बर्दगोरिया । शान्ति ,सद्भाव र मित्रताका लागि खेल भन्ने नाराका साथ बर्दगोरियामा पत्रकार मञ्चको आयोजनामा शुक्रबार १७-१८ गते प्रथम मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा हुन लागेको प्रतियोगिताले शुभ दिपावलिको अवसरमा सबैमा शान्ती, सद्भाव र मित्रता कायम होस भन्ने उद्देश्यले फुटबल हुन लागेको हो ।
प्रतियोगितामा बर्दगोरिया गाउँपालिकाका विभिन्न संघ संस्था गरि १४ टिमको सहभागिता रहने मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी दिए ।
प्रतियोगितामा बर्दगोरियाका जनप्रतिनिधि ,कर्मचारी ,संस्थागत बिधालयका शिक्षक, सामुदायिक विद्यालयका शिक्षक,बौनिया जेसीज, सुनचादी ब्यवसायी संघ ,पत्रकार ,बजार समितिका पदाधिकारी, प्रहरी प्रशासन , बर्दगोरिया यातायात प्रा.लि, ब्यापारी, सुनचाँदी व्यवसायी संघको सहभागिता रहने छ ।
![](https://sudurchitra.com/wp-content/uploads/2023/01/Green-Yellow-Modern-School-Admission-Open-Instagram-Post1.jpg)