बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ छराहीमा एमालेको टोल कमिटी गठन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच राम दमाल डगौराको अध्यक्षतामा २१ सदस्यीय छराही टोल कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा कालू राम डगौरा, सचिबमा सिताराम चौधरी, सहसचिबमा राजेश चौधरी र राजकुमार चौधरी रहेका छ्न ।
यसैगरी सदस्यतर्फ मनराम डदौरा, मनिराम डगौरा, जितराम डगौरा,मान मति राना, गौरा देवि अवस्थी,बलराज चौधरी लगाएत रहेका छ्न ।
स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै गर्दा एमाले बर्दगोरियाले पालिकाका सवै वडा र टोलमा आफ्नो कमिटी बिस्तार तीब्र पारेको छ ।