बर्दगोरिया । साउन शुक्ल पक्ष (गुरही) का अवसरमा कैलालीकाे बर्दगोरिया गाउँपालिकाले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिएकाे छ ।गाउँपालिकाले बिहिवार सुचना जारी गर्दै थारू सामुदायले मनाउने गुरही पर्वमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।
‘गुरही’ नागपञ्चमिमा थारू समुदायका युवायुवतीहरू संस्कृति झल्काउने पहिरन लेहेङ्गा र चाेलिया लगाइ रमाइलाे गर्दै कपडाकाे पुत्ला सेलाउने (अन्साउने) गर्छन्, जसलाई गुरही भन्ने गरिन्छ ।गुरही पर्व थारु समुदायका बालबालिकाहरुको पर्व हो छ । यस पर्वमा कपडाको गुरहागुरही (गाइने किरा) बनाएर साँझतिर चौबाटोमा सेलाउने चलन गरिन्छ । गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधिबाट छुटकारा मिल्ने जनविश्वास थारु समुदायमा रहेको पाइन्छ ।