बर्दगोरिया । पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको विकास र समृद्धिका लागि दत्तचित्त भएर काम गर्न निर्देशन दिएका छ्न । आइतबार कैलालीको बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गर्दै ओलीले प्रशासनिक भवनबाट आम नागरिकलाई दिने सेवा थप प्रभावकारी बनाउनेतर्फ लाग्न आग्रह गरे ।अध्यक्ष ओलीले बर्दगोरियालाई कसरी देशकै नमूना पालिका बनाउन सकिन्छ ? भनेर काम गर्न सुझाव दिए । प्रशासकिय भवनबाट आम जनताको काम कसरी छिटोछरितो गर्न सकिन्छ ? कसरी गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्नेतर्फ जनप्रतिनिधि थप सचेत हुन आवश्यक रहेको बताए ।
उनले जनप्रतिनिधिहरु जनताको विकास र समृद्धिको नेता हुनेपर्ने भन्दै, विकासको नेता बन्न काम गर्नुपर्ने बताए । उनले आजका जनप्रतिनिधि हिजोको पन्चायती पालाको जस्तो नभई जनताको सेवा, काम कारबाहीलाई छिटोछरितो ,प्रभावकारी र गुणस्तरीय बनाउन सकिन्छ भनेर अगाडि बढ्नुपर्ने बताए ।
अध्यक्ष ओलीले बर्दगोरिया गाउँ सरकारले गरेका विकास निर्माणका कार्यहरूको उच्च प्रसङ्सा गर्दै स्थानीय सरकारले प्रदान गर्ने प्रशासनिक तथा न्यायिक सेवालाई प्रभावकारी बनाउन र जनताको काम छिटोछरितो, झन्झटरहित बनाउनका लागि प्रविधिमैत्री सेवाको सुरुवात गरिनुपर्ने बताए ।
पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले कैलाली जिल्ला कृषिको लागि उर्वर भुमी रहेको बताउदै नयाँ तरिका ,नयाँ प्रविधिको प्रयोगबाट आर्थिक विकास गर्न सकिने बताए । उनले व्यवसायीक कृषिको विकास ,उत्पादन तथा बजारीकरण कसरी गर्न सकिन्छ ? र कसरी आर्थिक समृद्धिको मार्गमा पुग्न सकिन्छ भनेर काम गर्न सुझाव समेत दिए ।