सुर्खेत । हावाहुरीका कारण सुर्खेतको चौकुने गाउँपालिकामा ठूलो क्षति पुगेको छ । बिहिवार साझ आएको हावाहुरीका कारण चौकुने गाउँपालिकाको वडा नम्बर २ मा ५० बढी स्थानीयको घरमा क्षति पुगेको हो ।तीब्र गतिमा चलेको हावाहुरीले वडा नम्बर २ को धमुमा मात्रै ३० जना बढी स्थानीयको घरमा क्षति पुगेको छ भने वडा नम्बर २ कै बोला गाउँमा समेत केही स्थानीयको घरको छाना उडाएको छ ।
धमुमा स्थानीय पृथ्वी शाहीले दिएको जानकारी अनुसार यहाँका स्थानीयको घरको छाना र गोठ हावाहुरीले उडाएको छ । घरको छाना हुरीले उडाएपछि स्थानीय समस्यामा परेका छ्न । यहाँ अधिकाङ्स स्थानीयका कच्ची घर छ्न । जसमा टीन र खरले छाना छाएको हुँदा बिहिवार साझ चलेको तीब्र हावाहुरीका कारण क्षति पुग्न गएको हो ।
हावाहुरीले घरको छाना सबै उडाए पछि स्थानीय घरमा कसरी बस्ने भन्ने चिन्तामा परेका छ्न । यदी पानी परेका खण्डमा भने झन समस्या सृजना हुने स्थानीयले बताए । उनीहरूले स्थानीय सरकार संग सहयोगको अपेक्षा गरेका छ्न ।