काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थान तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ ।
राति उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ फागुन १५ गते (आइतबार)
दिउँसो: देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ ।
देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू–भागहरूका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ फागुन १६ गते(सोमबार)
दिउँसो : देशको पहाडी भू–भागमा आंशिक बदली लगायत अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती:देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७८ फागुन १७ गते (मङ्गलवार)
दिउँसो: देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।