काठमाडौँ । रामेछापको लुभु भीरमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १३ जनामध्ये १२ जनाको सनाखत भएको छ ।
रामेछापको सुनापती गाउँपालिकाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ४ जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको सुनापती गाउँपालिकाका प्रमुख ठुलोकान्छा तामाङले जानकारी दिनुभयो ।
घटनास्थलमा मृत्यु हुनेहरूमा रामेछाप सुनापती गाउँपालिका–५ का ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय बिपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापती–४ की २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् ।
यसैगरी दुर्घटनामा परी घाइते भएकामध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालमा मृत्यु हुनेहरूमा सुनापती गाउँपालिका–५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडाका २४ वर्षीय बुद्ध तामाङ र बर्ष ६० का नेमा तामाङ रहेको छन् । अस्पतालमा मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी रहेको छ ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।