सिजन सिलिण्डर हुनुपर्ने भएपनि यहाँ पाँच वटा मात्र सिलिण्डर रहेको छ । कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आपतकालिन अक्सिजन आवश्यक पर्ने हुँदा अहिलेको अक्सिजन प्रयाप्त नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । तत्काल भरेर ल्याइहाल्ने सम्भव नहुने हुँदा कम्तिमा पनि प्रत्येक बेडमा पुग्नेगरी अक्सिजन हुनुपर्ने उनिहरुको भनाई छ ।