बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर ४ को आर्थिक सहयोग र वडा स्तरीय खेलकुद संजालको आयोजनामा वडा स्तरीय खेलकुद कार्यक्रम सुरु गरिएको छ ।संजालका अध्यक्ष एकेन्द्र साउदको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहि रहनु भएकी थियो ।
शुक्रबारबाट सुरु भएको प्रतियोगितामा वडा भित्र रहेका खेलाडिहरुको प्रतिभा बाहिर ल्याउन फुटबल ,क्रिकेट र भलिबल प्रतियोगिता आयोजना गरिएको संजालका अध्यक्ष एकेन्द्र साउदले बताए ।
वडा स्तरिय खेलकुदमा क्रिकेट तर्फ प्रथम पुरस्कार १० हजार र द्दितिय पुरस्कार ७ हजार रहेको छ । क्रीकेट प्रतियोगितामा ६ टिम सहभागी भएका छन ।
यसै गरि फुटबल प्रतियोगितामा प्रथम हुनेले १५ हजार बराबरको खसी र द्दितिय हुनेले ८ हजार बराबरको बोका पाउने छ । फुटबलमा ७ टिम सहभागी भएका छन भने भलिबलमा ६ टिम सहभागी छन् । भलिबल तर्फ प्रथम हुने लाई ५ हजार नगद सहित प्रमाणपत्र र मेटल रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै वडा अध्यक्ष शाहीले खेल र खेलकुदका माध्यमबाट युवापुस्तालाई शारीरिक ,मानशिक तथा अनुशासनका क्षेत्रमा क्रियाशिल बन्न मद्दत पुर्याउने बताए । उनले खेल र खेलकुद क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बर्दगोरिया ४ मा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु,वडा अध्यक्ष शाहीद्वारा उद्घाटन
![बर्दगोरिया ४ मा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु,वडा अध्यक्ष शाहीद्वारा उद्घाटन](https://sudurchitra.com/wp-content/uploads/2023/11/received_3155433638095996.jpeg)