बौनिया । बालबाटिका क्रिकेट लिग–३ को भोलि उद्घाटन हुने भएको छ । क्रिकेट लिगको उद्घाटन बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौराले गर्ने भएका छन । पिच (मैदान) ब्यवस्थापनको काम सकिएको छ ।
बालबाटिका बिद्या मन्दिरको आयोजनामा हुने प्रतियोगिताको मैदान व्यवस्थापनको काम सकिएको हो । प्रतियोगिता भोलिबाट उद्घाटन भइ २५ गते समापन हुने छ । पिच ब्याटिङ ,बलिङ दुबैलाई साथ दिने पिच क्विरेटर नासिर अन्सारिले बताए ।
प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरी ८ वटा विद्यालयको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।अण्डर –१९ टि–२० फरम्याटमा खेलाइने प्रतियोगितामा सहभागी ८ विद्यालयका टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा गुरुकुल इङ्लिस मेडियम स्कुल, कर्णाली माबी टिकापुर,गणेशबाबा टिकापुर र होलिल्याण्ड अत्तरिया रहेका छन्।
त्यसै गरी समूह ‘बी’ मा आयोजक बालबाटिका बिद्या मन्दिर बौनिया, विद्या भूषण पब्लिक स्कुल धनगढी,संत निरंकारी टिकापुर र लिटिल बुद्ध महेन्द्रनगर रहेका छन्।यस्तै मंगलबार देखि हुने उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता गुरुकुल इङ्लिस मेडियम स्कुल मोतिपुर र कर्णाली मा वि टिकापुर भिड्ने छन् ।
प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगितामा सबै भन्दा उत्कृष्ट खेलाडीलाई नगद १६ हजार ,मेडल , ट्रफी प्रदान गरिने छ भने ,उत्कृष्ट ब्याट्सम्यान ,उत्कृष्ट बलर र उदयिमान खेलाडिलाई जनही १०/१० ह्जार नगद सहित ट्रफी ,मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।