सुजन प्रेमी
बागलुङ, ३० बैशाख २०७८ ।
जैमिनीमा जारी लकडाउनको अवधी थप भएको छ । बागलुङको जैमिनी नगरपालिकामा गत २२ गते राति १२ बजेदेखि २९ गतेसम्म जारी लकडाउनको अवधी थप गरिएको हो ।
बुधबार बसेको सरोकारवालाहरुको बैठकले जेठ ५ गतेसममको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जैमिनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद आचार्यले जानकारी दिनुभयो । यस अवधिमा लकडाउनलाई थप प्रभावकारी बनाइने बैठकले निर्णय गरेको छ ।
२९ गते राति १२ बजेदेखि लागू हुनेगरी अत्यावश्यकका पसलहरु मध्ये तरकारी, फलफूल, दुध र खाद्यन्नका पसलहरु दिनको एक पटक बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने र बाँकी सबै पसलहरु बन्द गर्नुपर्ने जैमिनी नगरपालिकाले जनाएको छ । सूचनाको वेवास्ता र अटेरी गर्नेलाई कारवाही गरिने चेतावनी दिइएको छ ।
सूचना