बौनिया । नेकपा एमाले केन्द्रिय कमिटी उपमहासचिव प्रदिप कुमार ज्ञवालीले स्थानीय निकायको निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापपित गर्नेगरी तयारी थाल्न निर्देशन दिएका छ्न । आइतबार बिहान एमाले बर्दगोरिया गाउँकमिटीले आयोजना गरेको एक विशेष कार्यक्रममा बोल्दै बैशाख ३० गते घोषणा गरिएको निर्वाचन कुनै पनि हालतमा नसर्ने दाविसहित कार्यकर्तालाई चुनावी रणनीतिमा जुट्न निर्देशन दिएका हुन ।
एमाले बर्दगोरिया गाउँकमिटीका अध्यक्ष मधुकर सिजापतिको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञवालीले चुनावमा टिकटको लुछाचुडी भन्दापनि पार्टीलाई कसरी देशकै पहिलो पार्टी बनाउन सकिन्छ भन्नेमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । स्थानीय निकायको चुनावमा आकाङ्क्षा सबैको हुनसक्छ ज्ञवालीले भन्नुभयो सबैले टिकट पाउने पनि होइन । त्यसैले आफुले टिकट पाएन भन्दैमा पार्टीहीत विपरीत कुनैकाम नगर्नुहोला ज्ञवालीले भन्नुभयो कसरी हुन्छ सिङ्गो सिट जित्नेगरी अगाडि बढ्नुहोस ।
उहाँले बर्तमान सरकार चुनाव गर्ने मनसायमा नभएको तर सवैको दवाबले बाध्य भएर चुनावको मिति घोषणा गर्न पुगेको हो । अहिले एमाले सरकार बाहिर छ ,तैपनि हाम्रा काम र कर्मले जनताको माझमा लोकपि्रय छ, तपाईंहरु मिलेर अगाडि बढ्नुहोस ,देशभर एमालेको जित सुनिश्चित छ ।
उहाँले बर्दगोरियाको हकमा बिगतमा भएको चुनावको समिक्षा गरि आउदो चुनावमा कसरी पल्लाभारी हुनसक्छ सो विषयमा सोच्न र सोही अनुरुप चुनावी योजना तयार पार्न निर्देशन दिए । एमाले सरकारमा हुदा होस, या बाहिर हुदा सबै आम नेपाली जनताको माझमा र साथमा छ ,उहाले भन्नुभयो आउदो चुनावमा कसरी हुन्छ ,एमालेको जीत हुनेगरी तयारी थाल्हुहोस ।
नेकपा एमाले केन्द्रिय कमिटी उपमहासचिव ज्ञवाली संगै केन्द्रिय कमिटी सदस्य विष्णु रिजाल पनि साथमा थिए । उनीहरू आजै धनगढीमा पार्टी कार्यकर्ता संग भेटघाट गर्नेछ्न ।