बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ले बेरोजगार युवायुवतीहरुलाई मोटरसाइकल मर्मत सम्बन्धि तालिम प्रदान गर्ने भएको छ ।
व्यवसायीक सीप विकास केन्द्र धनगढीसंगको सहकार्यमा वडाभित्रका दलित, जनजाति महिला ,उत्पीडित ,जनआन्दोलनका घाइते तथा सहिद परिवार, मुक्त कमैया, अपांग र प्रवेशीका परीक्षा अनुत्तीर्ण युवायुवतीलाई मोटरसाइकल मर्मत तालिम दिने भएको हो ।
तीन महिनसम्म चल्ने तालिममा वडाका २० जना युवायुवती समेटिने वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । गरिब ,बेरोजगार ,विपन्न वर्गका युवायुवतीलाई स्वरोजगार बनाउने उदेश्यले तालिम प्रदान गर्न लागिएको जनाइएको छ ।
तालिममा सहभागी हुन इच्छुकले मङ्सिर १७ गतेसम्म निवेदन दिनसक्ने सूचनामा उल्लेख छ । तालिमको लागि परेका निवेदनकहरुलाइ अन्तर्वार्ता पछि तालीममा सहभागी गराउनेछ ।