मुडा । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित श्री बालकन्या माद्यामिक विद्यालयको आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको छ ।
शुक्रबार अभिभावकसहितको उपस्थितिमा सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष मनोज बिटालुको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम रहेका थिए ।
यसैगरी विशिस्ट अथितिमा बर्दगोरिया गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख नन्दाकुमारी भट्ट ,शिक्षा शाखा अधिकृत निरिकलाल कर्ण लगाएत रहेका थिए ।
कार्यक्रममा प्रमुख अथिती रहेका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले पालिकामा रहेका सामुदायिक विद्यालयको माझमा बालकन्या माविले शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनले बालकन्या मावि शिक्षाका क्षेत्रमा मात्रै शिमित नभैइ खेलकुद जस्ता अतिरिक्त क्रियाकलापमा समेत अग्रणी हुँदै गएको भन्दै अब भौतिक रूपमा समेत विद्यालय अब्बल बन्ने बताए । उनले बालकन्या माविमै अब प्लस टु संचालनको लागि समेत कार्ययोजना अगाडि बढ्ने बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख नन्दाकुमारी भट्टले अभिभावकसहितको उपस्थितिमा विद्यालयले सार्बजनिक परीक्षण गर्नु निकै राम्रो भएको बताइन्न । उनले यस किसिमको कार्यले अभिभावक तथा विद्यार्थीलाई आफ्नो विद्यालयको वास्तविक अबस्था थाहा पाउन ठूलो सहयोग पुर्याउनुका साथै शैक्षिक सुधार र शैक्षिक गुणस्तर वृद्धिमा सघाउ पुर्याउने बताइन्न ।
उनले भनी सार्वजनिक परीक्षणको कार्यले“विद्यालयमात्र होइन बालबालिकाको अवस्थासमेत थाहा हुन्छ”, अभिभावक र सम्बन्धि सरोकारवाला सबैलाई जिम्मेवार बनाउँछ ।”
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुमिप्रसाद जैशीले आर्थिक वर्ष २०७८/७९ को १ करोड १४ लाख ३० हजार ४२९ रुपैयाँ बराबरको आयव्यय विवरणसहितको प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका अभिभावक भिम बहादुर बिठारीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका शिक्षक लालबहादुर गडसेलाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन शिक्षक जनक जोशीले गरेका थिए ।