बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एकदिने निशुल्क बाली उपचार शिविर सम्पन्न भएको भएको छ । बर्दगोरिया गाउँपालिका कृषि विकास शाखाको आयोजनामा बुधबार निशुल्क शिविर सम्पन्न भएको हो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा कृषि विकास शाखा प्रमुख झङ्कर बहादुर रावत रहनुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु अमर सिंह दहित, नेहा चौधरी लगाएत अथिती रहनुभएको थियो ।
अन्नबाली तथा तरकारी बालीमा भाइरसका कारण हुने क्षतिलाई न्यूनीकरण गर्ने उदेश्यले संचालन गरिएको शिविरमा कृषि प्रा.स. राममिलन चौधरी ,कृषि स्नातक प्राविधिक पवनजी पन्त र ना.प्रा.स.आशिका कठरियाको टोली सहभागी थियो । अन्नवाली, तरकारी तथा फलफूलमा भाइरसको आक्रमणबाट हुने क्षती न्यूनीकरण पालिकाको कृषि शाखाले पालिकाभित्रका सबै वडामा बालीमा उपचार शिविर सञ्चालन गरिरहेको छ । वडा नम्बर ६ मा संचालन गरिएको शिविरमा १८० किसानले सेवा लिएका छ्न । यसैगरि किसानले उत्पादन गरेको अन्नबाली तथा फलफुल र तरकारीमा देखिएको रोगको पहिचान गरि निशुल्क औसधि समेत प्रदान गरिएको छ ।
कृषि बालीमा देखिएका समस्यालाई पहिचान गरी त्यसको व्यवस्थापनका लागि शिविर सञ्चालन गरिएको कृषि शाखा प्रमुख झङ्कर रावतले बताउनुभयो । उहाँकाअनुसार कृषि बालीमा देखिएका समस्यालाई समाधान गर्न विषादीको प्रयोग गरी किटाणुको व्यवस्थापन गर्न सकिने छ । यसैगरी अन्नवाली, तरकारी तथा फलफूलमा कस्ता – कस्ता समस्या देखिएका छन् त्यसको व्यवस्थापनका लागि किसान नै पहिला जानकार हुनुपर्ने बताउनुभयो ।