बागलुङ, २५ चैत २०७७ ।
जिल्लाखबरकी सम्पादक तथा शुभेक्षा एफ एम की अध्यक्ष सन्ध्या आचार्य पत्रकार महासंघ बागलुङको सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ । महासंघको सातौँ अधिवेशनबाट जिल्लाखबर डटकम अनलाइनकी सम्पादक तथा शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज कुश्मिसेरा बागलुङकी अध्यक्ष आचार्य निर्विरोध सदस्यमा चयन हुनुभएको हो ।
शाखाको सातौं अधिवेशनबाट नरेश कँडेलको नेतृत्वमा १७ सदस्य समिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत हिरा बहादुर के.सीले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा नविन शिशिर विक, महिला उपाध्यक्षमा जिवनकला खत्री (सरिता), सचिवमा विजय राना, सह सचिवमा तारानाथ आचार्य, समावेशी सह सचिवमा सिर्जना पन्त, कोषाध्यक्षमा खेमराज गौतम (सुवास), चयन हुनुभएको छ ।
यस्तै खुल्ला सदस्यहरुमा अर्जुन कार्की, अनिष खाती, दिनेश शर्मा, नारायण रिजाल, प्रदिप पन्त र वालकृष्ण सुवेदी चयन हुनुभएको निर्वाचन अधिकृत के.सीले बताउनुभयो ।
समितिको महिला सदस्यमा गुमा आचार्य (सन्ध्या), जनजाती सदस्यमा प्रशान्त घर्तिमगर, दलित सदस्यमा योगेन्द्र विक र अल्पसंख्याक सदस्यमा देउमाया राना चयन हुनुभएको छ ।
यस्तै सोही अधिवेशनबाट प्रदेश परिषद सदस्यमा कमल पौडेल, कृष्ण आचार्य, छविलाल पाण्डे, डम्बर बुढा, थम्मन थापा, दिपक राजभण्डारी, पिप्ला गौतम, प्रेम बहादुर के.सी, मञ्जुल शाक्य, मनिषा शर्मा र बेलु थापालाई निर्विरोध निर्वाचित हुनुभएको छ भने राष्ट्रिय परिषद सदस्यका लागि किरण आचार्य, कोपिला कँडेल, चन्द्र गणेश शर्मा र दिलिप पौडेल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
सर्वसम्मत समिति चयन भएपछि बागलुङ शाखाका लागि निर्वाचन गर्नु नपर्ने भएको छ तर प्रदेश र केन्द्रका उम्मेदवारहरुको लागि भने बुधबार निर्वाचन भइरहेको छ ।
आचार्य सदस्यमा चयन भएपछि जिल्लाखबर डटकम र शुभेक्षा एफ एमले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । जिल्लाखबर डटकम बागलुङ जिल्लाकाे जैमिनी नगरपालिका १ कुश्मिसेरा बजार, नुवाकाेट जिल्लाकाे बेलकाेटगढी नगरपालिका ४ र काठमाडाैकाे चन्द्रागिरि नगरपालिका १३ नैकापबाट सञ्चालित छ भने शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज बागलुङ जिल्लाकाे जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारबाट प्रशारण हुँदै आएकाे छ ।