बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकाबिच सीमा निर्धारणका लागि महत्त्वपूर्ण सामझधारी भएको छ ।
बुधबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,मोहन्याल गाउँपालिका कार्यबहाक अध्यक्ष तथा उपाध्यक्ष कमल साउद, बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रेम बुढा, वडा नम्बर ३ का अध्यक्ष नवीन गिरिसहितको टोलिबीच सीमा क्षेत्र निर्धारणका विषयमा समझदारी भएको हो । टोलिमा इन्जिनियर टङ्कराज ओझा ,सव इन्जिनियर शुनिल जोशी, असिस्टेन्ट अभिशेष रिमाल ,अमिन पदम भण्डारी ,रोजगार संयोजक भुमी प्रसाद शर्मा, इप्रका बौनिया प्रमुख महेश विक्रम शाही तथा स्थानीय बुद्धिजीवी ,समाजसेवी लगाएयतको सहभागिता थियो ।
पछिल्लो समय बर्दगोरिया र मोहन्याल गाउँपालिका क्षेत्रमा नदिजन्य बस्तुको रोयल्टी संकलनका विषयमा सृजना भएको विवाद समाधानका लागि दुबै पालिकाका प्रमुख व्यक्तिहरुको संयुक्तअनुगमन गरि विवाद समाधानको महत्त्वपूर्ण समझदारी भएको हो । जसअनुसार अबदेखि दुबै पालिकाले आईइ र ठेक्का सम्झौता भएका खोलाबाट मात्रै नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्ने सहमति भएको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए । उनका अनुसार अब मोहन्याल गाउँपालिकाले आईइ भएको स्थान माथिबाट र बर्दगोरियाले तल्लो आफ्नो क्षेत्रबाट मात्रै यसको रोयल्टी संकल्न गर्नेछ्न ।
सहमतिअनुसार अब बर्दगोरिया संग सीमा जोडिएको र ठेक्का सम्झौता भएको मोहन्याल ३ स्थित भैशीमार हाल्ने खोलाको मात्रै आईइ भएको क्षेत्र अन्तर्गत मोहन्याल ३ मा पर्ने माथिल्लो क्षेत्रबाय मात्रै ठेक्का सम्झौता पाएको कम्पनीले नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्न पाउनेछ भने ठेक्का सम्झौता नभएको बर्दगोरिया ३ र मोहन्याल १ अन्तर्गत पर्ने खण्डीखोला क्षेत्रबाट भने रोयल्टी संकल्न गर्न पाउनेछैन ।
सीमा क्षेत्र निर्धारणका लागि भने आईइ भएका खोला क्षेत्रलाई आधार मानी सीमा कायम गर्ने सहमति भएको मोहन्याल गाउँपालिका कार्यबहाक अध्यक्ष तथा उपाध्यक्ष कमल साउदले बताए ।