बौनिया । कैलालीको लम्कीचुहा नगरपालिकामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार बिहान सवा ७ बजेतिर पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सुपप्र ०१-००९ प ३९२६ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउदै गरेको लु १ ख ८९३० नम्बरको ठक्करले ठक्कर दिदा गम्भीर घाइते भएका लम्कीचुहा १० निवाशी २८ बर्षिय टेक बहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रावलको उपचारका क्रममा नेपालगन्ज स्थित नर्सिङ होममा ज्यान गएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छ्न । अहिले मृतकका आफन्तले पुर्वपश्चिम् राजमार्ग अवरुद्ध पारेका छ्न ।