बर्दगोरिया कैलाली । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिका कार्यकर्ता प्रशिक्षण कार्यक्रम बिहिवार सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिका पार्टी अध्यक्ष राम बहादुर साउद (आयम) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य भगत बडुवाल रहेका थिए ।
कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै प्रमुख अथिती बडुवाल ले पार्टीलाई कसरी आगामी दिनमा सशक्त रूपमा अगाडि बढाउन सकिन्छ ? सो बारेमा सबै नेता कार्यकर्ता सक्रिय भएर लाग्नुपर्ने बताए । उनले अब सबै संगठन सुदृढीकरण र बिस्तारमा केन्द्रीत हुनुपर्ने बताए । उनले आउदो मंसिर ४ गते हुन लागेको प्रदेश तथा सघको निर्वाचनमा कसरी (माओवादी केन्द्र) लाई बिजय बनाउने भन्ने बिषयमा गम्भीर बन्न आग्रह गरे । नेपाली काङ्ग्रेस सङ्ग गठबन्धन गर्नु पर्ने आफ्नो पार्टीको बाध्यता रहेको बताए । देश र जनताको हकको लागि मात्र भएको कारण काङ्ग्रेस सङ्ग गठबन्धन गरेको बताए ।
उनले जोडे स्थानीय निर्वाचनमा पनि हामीले गठबन्धन गरेका थियौ । तर त्यसमा पनि घात भएको बताए । त्यस कारण आउदो मंसिर ४ गते हुने निर्वाचन पार्टीका नेता कार्यकर्ताले सक्रिय भुमिका खेली पार्टी तथा गठबन्धन मा घात हुन बाट जोगाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीका सुदुरपश्चिम प्रदेश सह सचीव तथा कैलाली क्षेत्र नम्बर २ ख का माननीय नन्द बहादुर आउद (राजेन्द्र) को समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा माननीय साउदले आउदो मंसिर ४ गते हुन लागेको प्रदेश तथा सघ को निर्वाचन मा कसरी (माओवादी केन्द्र) लाई बिजय बनाउने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए । जसरी स्थानीय तहको निर्वाचनमा (माओवादी केन्द्र) लाई पालिका तथा वडामा बिजय गराउन नेता तथा कार्यक्रताले जुन सक्रिय भुमिका खेलेका थिए त्यसरी नै भुमिका खेल्नु पर्ने बताए । (माओवादी केन्द्र) को ” व्यवस्था बदलियौ, अब अवस्था बदन्ल बाकी” छ भन्ने नारालाई सार्थकता दिदै पार्टीलाई बिजय गराउन सबैले आआफ्नो ठाउँ बाट अमुल्य भुमिका खेल्न समेत अनुरोध गरे ।
साथै उनले जोडे आउदो मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन हुने पक्का भइसकेको छ । अब सम्पुर्ण नेता कार्यकर्ताले आउदो निर्वाचनमा माओवादी केन्द्र तथा गठबन्धन लाई कसरी बिजय गर्ने भन्ने बिषयमा ध्यान दिदै सक्रिय भुमिका खेल्न अनुरोध गरे ।
यस्तै कार्यक्रम मा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बिमला सिह, प्रेम बयक, सुदुरपश्चिम प्रदेश सदस्य दुर्गा बडुवाल, बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा प्रदेश सदस्य गणेश राज गिरि (लाल्दिप), बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा प्रदेश सदस्य राम कृष्ण डगौरा थारु (रन्जित), प्रदेश सदस्य रुपक सुनार, पबित्रा गिरि लगाएतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।