काठमाडौं,२७ जेठ २०७८ ।
काेराेना संक्रमितसँग शुल्क लिए अस्पतालकाे दर्ता खारेज गर्ने सरकारले चेतावनी दिएकाे छ ।
बिहिबार बिज्ञप्ति जारी गर्दै काेराेना संक्रमितसँग शुल्क लिए अस्पतालकाे दर्ता खारेज गर्ने सरकारले चेतावनी दिएकाे हाे । कोभिड–१९ उपचार सेवा सम्झौता गरेका निजी अस्पतालले कोरोना संक्रमितबाट शुल्क लिएको पाइएमा दर्ता खारेज गर्ने बिज्ञप्तिमा उल्लेख छ ।
सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुले काेराेना संक्रमितसँग शुल्क लिएको पाइएमा निःशुल्क कोभिड–१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाउने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको हो ।
संक्रमित वा संक्रमितका आफन्तले सःशुल्क सेवा लिने भनी अस्पतालसँग लिखित रुपमा मञ्जुरीनामा गरेको अवस्थामा मात्रै सःशुल्क उपचारको व्यवस्था गर्न मन्त्रालयले सेवा सम्झौता गरेका निजी अस्पतालहरुलाई भनेको छ । सम्पुर्ण काेराेना संक्रमितकाे अस्पताल अनुसारनै मन्त्रालयकाे सुचना प्रणाली आई एम यु मा अनिवार्य प्रविष्ट हुने ब्यवस्था समेत गरीएकाे जनाइएकाे छ ।
बिज्ञप्ति हेर्नुहाेस् ।